सुस्ता बचाउन बाँधको मर्मतका लागि सर्वेक्षण भयो,काम कहिले ?आश र त्रासमा सुस्तेली

नवलपरासी,२७ पुस
नारायणी नदीको निरन्तर कटानले त्रसित बनेका सुस्ताबासीलाई राहत पुग्ने गरि नदीको बाँध मर्मत सम्भारका लागि सर्वेक्षण गर्ने कार्य सकिएको छ । सुस्ताबासीले सरकारको ध्यानाकर्षण गराउदै सुस्ता सकिने अवस्थामा पुगेको गुनासो गरे पश्चात उर्जामन्त्री कुल मान घिसिगँले तत्कालै १४ करोड बजेट ब्यवस्थापन गरि बाँध मर्मतका लागि सर्वेक्षण गरिएको हो ।
सबै बाँध मर्मतका लागि स्थानियले करिब ५८ करोड बजेटको माग गरेकोमा अहिले अल्पकालिन ब्यवस्थापन गर्नका लागि सो रकम ब्यवस्थापन गरि काम गर्न सवेक्षण भएको सुस्ता बचाउ अभियानले जनाएको छ । दिर्घकालिन योजनाका लागि थप विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गर्नु पर्ने आवश्यकता रहेको अभियानका सचिव रविन्द्र जैसवालले जानकारी गराएका थिए । भारतिय सिमा सुरक्षा बल(एसएसबी)को त्रासमा बाच्ने नेपालका सुस्ताबासीलाई अहिले आर्को त्रास नारायणी नदी कटान बनेको बताएका थिए । नेपाली सुस्त भुमि पटक पटक भारतिय एसएसबीको आडमा अतिक्रमणको चपेटामा पर्ने गरेको सुस्ता तर्फ नारायणी नदीको धार फर्कदै कटान थाले पछि थप त्रासदीमा सुस्ताबासी छन् ।
गत बर्ष सुस्ता गाउपालिकाले नदीबाट नदीजन्य पदार्थको निकासीको ठेक्का लगाए पछि निकासी गर्ने ठेकेदारले नदीको धार नै परिवर्तन हुने गरि खनन गरेका कारण धार परिवर्तन भएको आरोप समेत सुस्ताबासी थियो । यसबारे गण्डक परियोजनासँग सम्बन्धित नेपाल भारतका उच्च अधिकारीहरु विच पनि छलफल भएको थियो । नदीमा निकासी रोक्नका लागि अहिले भारतीय पक्षले समेत सुस्ता गाउपालिका लगायतका नेपालका सरोकारवाला सस्थामा पठाइएको बताएका थिए ।
गाउपालिकाले क्षणिक लाभको लागि हजारौ हेक्टर भुमि नै गुमाउनु पर्ने अवस्था निम्त्याएको छ, जैसवालले भने,नदीबाट निकासी गर्दा धार परिवर्तन भएर नदीको पुर्वि क्षेत्र तर्फ बढि पानीको प्रवाहले कटान गर्दा सुस्ता नै जोखिममा पर्ने अवस्था आएको छ । नदीको प्रवाह रोक्नका लागि बलौटे माटोले बनाइएको बाँध कति समय रोक्छ । अहिले दिउँदको बेला पनि नदीको पानीले निरन्तर कटान गर्दै बाँधलाई कमजोर बनाउदै आएको छ । बर्षायामा सबै सुस्ताबासीले बोरामा बालुवा भर्दै पानी प्रवाह रोक्ने प्रयासमा जुटेका थिए । नदी किनारमा रुख विरुवा काटेर प्रवेग कम गराउने कार्य पनि गरियो,उनले भने, अहिले पानीको सतह कम हुदा झन नदी गहिरो बनाउदै गएको छ ।
