Health Advertisement

महेशपुर भन्सारमा आवश्यक पुर्वाधार निर्माणका लागि अर्थमन्त्री पौडेलसँग उद्योग बाणिज्य महासंघको आग्रह

नवलपरासी,२९ बैशाख
उद्योण बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा उबासंघ नवलपरासीका पुर्व अध्यक्ष केशव भण्डारीले नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलाई नवलपरासीका उद्योग,ब्यवसाय तथा महेशपुर भन्सार लगायतका समस्याबारे अवगत गराएका छन् । अर्थमन्त्रालयमै पुगेर अर्थ मन्त्री पौडेलसँग जिल्ला स्थित महेशपुर भन्सारलाई गतिशिल बनाउन आवश्यक पुर्वाधार सहित भन्सार देखी पुर्वपश्चिम राजमार्ग जोड्ने सडको स्तरोन्नती र उद्योग ब्यवसायको समस्याबारे जानकारी गराएका हुन् ।
मुल भन्सार नाका तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ असोज ७ गते शुभारम्भ गरेका थिए । तर हालसम्म भन्सार विभागले सो भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकेको छैन्,जस्ले गर्दा किसानलाई विउँ विजन, तरकारी लगायतका बनस्तीजन्य पदार्थको क्वारेन्टाईन चेक नभएको कारण देखाउँदै भन्सार हुन नसकिरहेको अवस्थाबारे केन्द्रिय सदस्य भण्डारीले अर्थमन्त्री पौडेललाई अवगत गराएका थिए । भन्सारका लागि आवश्यक जग्गा अधिग्रहण गर्नु पर्ने,भन्सारबाट बाईपास,भक्सिपुर पुल अग्लो बनाउनु पर्ने जस्ता पुर्वाधार अति आवश्यक छ । यसमा अर्थमन्त्री पौडेल सकारात्मक रहेको र उतm काम गर्नका लागि अगामी बजेटमा समेटिने समेत जानकारी केन्द्रिय सदस्य भण्डारीले बताएका थिए ।
उनका अनुसार भन्सार गराएर स सानो ब्यपार ब्यवसाय गर्ने ब्यवसायीले ब्यवसाय गर्न नपाउँदा रोजगारीको समेत सृजना हुन सकिरहेको छैन । हाटबजारमा तरकारी आपूर्ति पर्याप्त मात्रामा आउन नसक्दा तरकारीको मूल्य पनि आकासिँदै जाँदा उपभोक्ता मूल्यवृद्धिको मारमा छन्‌ । यसरी एउटा समान्य क्वारेन्टाईन ब्यवस्थापनका लागि कर्मचारी नराख्दा अबैध तरकारी पैठारी, विषादीयुक्त तरकारी खानुपर्ने बाध्यता, राजस्व ह्रास र रोजगारीमा प्रतिकूल असर पर्नुका साथै तरकारीमा मूल्यवृद्धि जस्ता समस्या भई रहेका छन्‌ ।
यहिँ बैशाख ५ गते संघिय संसद प्रतिनिधि सभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्त हित समितिको टोलीले समेत स्थलगत अवलोकन र सुझाव संकलन गरेको थियो । मुल भन्सार भए पनि चाहे जति गतिशिल हुन नसकिरहेको अवस्थामा मिनि सँसदको रुपमा हेरिने सरोकारवाला संसदयि समितिको टोलीले स्थलगत अध्ययन तथा सुझाव संकलन गरेको हो । समितिका सभापति पुर्व मन्त्री समेत रहेका साँसद अब्दुल खान सहितको उक्त संसदिय समितिले अध्ययन र सुझाव संकलन गरेको भन्सार कर्मचारी तथा सरोकारवाला संघसस्थासँग सुझाव संकलन गरेको थियो ।
महेशपुर भन्सार नाका स्थापना भएको ७ बर्ष पुग्न लाँदा पनि भन्सारका लागि अति आवश्यक प्लान्ट क्वारेन्टाईन अझैसम्म सञ्चालनमा नआउँदा भन्सारले पुरै क्षमतामा काम गर्न सकेको छैन्‌ । भारतिय बजारबाट बनस्पतिजन्य तरकारी लगायतका खाद्य सामाग्रीको भन्सारका लागि क्वारेन्टाईन भए मात्र भन्सार गर्न सक्ने प्रावधान भएका कारण हालसम्म पनि क्वारेन्टाईन सञ्चालनमा आउन नसक्दा भन्सारले ती बस्तुहरूको भन्सार गर्न समस्या भएको जानकारी गराएको हो । भन्सारमा तत्काल प्लान्ट क्वारेन्टाईन सञ्चालनका लागि संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई लुम्बिनी प्रदेश साँसद बैजनाथ कलवारले २०८१ भदौ १७ गते नै ज्ञापनपत्र बुझाएका थिए ।
प्लान्ट क्वारेन्टाईन आउने पनि आश्वासन पाएको उनले जानकारी गराएका थिए । तर अहिले सम्म प्लान्ट क्वारेन्टाईन स्थापना हुने लक्षण देखिएको छैन्‌ । जिल्ला समन्वय समिति (जिसस) ले अनुगमन गर्दा पनि भन्सार कार्यालयले त्यही प्लान्ट क्वारेन्टाईनका लागि पहल गर्न आग्रह गरेको थियो । उनी पनि पहल गर्ने भनेर आश्वासन दिएका थिए, तर खासै पहल भएको देखिएन । जिल्लामा जो सुकै मन्त्री, प्रधानमन्त्री देखी मन्त्रिसम्म आउदा प्लान्ट क्वारेन्टाइनका कुरा उठ्ने गरेको छ । तर हालसम्म सञ्चालन गराउन नसक्दा भन्सार प्रमुखमा नैरास्यता छाएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *