Health Advertisement

हुलासी घोललाई जलस्रोतको रुपमा उपयोग हुने गरि ब्यवस्थापनमा सरावल गाउपालिका

नवलपरासी,९ जेठ
जिल्लाको सरावल गाउपालिकाले सिचाई कुलो,पोखरी,जलासय,खोला खोल्सीलाई उपयोग गर्ने र सिचाईको स्रोत बनाउने कार्यलाई प्राथमिकता दिई काम गर्न थालेको छ । सोही क्रममा वार्ड नं.४ स्थित स्थानिय हुलासी घोल सफाईमा गाउपालिका सक्रिय देखिएको हो ।
पटक पटक स्थानियले हुलासी घोल सफाई गरिनु पर्ने र अतिक्रमण खाली गराउने पर्ने माग समेत गर्दै आएका थिए । घोललाई सफाई गरि जनश्रोतको रुपमा ब्यवस्थापन गरिने गरि सफाई अभियान थालिएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरलिे बताए । सरावल गाउपालिका पुर्णत?कृषि अर्थतन्त्रमा आधारित छ । कृषिको आधार सिचाई हो,उनले भने, सिचाईका लागि कहाँ कहाँ जलश्रोत छन्,त्यसको खोजी र पहिचान गर्दै जलस्रोत ब्यवस्थापनमा काम गाउपालिकाले गर्ने रणनीतिगत योजना बनाई काम गर्दै आएको उनले सुनाए ।
पहिला पनि सिचाई कुलो ब्यवस्थापनका लागि सिचाई डिभिजन कार्यालयसँग समन्वय गरि काम भई रहेको छ । पोखरी ताल ब्यवस्थापनका काम गरिदै छ, सोही क्रममा यो ७ किलोमिटर हुलासी घोलको सफाई र अतिक्रमण खाली गराउने काम भई रहेको छ । काम चुनौती पुर्णछ,उनले थपे,तर दिर्घकालिन लाभ हुने खालका काम भई रहेका छन् । वरिपरिका केही ब्यतिmले उतm घोल अतिक्रमण पनि गरेका छन् । त्यसलाई खाली गराउदा केही असन्तुष्टि तँ हुन्छ नै,तर पछि तिनीहरु पनि बुझ्दै जाने उनको भनाई थियो ।
गोबरहिया गाँउ नजिकैको घोलबाट शुरु भई झरहीखोलासम्म उतm घोलले जोडेको छ । ७ किलो मिटर उतm घोलको लम्बाई कहिँ पातलो र कहिँ चौडाई फरक फरक छन् । २०२४ सालको नापी गरि तयार पारिएका जग्गाको नक्सामै उतm घोलको नक्साँन गरिएको हुदा सहजै यकिन गर्न गाह्रो छैन् । अहिले घोल सफाईले कहिँ कहिँ माटो समेत निकासी गर्न परेको छ । यस्ले आन्तरिक राजस्वलाई पनि सहज बनाउने छ । त्यसै गरि पछि घोलमा माछापालन,सिँगाडाखेती पनि गर्न सक्ने अवस्था हुन्छ,त्यो पनि आन्तरिक स्रोत हुन सक्ने हुदा दशक देखी अतिक्रमणको चपेटामा परेको हुलासी घोलको सफाई,ब्यवस्थापनमा काम गर्न थालिएको अध्यक्ष चौधरीले बताए ।
उतm घोलमा पानी जम्मा गर्न सकिने हो भन्ने बर्ष भरि वरिपरिका किसानले सिचाई गर्न सक्ने छन् । सिचाई गरि तरकारी लगायत बालीनालीमा सहज सिचाई हुन सक्ने अवस्था छ । पानी कम भयो भन्ने गण्डक नहरबाट पनि पानी जम्मा गरि राख्न सक्ने अवस्था पनि छ । यसले गर्दा पनि हुलासी ब्यवस्थापन गरि बहुउपयोगी स्रोतको रुपमा ब्यवस्थापन गर्ने गाउपालिकाको सोच रहेको उनले सुनाएका थिए । बाढीको बेला जलनिकास र अन्य समयमा सिचाई स्रोतको रुपमा हुलासी घोल हुने विश्वास लिइएको अध्यक्ष चौधरीको भनाई थियो । यसका लागि स्थानियबासी समेतले सहयोग गर्नु पर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *