
नवलपरासी,२९ असोज
लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री देवकरण कलवारले संघिय सरकारका कृषि तथा पशुपँक्षि विकास मन्त्री डा.मदन प्रसाद परियारलाई उखुको मुुल्य निर्धारणसँगै उखुमा उखु किसानले पाउने अदुदान रकम उपलब्ध गराउन माग गरेका छन् । संघिय राजधानी काठमाडौ नै जिल्लाका किसान सहित पुगेका बन मन्त्री कलवारलाई कृषि तथा पशुपंक्षि विकास मन्त्री डा.परियारलाई लिखित रुपमै माग गरेका हुनु ।

जिल्लाका किसानसँग गए पनि उखु किसानको समस्या देश भरिकै किसानको भएको हुदा त्यसबारे ध्यानाकर्षण गराएको बन मन्त्री कलवारले बताएका थिए । उनले कृषि क्षेत्रको प्रमुख नगदेबाली उखुसँगै केरा किसानका समस्या र धानको मुल्य निर्धारणबारे पनि ध्यानाकर्षण गराएका थिए । कृषिमा आत्मनिर्भर बनाउने सरकारी नारालाई सकार बनाउन ब्यवहारमा लागु नगरेसम्म ति नारा नारामै सिमित हुने हुदा कृषि र कृषक प्रति गम्भिर भएर समस्या समाधानका लागि आग्रह गरिएको बताए । कृषि मन्त्री डा.परियार कृषि तथा कृषकका समस्याबारे गम्भिर रहेको त्यसका लागि आफ्नो तर्फबाट हुने हरेक सम्भव प्रयास गर्ने प्रतिवद्धता समेत जनाएको उनले जानकारी गराएका थिए ।

मन्त्री कलवारका अनुसार कृषि मन्त्रीसँग भेट गरि उखु किसानले पाउने अनुदान रकम(७०) छठ पर्व भन्दा पहिला निकासा गराउने र आउने समयमा पनि यस अनुदान रकमलाई निरन्तरता दिनुको साथै चिनि मिल चल्नु अगावै कार्तिक महिना भित्र उखु मुल्य निर्धारण गर्नु पर्ने लिखित रुपमै माग गरेका थिए । धान किसानको हकमा सरकारले तोकेको मुल्य भन्दा कम मुल्यमा किन्ने व्यपारीलाई कानुनको दायरामा ल्याउनुको साथै नवलपरासी जिल्लामा उखु ,केरा लगायतका बालीमा मल खाद बढी लाग्ने भएको हुदा थप मल खादको व्यवस्थामा पनि पहल गर्न आग्रह गरिएको थियो ।