पानीको सतह कम छ,त्यो भएर पानी गाँउमा पसेको छैन्,तर भुमि भित्र भित्रै कटान गर्दै गहिरो बनाउने गरिरहेको छ । बर्षायाममा यदि पानीको सतह बढ्दा सिधै बाँध भत्काउने अवस्था देखिएको छ । समान्य बालुवाले बनेको बाँध भत्कियो भने सुस्ताको थारु टोल र शसस्त्र प्रहरीको क्याम्प भएर धार बग्ने खत्तरा देखाउदै उनले भने,अहिले स्पर बनाएर पानीको धार परिवर्तन गराउन सकिएन भने सुस्ता सकिनमा धेरै समय लाग्दैन् । नदी कटानले करोर्डाैको लागनीमा बनेको झोलुगेँपुल,सडक पुर्वाधार,आश्रय स्थल,विद्यालय प्रहरी चौकी लगायत गाँउका बासिन्दा विस्थापन हुनु पर्ने जोखिम बढदै गएको छ । तर अहिले नदीको कटान नरोकिए सुस्ता सकिने खत्तरा बढदै गएको उनले सुनाएका थिए ।
सुस्ता गाउपालिकाले नदीबाट निकासी गर्दा करिब ८ करोड राजस्व उठायो,उनले भने,तर धार नै परिवर्तन भई सुस्ताका सयौँ विघा जग्गा नदीमा परिणत भएको छ । पुरै सुस्ता नै नदीमा परिणत हुने नीयती बन्दै गएको देखिएको छ । भारत उत्तर प्रदेशले आफ्नो पश्चिम क्षेत्रका लागि नदीमा वि ग्याप बाँध,सि ग्याप बाँध,नेपाल बाँध र लिँक बाँधलाई बलियो बनाउने,अग्लो बनाउने कार्य गरि रहेको भए पनि विहार प्रदेश सरकारले काम गरेको छैन् । अहिले नेपाल सरकारबाट सवेक्षणले केही आश जगाएको उनले सुनाए । हिउँदकै बेला काम शुरु गर्नु पर्ने हो,उनले थपे,केही दिन पहिला सर्वेक्षण भएको छ,काम कहिले देखी शुरु हुन्छ,एका तिर आशा आर्को तिर त्रास अझै पनि सुस्ताबासी छन् ।
सुस्ताको विगतका कुल भुमि ४० हजार ९ सय हेक्टर रहेको थियो । ति मध्ये १४ हजार ५ सय हेक्टर भुमि भारतिय अतिक्रमणमा परि सकेको छ । १९ हजार ४ सय ८० हेक्टर विवादित अवस्थामा छ । बाकी ७ सय हेक्टर जमिन सुस्ताबासीले भोगचलन गर्दै आएका छन् । तर नदी कटानले ति सबै भुमि गुम्ने खत्तरा बढदै गएको सुस्ताबासीको दुखेसो थियो । माओवादी द्धन्द्धकालको बेला भारतले जब देखी सिमा क्षेत्रमा सिमा सुरक्षा बल(एसएसबी) राख्ने कार्य गर्यो,सोही बेला देखी एसएसबीले आफ्ना कार्य प्रगति देखाउनलाई होला उनीहरु सुस्ता भुमिमा गिद्धे दृटि राख्दै आएका छन् ।
सन १८१६ मा नै भारतमा शासन गरिरहेका बेलायती इष्ट इण्डिया कम्पनी र नेपालको गोर्खा सामराज्यको बेला नेपाल र कम्पनी विच सुगौली सन्धि भएको थियो । सोही बेला नेपाल र भारत विचको सिमा निर्धारण भयो । सिमा निर्धारण गर्ने क्रममा सिमा स्तम्भहरु गाडिएका थिए । तर गण्डक नदि किनारमा सिमा स्तम्भ राखिएको थियो कि थिएन,यकिन भएन्, नदीलाई नै आधार मानी नेपाल भारत छुट्टिएको पनि सुन्दै आएका हौ,आदम खाँनले भने,तर नेपाल भारत हुनु पुर्व देखी नै सुस्ताबासीले आफ्ना जग्गाको उपभोग गर्दै आएका थिए ।
अहिले पनि सो क्षेत्रमा कुनै सिमा स्तम्भ छैन्, । सो क्षेत्र स्वम् भारतियले पनि सुस्ताकै हो भनि स्वीकार्ने गर्छन् । बेला बेला विवाद गराउने मुद्दा लगाउने,आफुहरु भारतिय भएको हो,भन केही हुदैन,थप सुविधा दिलाई दिन्छौ पनि भन्ने जस्ता कार्य गर्दै आएका छन् । तर स्वभिमानी सुस्ताबासी आफुहरु नेपाली नै भएको र आफ्नो जग्गाका लागि निरन्तर लडि रहने बताउदै संघर्ष गर्दै आएको उनले सुनाएका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *