परासीको राष्ट्रिय धार्मिक एकता सम्मेलन नेपालमै उदाहरणिय कार्य भएको छ ः राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना
नवलपरासी,६ आश्विनमदरसा शिक्षकहरुको साझा संगठन ओल्मा काउन्सिल नेपालले आयोजना गरेको राष्ट्रिय एकता दिवस नेपालमै उदाहरणिय कार्य भएको संघिय संसद राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताएका छन् । शनिवार परासीमा आयोजना गरिएको उतm सम्मेलनमा उदघाटन मन्तब्य दिदै उनले सो कुरा बताएका हुन् ।इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्यजयन्तीको अवसरमा ओल्मा काउन्सिल नेपाले सम्भवतः पहिलो पटक यस्तो सम्मेलनको आयोजना गरिएको अध्यक्ष तिमिल्सिनाले बताएका थिए । इस्लामिक धर्मगुरु मात्रै नभई हिन्दु,बौद्ध र इसाई धर्मगुरुलाई समेत सहभागिता गराई धार्मिक एकताको स्वरुप प्रदान गर्ने गरि गरिएको उतm कार्यक्रमले अन्य मुलुकमा धार्मिक द्धन्द्ध भए पनि नेपालमा सबै धर्म विच एकता रहेको सन्देश दिइएको उनले बताए । यस प्रकारका सम्मेलन अन्य धार्मिक समुह र संघसस्थाले पनि आयोजना गर्नु पर्छ,यो उदाहरणिय र सराहनिय कार्य भएको छ,उनले...