गण्डक बाँध अन्तरगत सि ग्याप बाँधको सेवा सडकको मर्मत सम्भार नहुदा स्थानियलाई सास्ती

नवलपरासी,१८ पुस
जिल्लाको गण्डक क्षेत्रका भत्किएको संरचना मर्मत सम्भारमा भारतिय पक्षले चाँसो नलिदा गण्डक बाँध अन्तरगतको सि ग्याप बाँधको सेवा सडक भत्किएर आउ जाउमा समस्या भएको छ । दशक अगाडी निर्माण भएको सि ग्याँप बाँधको सेवा सडक मर्मत सम्भार हुन नसक्दा भत्किएको सडकका कारढा दुर्घटना समेत हुन थालेको हो ।
प्रतापपुर गाउपालिका स्थित गण्डक जलविद्युत केन्द्र देखी सुस्ता गाँउपालिकाको रतनगँज स्थित नेपाल बाँधसम्म जोड्ने सि ग्याप बाँधको सडक भत्किदा त्यसमा मोटरसाईलक,साईकलले आउ जाउ गर्नेलाई सास्ती ब्यहोर्न परेको स्थानियले बताएका थिए । अग्लो बाँधमा रहेको एक लैन को मात्र उतm सेवा सडकको पक्कि ठाँउ ठाँउमा भत्किएको छ, स्थानिय बच्चा राजभरले भने,सडक भत्किदा हैरानी भएको छ,बाँधबाट तल झरेर ज्यानको पनि खत्तरा बढदै गएको छ । तर मर्मत सम्भारका लागि सरोकारवालाले पहल गरेका छैनन् । सेवा नेपाली नागरिकले पाउने तर लगानी भारतिय पक्षले गर्ने गण्डक क्षेत्रका धेरै जसो पुर्वाधारमा प्रावधान रहेको छ । त्यसको मर्मत सम्भार नेपाली पक्षले चाहेर पनि गर्न पाउदैन्,उनले भने, भारतीय पक्षले सुन्दैनन् ।
नेपाल भारतसँग २०१६ सालमा भएको गण्डक सम्झौता अनुसार गण्डक बाँधसँग सम्बन्धित सबै सरचनाको निर्माण,मर्मत सम्भार भारतिय पक्षले गर्नु पर्छ । निर्माण मर्मत सम्भारका लागि भारत सरकारले बर्षेनी करोडौको बजेट समेत छु्टटयाउने गरेको छ । तर विनियोजित बजेटको ठेक्का भारतिय पक्षले नै गर्दै आएको र उतm ठेकेदारहरु भारतिय अधिकारीसँग मिलोमतोमा कमसल काम गर्ने र भ्रष्टाचार गर्ने गरेका कारण बन्ने संरचना ढिलो हुने र बनेका संरचना पनि कमसल समाग्रिको प्रयोगका कारण कमजोर हुने गरेको स्थानिय लख्खु यादवले बताए । मर्मत सम्भारका कार्य ढिलो पनि भएको छ,स्थानिय लख्खु यादवले भने,यसले भारतिय ठेकेदारले काम भ्रष्टाचारको बाटो रोजेका छन् । भारतिय अधिकारीहरु र इन्जिनियरहरुले समेत आ आफ्ना भाग लिई सदर गरिदिइने गरेका छन् । भारतिय अधिकारी,प्राविधिकहरु मिल्दा नेपालमा भारतिय लगानी,बालुवामा पानी जस्तै भएको छ ।
गण्डक बाँधको मर्मत सम्भार नहुदा स्थानिय त्रसित छन् । बेला बेलामा स्थानियले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउदै आएको भए पनि भारतिय ठेकेदारको रवैया उस्तै रहेको उनको भनाई थियो । कुन काम कति गर्ने हो ? त्यसको लगत स्टिमेट पनि स्थानिय वा सरोकारवाला निकायलाई थाहा छैन् । कुन समाग्रि कहाँबाट ढुवानी गरी ल्याउने हो ? त्यसबारे पनि उनीहरुले निक्र्यौल गरेका छैनन् । यसले गर्दा पनि उनीहरुको काम प्रति स्थानियको आशंका हुनु स्वभाविक भएको उनले बताए ।
भारतिय पक्षले गण्डक परियोजना कार्यालयमा पठाएका भारतिय प्राविधिक(जेइ) रविन्द्र यादव अहिले गण्डक क्षेत्रमा काम गर्ने ठेकेदारसँग अवैध रुपमा मोटो रकम उठाउदै कमसल काम गर्न हौस्याएको आरोप स्थानियबासीले लगाउदै आएका छन् । यता नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीका प्रमुख तिलकराम बुढाथोकीले गण्डकसँग सम्बन्धित कामको अनुगमन नेपाली पक्षले पनि गर्न पाउनु पर्छ,भनि नेपाल भारत गण्डक कोशी संयुतm समिति(जेसिकेजिपी)मा उठाउदा अहिले चार बर्ष देखी त्यसको बैठक नै नभएको बताए । बैठकमा निर्णय नभएका कारण भारतिय प्राविधिकसँग कुरा राख्दा तपाईहरुको अधिकार क्षेत्र होईन,भनेर तर्किने गरेको प्रमुख बुढाथोकीले सुनाए ।
गण्डक नदी नियन्त्रण संघर्ष समितिले पनि बेला बेलामा गण्डक बाँध सम्बन्धि भएको सम्झौता कार्यान्वयन गर्नका लागि आवाज उठाउने गरेको छ । तर सरकारी निकाय त्यस प्रति मौन नै रहने गरेका छन् । २०६५ सालमा गण्डक संघर्ष समितिद्धारा भएको एक महिने आन्दोलन पश्चात २१ बुदे सहमति भएको थियो । तर ति सहमति अनुसार अहिले पनि काम भई रहेको छैन् । जबकी गण्डक बाँध भत्किएमा नेपाल भन्दा कम क्षति भारतले ब्यहोर्नु पर्दैन ्। गण्डक बाँध अन्तरगतको वि ग्याप बाँध,लिँक बाँध,नेपाल बाँध अति नै जोखिम अवस्थामा छ । ति बाँध भत्कियो भने नेपालको सुस्ता,प्रतापपुर र सरावल गाउपालिका प्रभावित हुनेछ । जबकी भारतको महराजगंज,देवरिया,गोरखपुर बस्ती जिल्लासम्म प्रभावित बनाउने छ ।
यस प्रति भारतको गंगा बाढ नियन्त्रण आयोगले बेला बेला भारतिय प्राविधिक र ठेकेदारलाई चेतावनी दिदै आए पनि ठेकेदार र प्राविधिकहरुमा कुनै सुधार आएको छैन् । करोडौको बजेट ठूलो मात्रामा हुने घोटालाले प्राविधिक इन्जिनियरको मिलोमतोमा मोटो रकम हात पार्ने हुदा इन्जिनियरहरुले कारवाहीको उपेक्षा गरि रकम केन्द्रित हुने हुदा पनि गण्डक बाँधको काममा समस्या हुने गरेको छ । हालसम्म १० अर्ब भन्दा बढि भारतले बाँध क्षेत्रमा लागनी गरेको बताउदै आए पनि सो बराबरको काम हेर्न सक्ने अवस्था छैन् । गण्डकमा लगानी बालुवामा पानी जस्तै भएको बताउदै उनले यस प्रति स्थानियबासी र स्थानिय तहका जनप्रतिनिधि र स्थानिय प्रशासनले नै चाँसो लिनु पर्ने बताए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *