थारु संस्कृतिले स्वागत गरियो क्यानेडियन प्रतिनिधिलाई सरावलको प्राचिन ककरपत्तनगरमा

नवलपरासी,२ असोज
लुम्बिनी प्रदेश सरकारको पर्यटकिय स्थलको सुचिमा सुचिकृत सरावलको प्राचिन ककरपत्त नगरमा क्यानेडियन प्रतिनिधिहरुले अवलोकन गरेका छन् । कार्यक्रम नेपाल रेडक्रस सोसाईटीको भए पनि सो पर्यटकिय स्थलमा विदेशीको आगमनले स्थानियलाई उत्साही बनाएको हो ।
कोलवृक्ष बगैचा रहेको उतm स्थान केही बर्ष अगाडी मात्रै सो स्थान प्राचिन बौद्धकालिन ककरपत्त नगर रहेको पहिचान गरि औपचारिक रुपमा घोषणा भएको थियो । तत्कालिन गाउपािलका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलको पहलमा बौद्ध अध्येता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ककरपत्त नगर भएको घोषणा गरेका थिए । सोही बेला देखी सो स्थानमा देशी विदेशीको चाँसो बढदै गएको स्थानिय कोलवृक्ष पर्यटन विकास सस्थाका सचिव अतेन्द्र चौधरीले बताए । अहिले नेपाल रेडक्रस सोसाईटीको कार्यक्रममा आई पुगेका क्यानेडियन प्रतिनिधिहरुले सो स्थानको अवलोकन गर्दै रेडक्रसको कार्यक्रम पनि गरेका थिए । उनीहरुलाई स्थानिय थारु समुदायले आफ्नो थारु सस्कृति सहित भब्य स्वागत समेत गरेका थिए । सो स्थानको उनीहरुले परिचयात्मक जानकारी लिई ति क्षेत्रको विकासका लागि चाँसो समेत ब्यतm गरेको उनले सुनाए ।


उनका अनुसार क्यानेडियन रेडक्रस एसिया प्यासिफिक रिजनल हेड कार्ला टेलर, क्यानेडियन रेडक्रशका रिजनल म्यानेजर रमेश न्यौपाने, नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सभापति सुदर्शन नेपाल, रामग्राम नगर प्रमुख धनपत यादव लगायत नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाका पदाधिकारीहरुलाई सरावल गाउँपालिकाको ऐतिहासिक स्थल जावा ककरपत्तनगरमा स्वागत गरिएको थियो । सरावल गाउपालिकाको वार्ड नं. २ जावा गाउ स्थित बौद्धकालिन प्राचिन ककरपत्त नगर क्षेत्रको पहिचान क्यानेडियन नागरिक मार्फत अन्तराष्ट्रियकरण भई रहेको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताएका थिए । यो कोलवृक्ष बगैचा भएको क्षेत्र प्राचीन ककरपत्त नगर भएको पत्ता लागे पछि यस स्थानमा आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत आकर्षण बढेको छ ।
यसलाई पुरातत्व विभागले ककरपत्त क्षेत्र एक प्राचीन स्मारक भएको र उत्खननका लागि आफ्नो कार्ययोजनामा राखिएको जानकारी गराए पछि गाउपालिकाले पनि काम गर्न उत्साह देखाएको उनको भनाई थियो । बुद्ध भुमिसँग जोडिएको लुम्बिनी,रामग्राम,तिलौराकोट मात्रै बुद्ध भुमि होईन्,अध्यक्ष चौधरीले भने, यो ककरपत्त नगर पनि बौद्धकालिन एक अति महत्वपुर्ण स्थान हो, जहाँ भगवान बुद्ध आफै आएर यो ककरपत्त नगरका निगम (नगर) प्रमुख दिर्घजानुलाई गृह शुख सन्देश सुनाएको स्थान हो । यसलाई पनि बुद्धको महत्वपुर्ण सन्देश दिईएको ऐतिहासिक स्थान हो । भगवान बुद्धले बौद्ध भिच्छुलाई विभिन्न सन्देश र देशना गरिएको भए पनि गृहस्तहरुलाई कसरी मुतिmको मार्ग पहिल्याउने संदेश यो गृहशुख सन्देशमा उल्लेख छ । यसलाई पनि नेपालका र नेपालमा आउने अन्य मुलुकका बौद्धमार्गिलाई यस स्थानको पहिचान गराउन आवश्यक रहेको उनले बताए । यसका लागि प्रेस चौतारीका पत्रकारको उपस्थितीले प्रचार प्रसार हुनेमा आफु विश्वस्त रहेको उनले सुनाए ।
गाउपालिकाले सो स्थान बौद्ध स्थल भएको र ककरपत्तसँग जोडिएको इतिहाससँग सम्बन्धित केही पुर्वाधार तथा सन्देश दिईने खालको मुर्तिको स्थापना समेत गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गरिहेको छ । ककरपत्त नगरको प्राचित इतिहास बौद्धकालमा दिर्घजानु भन्ने कोलिय पुत्र बुद्ध आएको बेला बुद्ध समक्ष पुगेर भगवान बुद्धसँग आग्रह गरे कि हामी गृहस्तहरु भिच्छु हुन सक्दैनौ बुद्ध,तर हामी गृहस्तहरु कसरी मुतिmको मार्गमा जान सक्छौ ? दिर्घजानुको आग्रहमा भगवान बुद्धले गृहस्तले मुतिmको मार्गमा जानका लागि विभिन्न आठ सम्पदा आर्जन गर्ने उपाय बताएका थिए । जुन कुरा त्रिपिटकको अगुत्तर निकायमा उल्लेख गरिएको छ ।
त्यसलाई नै गृहशुख सन्देशको रुपमा बुझने गरिएको छ । गृहस्तले आर्जन गर्नु पर्ने ८ सम्पदा मध्ये ४ वटा इहलौकिक शुखका लागि र ४ वटा पारलौकिक शुखका लागि छ । दिर्घजानु सुत्तका अनुसार इहलौकिक शुख भनेको अहिले यहिँ जन्ममा भौतिक रुपमा प्राप्त गर्ने शुख हो । त्यसका लागि पहिलो उठ्ठान सम्पदा अर्थात खेतीपाती गरि अन्न,धन आर्जन गर्ने,दोश्रो आरक्ष सम्पदा कमाइएको ति अन्न धनको सुरक्षा गर्ने,तेश्रो कल्याणमित्रता अर्थात सज्जनसँग संगत गर्ने सल्लाह लिदै गर्ने र चौथो समआजिविका अर्थात सहि मार्गले अन्न धनको आर्जन गर्ने थियो । त्यसै गरि पारलौकिक शुख आर्थत मरणोपरान्त आर्को लोकमा पाउने खुशका लागि पहिलो शिल सम्पदा आर्जन गर्ने अर्थात बुद्धले भनेका कम्तीमा पञ्च शिलसम्मको शिल सम्पदा आर्जन गर्ने जस्मा चोरी नगर्नु,झुठो नबोल्नु,प्राणी हिँसा नगर्नु,दुराचार्य नगर्नु र नसापदार्थको सेवन नगर्नु रहेको छ ।
दोश्रो श्रद्धा सम्पदा आर्थत भगवान बुद्ध वा कल्याणमित्र प्रति श्रद्धा जागृत गर्नु पुण्य आर्जन गर्नु रहेको छ । तेश्रो त्याग सम्पदा आर्थत इहलौकिक दुनियाका सबै थोक अनित्य छ,अनात्म छ,सब्ब संस्कारा अनिच्च को भाव सहित लोभ र मोह मुतm भई त्याग गर्न सक्नु पर्छ । चौथो प्रज्ञा सम्पदा आर्थत शिल,समाधिको अभ्यास गर्दै प्रज्ञा आर्जन गर्नु पर्छ । प्रज्ञाले मात्र मुतिmको मार्गमा पुर्याउन सक्छ,भवचक्रबाट बाहिर लैजान सक्छ भनेर महत्वपुर्ण सन्देश सुनाएका थिए । दिर्घजानुको नामले जावा गाउको रुपमा अहिले चिनिने गरिएको छ । प्राचिन कमलपोखरी र कोलवृक्ष जस्ता आधारका कारण नै प्राचिन ककरपत्त नगर भएको मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *