रामग्राम १६ सितापुर कोटहीमाई स्थानमा पुरातात्विक खोज

नवलपरासी,७ असार
प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) नजिकै जिल्लाको रामग्राम नगरपालिका १५ ननईमा सडक खन्ने क्रममा पुरातात्विक बस्तुहरु फेला परेसँगै रामग्राम १६ सितापुर स्थित कोटहीमाई स्थानमा पनि पुरातात्विक खोजमा स्थानिय लागेका छन् । राजधानी कोलनगरमा पाईने खैरो भाडा(ग्रेवेयर) जस्तै उतm स्थानमा प्राचिन बस्तु फेला परेको र सोही अनुसार सितापुरको कोटहीमाई स्थानमा पनि पुरातात्विक खोजका लागि पुरातत्वको खोज गर्न लागेका हुन् ।


राजधानीसँग समकालिन कुनै नगर भएको र उतm स्थानमा राजधानी कोलनगर (पण्डितपुर) कै समकालिन बस्तु पनि भएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताएका थिए । अहिले यादवलाई नै सितापुरमा पनि लगेर अध्ययनका लाग पुरातात्विक समाग्रि संकलन गर्न लगाइएको स्थानिय राधेश्याम सिँह सैथवारले बताए । कोलनगरको कोटहीमाईसँगै साईने भएको यो सितापुर पनि पुरातात्विक स्थल भएको स्थानियले बताउदै आएका थिए, सैथवारले भने,त्यही भएर पुरातत्वका जाकार यादवलाई सितापुरको कोटईमाई स्थानमा पुरातात्विक बस्तु खोज्न लगाइएको थियो । फेला परेका बस्तुहरु प्राचिन नै भएको र कति प्राचिन हो,त्यसको लागि उनले संकलित समाग्रि पुरातत्व विभागमा पठाउने गरि लगेका छन् । पुरातत्वका विज्ञहरुले पहिचान गरेर पठाए पछि सो स्थान पनि बुद्धकालिन प्राचिन स्थान भएको हुन सक्नेमा उनले विश्वास ब्यतm गरेका थिए । पण्डितपुर र प्राचिन नन्दननगर पडरीको विचमा पर्ने सितापुर कोटहीमाई स्थान पनि प्राचिन स्थल नै हुने दाबी स्थानियले गर्दै आएका छन् ।
ननईमा पनि केही दिन पहिला स्थानिय कोटही माई स्थानमा सडक पुर्याउने उदेश्यले जेसिबिले खन्दा पुरै भाडै भाडाका टुक्राहरु फेला परेको थियो । त्यसबारे पनि पुरातत्व विभागलाई जानकारी समेत गराएको जानकारी गराइ सकिएको छ । पुरातत्व विभागबाट अहिलेसम्म कोही आएका छैनन्, त्यहाँ भेटिएका पुरातात्विक भाडाका टुक्राहरु केही ल्याएर घरमै संरक्षित गरि राखेको छ यादवले बताएका थिए । उनका अनुसार बाकी त्यही यत्रतत्र छरिएका छन् । इसा पुर्व ८ सय बर्ष प्राचिनता बोकेको कोलिय राजाको राजधानीलाई पुर्नत्थान गरि कोलिय सभ्यता र संस्कृतिको समेत पुर्नरउत्थान आवश्यक रहेको छ ।
यसका लागि सरकारी संरचना र गैरसरकारी संघसस्थाको कृयाशिलता,स्थानियबासीको सहभागिता हुन आवश्यक छ । पुरातत्व विभागले तिन बर्षसम्म उत्खनन,चार बर्षसम्म निरन्तर भुभौतिक सर्वेक्षण गरि प्राचिन कोलिय गणराज्यको राजधानी चक्रिय स्वरुपमा रहेको देखिन आएको थियो । उत्खननका क्रममा प्राचिन पोष्टहाmे,खैरो भाडो(ग्रेवर),एनबिपि,विभिन्न प्रकारका भाडाकुडा,बुद्धमुर्ति,धातुहरु जस्ता बस्तुहरु फेला परेको यो स्थान हो । ,तर सरकारी संरचना नहुदा ब्यवस्थित काम हुन सकिरहेको छैन् । अहिले राजधानी नजिकैको आर्को नगर भएको पहिचानमा आउनु पुरातात्विक सम्पदा थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *