दशक देखी ओझेलमा परेको सडकको स्तरोन्नती गर्ने कार्य शुभारम्भ

नवलपरासी,१९ पुस
दशक देखी ओझेलमा रहेको जिल्लाको बरमपुरवा—बैरहवा— विसुनपुरवा सडकको स्तरोन्नी गर्ने कार्यको शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद बैजनाथ कलवारको पहलमा सो सडक स्तरोन्नती गर्ने गरि बजेट विनियोजन भई ठेक्का समेत लागे पछि शनिवार औपचारिक रुपमा स्तरोन्नती गर्ने कार्य शुभारम्भ भएको हो ।
लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयको यातायात पुर्वाधार कार्यालय नवलपरासीले साढे ३ करोड बढिको लागनी गरि सडक स्तरोन्नती गर्न ठेक्का आह्वान गरेको थियो । ठेक्काका लागि परेका विभिन्न निर्माण कम्पनी मध्ये एम एस ग्रेण्ड पुर्वाधार नेपाल प्रालिले ठेक्का साकार गरि कामको शुभारम्भ गरिएको स्थानियले जानकारी गराएका हुन् । सो सडकको स्थानिय स्तरमा नाप जाँच गरि सिमाँकन गरि सडक निर्माणका लागि सुचना बोर्ड स्थापना गरेर प्रदेश साँसद कलवारले सडकको स्तरोन्नी गर्ने कार्यको शुभारम्भ गराएका थिए ।
पाल्हीनन्दन गाउपालिका र रामग्राम नगरपालिका समेतलाई जोड्ने उतm सडकको निर्माण सम्झौता अनुसार बेलामै सम्पन्न गर्न र त्यसका लागि स्थानिय सरकार तथा स्थानियबासीले आवश्यक सहयोग गर्नु पर्ने आग्रह समेत साँसद कलवारले गरेका थिए । निर्माण कम्पनी बाहिरबाट काम गर्न आएका हुन्छन्,उनले भने, उनीहरुको काममा सहयोग र सहजीकरण गरे काम बेलामै सम्पन्न हुन्छ । विभिन्न बहानामा बाधा ब्यवधान खडा गर्ने,निहित कुनै स्वार्थ राखेर अवरोध गर्ने कार्यले काममा ढिलाई ल्याउने उनले बताएका थिए । कार्यालयले स्टिमेट गरे अनुसार नै काम गर्नु पर्ने र मापदण्ड र गुणस्तरमा कुनै बहाना बनाउन नहुने निर्माण कम्पनीका प्रतिनिधिलाई पनि सुझाव उनले दिएका थिए ।
जिल्ला सदरमुकाम परासी देखी भारतिय विसुनपुरा सिमानाका जोड्ने सडक अन्तरगतको सो सडक एउटा भाग हो,पाल्हीनन्दन गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले प्रदेश साँसद कलवारले यो सडक निर्माणका लागि पहल गरेको धन्यवाद ज्ञापन गरेका थिए । रामग्रामको वार्ड नं.९ र पाल्हीनन्दन गाउपालिकाको वार्ड नं.४ र ५ लाई जोडदै सिमानाकासम्म पुग्छ । उतm सडकले आधा दर्जन गाँउलाई जोड्ने हुदा स्थानियलाई यातायातमा पहुँच पुर्याउनेमा सहयोगी भएको रामग्राम वार्ड नं.९ का वार्डअध्यक्ष भोजबहादुर यादवले बताएका थिए । यसै गरि बर्षाै देखीको प्रतिक्षा पुरा हुने भएकोमा खुशी ब्यतm गर्दै पाल्हीनन्दन गाउपालिका वार्ड नं.४ का वार्डअध्यक्ष रविन्द्र सहानीले प्रदेश सरकार तथा प्रदेश साँसदलाई धन्यवाद दिएका थिए ।
सडकको विच भाग देखी दाँया बाँया २५ फिट गरि कुल ५० फिटको सडक कायम गरि सडकको स्तरोन्नती कार्य हुने छ । सडकको बजेट भ्याट सहित कुल रु.३ करोड ६६ लाख ३२ हजार २ सय ८० रहेको छ । सडक स्तरोन्नती गर्नका लागि २०८२ असोज २९ गते नै सम्झौता भएको र उतm सडक २०८३ जेठ २० गते भित्र सम्पन्न गर्नु पर्ने छ । सडकको स्तरोन्नती पश्चात सडकले जोड्ने गाँउमा ढलनिकास,बजार ब्यवस्थापन लगायतका कार्य गर्दै जाने लक्ष्य समेत सुनाइएको थियो । सो सडकले जिल्ला सदरमुकाम सहित सदरमुकाम परासीको पाल्ही क्याम्पस जाने बाटोको रुपमा रहेको हुदा बजार र अध्ययनका लागि आउने जाने विद्यार्थीलाई पनि सुविधा पुग्नमा स्थानिय फकिरी चौधरीले विश्वास ब्यतm गरेका थिए । विगतमा जिल्ला विकास समिति.(जिविस) हुदा बेला बेला मर्मत सम्भार हुदै आएको थियो । तर पछि २०७२ सालमा नेपालको नयाँ संविधान जारी गर्दै राज्यको पुर्नसंरचना हुदा जिल्ला विकास समितिको अधिकार कि प्रदेश सरकारमा कि स्थानिय सरकारमा सरेको थियो । जिल्ला विकास समितिलाई जिल्ला समन्वय समिति(जिसस)मा परिणत भएको थियो ।
यसरी जिविसले मर्मत सम्भार गर्दै आएको जिल्लाका दर्जनौ सडक लामो समयसम्म स्वामित्व पहिचानमा अन्यौलता भएका कारण कुन सरकारले स्वामित्व लिई काम गर्ने ? समस्या समेत रहदै आएको थियो । यसका लागि स्थानियले पालिकामा धाउदा उतm सडक दुई पालिकामा पर्ने हुदा कुन पालिकाले बजेट हाल्ने जस्ता पनि समस्या देखिने गरेको थियो । राजमार्ग र राजमार्ग जोड्ने लिँक सडक बाहेकका दुई पालिका जोड्ने सडकहरु प्रदेश सरकारले नै जिम्मेवारी लिई काम गर्नु पनेै कुरा उठ्न थाले पछि लुम्बिनी प्रदेश सरकारले यस्ता सडकमा लगानी गरि मर्मत सम्भार,स्तरोन्नी गर्ने कार्यमा अग्ररता देखाएको प्रदेश साँसद कलवारले बताएका थिए ।
अहिले पनि यस्ता दर्जनौ सडकहरु रहेका छन्,उनले भने, जस्लाई सडक पुर्वाधार कार्यालय मार्फत काम गर्नु पर्ने छ । उनका अनुसार लामो समय देखी जिल्लामा सडक पुर्वाधार कार्यालय नै थिएन् । बुटवलबाट काम हुदै आएको थियो,उनले थपे, जहाँ स्थानियको पहुँच पनि पुग्न सकेको थिएन् । गत बर्ष देखी जिल्ला सदरमुकाममा सडक पुर्वाधार विकास कार्यालय स्थापना भए देखि अहिले सडक पुर्वाधार कार्यालयले जिल्ला भित्रका सडकलाई प्राथमिकतामा राखी काम गर्दै आएको उनले सुनाएका थिए । विसुनपुरा नाकालाई जोड्ने गरि आर्को उजैनी देखी बिसुनपुरासम्मको सडकको समेत स्तरोन्नती गर्ने कार्य भई रहेका छन् । यसले ति क्षेत्रका जनतालाई राहत पुर्याउने भएको उनको भनाई थियो ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *