
जिल्लामा इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको १४९९ औ जन्मज्यन्ती धुमधामका साथ मनाइएको छ । संसार भर मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको जन्मज्यन्ती धुमधामका साथ मनाई रहेका बेला जिल्लाका मुस्लिमहरु धर्मावलम्बीहरुले परासी सदरमुकाममा वृहद जुलुस निकाली उक्त ज्यन्ती धुमधामका साथ मनाएका हुन् ।
राष्ट्रिय ओल्मा काउन्सिल नेपाल र मोहम्मद ज्यन्ती मुल समितिको संयुक्त नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा एक भव्य ज्लुस निकाली मोहम्मद ज्यन्ती मनाइएको थियो । जिल्लाको विभिन्न गाउँ तथा पालिकाहरुबाट आएको स–साना मोहम्मद ज्यन्ती ज्लुसहरु रामग्राम २ हाटबजारमा जुटी एक भव्य ज्लुसको सकल दिइएको थियो । हाटबजारबाट निकालिएको उक्त भव्य मोहम्मदी ज्लुस बाईपास चोक, घोडपाली हुदै जिल्ला प्रशासन, घण्टाघर चोक हुदै बुद्धचोकको परिक्रममा गरेको थियो । मोहम्मद ज्यन्ती ज्लुस परासी बजारका मुख्य मुख्य चोकहरु परिक्रमा गर्दै बुद्धचाक स्थित सानो काणसभा पश्चात परासी हाटबजारको वृहद कोणसभामा परिणत भएको थियो ।
मोहम्मदी ज्लुसमा हजार बढि मुस्लिमहरुको सहभागिता रहेको थियो । ज्लुमा सहभागीहरु, ईस्लामिक पोषाकमा सजिएर रंगिचंगी ब्यानर, ईस्लामि तथा राष्ट्रिय झण्डा बोकी विभिन्न धार्मिक, सामाजिक र राष्ट्रिय नारा लगाउदै ज्युस घुमाएका थिए । ईस्लाम धर्मका अन्तिम र ठुलो पैगम्बर आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले दिएको ईस्लामि तथा सामाजिक सन्देश दिन मुस्लिम समुदायहरु बर्षेनी यसरी भव्यताका साथ मोहम्मद ज्यन्ती मनाउदै आएका छन् । बर्षेनी अरबी हिजरीकोे छैठों महिनाको १२ तारिख बारह रबिउल अव्वलका दिन मुस्लिम समुदायहरु यो मोहम्मद ज्यन्ति मनाउदै आएको राष्ट्रिय ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिंयाले बताए । उनले आजकै दिन हाम्रो पैगम्बर हजरत मोहम्मद साहबको जन्म भएको दिन भएकाले हामीहरु खुशी र उत्सव मनाउन यो ज्लुस निकालेको जनाए ।
पैगम्बर मोहम्मद साहब आएपछि समाजमा रहेका कुपर्था तथा विकृति विसंगतीलाई समाप्त पारी सहि मार्गदर्शन गरेको मुस्लिम समुदायको धर्मिक मान्यता रहेको छ । विश्वभरि संगै आईतबार नवलपरासीमा पनि ४० बढि गाउँहरुमा विहान स–साना मोहम्मदी ज्लुस निकाली गाउँभरि परिक्रमा गर्दै मोहम्मद ज्यन्ति मनाइयो । मोहम्मद ज्यन्तीको शुभ अवसर पारी विभिन्न गाउँहरुमा मिलादी तथा फतेहा खानी जस्ता कार्यक्रम समेत आयोजना समेत गरिएको थियो । यस अवसरमा शुभकामना आदानप्रदान गर्ने, नमाज, कुरानय पढने, दानपुन गर्ने, सामाजि सदभाव कायम गर्ने मिठो मिठो पक्वान पकाई साथीभाईहरुलाई खुवाउने र ईस्लाम धर्मका सन्देश दिने जस्ता मुख्य कार्यहरु गरिने गरिन्छ ।