सञ्चालनमा नआउदा दुई बर्ष पहिला नै निर्माण सम्पन्न रामग्रामको बसपार्क अलपत्र
नवलपरासी,३ भदौजिल्लाको सदरमुकाम परासी स्थित निर्माणकार्य सम्पन्न दुई बर्ष भईसक्दा पनि सञ्चालनमा नआउदा अलपत्र परेको छ । दुई बर्ष पहिला नै सञ्चालनमा ल्याउने हल्ला भए पनि सञ्चालनमा ढिलाई हुदा सो बसपार्क अलपत्र अवस्थामा देखिएको हो ।बसपार्क सञ्चालनमा नआउदा करोडौको सरकारी लगानी खेर गई रहेको स्थानियले जनाएका छन् । बसपार्क बनाउन भनेर नगरपालिकाकै आग्रहमा स्थानियले उपयोग गर्दै आएको सार्वजनिक जग्गा बसपार्क निर्माणका लागि दिन सहमत भएका थिएन,एक स्थानियले भने,तर अहिले निर्माण भई सकेको बसपार्क दुई बर्ष देखी अलपत्र हुदा दुःख लागेको छ । लामो समय देखी सदरमुकाम परासीमा बसपार्क निर्माण हुनु पर्ने माग हुदै आएको थियो । सो माग अनुसार नै सरकारले बसपार्क बनाईदिएको छ । बसपार्कको सबै काम सम्पन्न भएको दुई बर्ष पुग्यो,तर किन सञ्चालनमा आउन नसकेको होला भनेर स्थानियबासी आश्चर्य ब्यतm गर्दै आएका छन् ।बसपार्कमा अझै पनि केह...










