रामग्रामका बालबालिकामा कुपोषण बढ्दो
नवलपरासी,२९ असोजजिल्लाको रामग्राम नगरपालिकाका बालबालिकामा कुपोषणको अवस्था बढदै गएको देखिएको छ । कुपोषणलाई हटाउने गरि विभिन्न कार्यक्रम गर्दै आए पनि कार्यक्रमहरु प्रभावकारी हुन नसक्दा कुपोषणको अवस्था बढदै गएको तथ्याँकले देखाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको हो ।नगरक्षेत्र भित्र रहेका सबै स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य केन्द्र मार्फत पोषणका कार्यक्रम गर्न भनिए पनि चाहे जति जनपरिचालन तथा स्वास्थ्यकर्मीहरुले प्रभावकारी ढंगले काम नगर्दा विगत बर्षको तुलनामा कुपोषण हुने संख्यामा वृद्धि भएको तथ्याँकले देखाएको छ । कुपोषणमा पनि कड कुपोषणको अवस्था घटेको भए पनि समान्य कुपोषणको संख्यामा वृद्धि देखिएको छ,शाखाका स्वास्थ्यकर्मी अनिल खडकाले भने,यसबारे समिक्षा गरि कार्यक्रमलाई प्रभावकारी बनाउन शाखाले छलफल गरि थप काम गर्नेछ । उनका अनुसार आर्थिक बर्ष २०७९।०८० मा २६ जनामा समान्य कुपोषण देखिएको थियो...










