विकास पुर्वाधार

सुस्ता बचाउ अभियानका सहादत प्राप्त सुस्ताबासीको सम्झनामा सुस्तामा बन्दै ‘सुस्ता सहिद पार्क
विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

सुस्ता बचाउ अभियानका सहादत प्राप्त सुस्ताबासीको सम्झनामा सुस्तामा बन्दै ‘सुस्ता सहिद पार्क

नवलपरासी,२५ पुसपटक पटक भारतिय पक्षको अतिक्रमणको चपेटामा पर्ने गरेको नेपाली सुस्ता भुमिमा सुस्ता शहिद पार्क बन्ने भएको छ । सुस्ता गाउपालिका वार्ड नं.५ स्थित नारायणी नदी पारी रहेको सुस्ता भुमिमा केन्द्रिय कार्यक्रम अनुसार नै शहरी तथा भवन कार्यालय मार्फत सो शहिद पार्क बन्न लागेको हो ।करिब पाँच करोडको लागतमा सुस्तामा शहिद पार्क बन्न लागेको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । त्यसका लागि सुस्ता स्थित प्रहरी कार्यालय परिसर भित्रकै जग्गा प्रयोग गरिने छ,उनले भने,त्यसको लगानी केन्द्रिय स्तरकै हो । गाउपालिकाले सहजीकरण मात्र गर्दै आएको छ । सुस्ता भुमि बचाउनका लागि बेला बेलामा स्थानियले आन्दोलन गर्दा दर्जन ब्यतिmले ज्यान गुमाई सकेका छन् । एक जनाको काठमाडौँमै आन्दोलन गर्दा ज्यान गएको थियो, सोही क्षेत्रका लुम्बिनी प्रदेश साँसद तथा संविधानसभा सदस्य समेत रहेका दे...
सुनवलको सडक नाला निर्माणमा अनियमितता भईरहेको स्थानियबासीको आरोप
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

सुनवलको सडक नाला निर्माणमा अनियमितता भईरहेको स्थानियबासीको आरोप

नवलपरासी,२३ पुसजिल्लाको सुनवल नगरपालिका वार्ड नं.९ काशीपुर स्थित सडकको नाला निर्माणमा कम गुणस्तरको इट प्रयोग गरि अनियमितता भई रहेको स्थानियले आरोप लगाएका छन् । नाला निर्माण गर्दा दोयम इटको प्रयोग गरि अनियमितता भईरहेको स्थानियले आरोप लगाएका हुन् ।सम्बन्धित प्राविधिकहरुले बेला बेलामा निर्माण कार्य नहेरिदिदा अनियमितता भएको स्थानिय अमर बहादुर थारुले बताए । बेला बेला प्राविधिकहरुले हेरिदिएको भए ठेकेदारले बदमासी गर्दैन्थ्यो,उनले भने,तर ठेक्का दिए पछि सबै काम ठेकेदारलाई नै सुम्पिए पछि ठेकेदारले कमसल समाग्रिको प्रयोग गरि धेरै नाफा कमाउने सोच बनाउछन् नै,तर सरकारी निकायमा बसेका ठेकेदारले नियमित अनुगमन गर्नु पर्ने हो,त्यो काम नहुदा यस्तो अनियमितता बढको बताए । उनले शुरुको नालामा दोयम इट प्रयोग भएको देखाउदै भने,गाँउलेले हल्ला गरे पछि अहिले इटामा केही सुधार गरेको छ । ढुगाँले पर्खाल नालाको पर्खाल बनाउन थ...
गण्डक नहरको मुहानमा ३५ करोड लागतको बालुवा छान्ने पोखरी बन्दै
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

गण्डक नहरको मुहानमा ३५ करोड लागतको बालुवा छान्ने पोखरी बन्दै

नवलपरासी,२० पुसनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा निरन्तर बालुवा जम्ने(सिल्टेसन)को समस्या समाधान गर्ने गरि बालुवा छान्ने पोखरी (डि—सेल्टिगँ बेसिन) बन्ने कार्य शुरु भएको छ । सिचाई ब्यवस्थापन कार्यालयले सो कार्यका लागि ठेक्का गर्नका लागि टेण्डर गरेको र टेण्डर स्वीकृत भई ठेकेदारले काम समेत शुरु गरे पछि नहरमा बालुवा जम्ने समस्या हल हुने भएको हो ।सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहको निरन्तरको पहलले बालुवा जम्ने समस्या हल गर्नका लागि सिचाई विभाग तयार भए पछि अहिले सो कार्य सम्भव भएको ब्यवस्थापन कार्यालयले जनाएको हो । नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयको प्रमुखमा शाह हाजिर भए देखी केही न केही नौलो कार्य गर्दै आएका छन् । आउने बर्ष नै विगत ४० बर्षको परम्परा तोड्दै भारतिय नहर भन्दा नेपाली नहरमा एक महिना पहिला पानी प्रवाह गर्न लगाएका थिए ।दोश्रो बर्ष गण्डक परियोजन...