डेडिकेटेड विद्युत महशुल नतिर्ने जिल्लाका चार उद्योग मध्ये दुईटाले किस्ताबन्दीमा तिर्दै
नवलपरासी,११ कातिकविभिन्न जिल्लाका डेडिकेटेड विद्युत महशुल नतिर्ने उद्योगको लाईट काटिने र उद्योगको साँचो बुझाउने कार्य भई रहदा नवलपरासीका चारवटा उद्योगका डेडिकेटेड विद्युत महशुल नतिर्ने उद्योगका फरक अवस्था देखिएका छन् । उतm महसुल नतिरेका जिल्लाका ४ वटा उद्योग मध्ये दुई वटा उद्योगले किस्ताबन्दीमा रकम तिर्न थालेको बाकी दुई मध्ये एउटा उद्योगको आँशिक जग्गा रोक्का र आर्को उद्योग विचाराधिन अवस्थामा रहेको परासी विद्युत वितरण केन्द्रले जनाएको हो ।चार उद्योग मध्ये सर्वोत्तम सिमेन्ट उद्योग प्रालि र लक्ष्मि स्टिल प्रालिले किस्ता बन्दीमा महशुल तिर्न थालेका छन् । वितरण केन्द्रका अनुसार करोडौ रुपिया महशुल नतिर्ने बुटवल सिमेन्ट प्रालिको उद्योग परिसरको जग्गा विद्युत प्राधिकरण परासी वितरण केन्द्रले विगत बर्ष देखी नै रोक्का गराएको छ, भने सिद्धिलक्ष्मी स्टील प्रालिको महशुल तिराउने कार्य विचाराधिन अवस्थामा रहे...










