नवलपरासी,२७ भदौ
जिल्लामा भदौ २९ गते हुन गई रहेको धार्मिक एकता सम्मेलनलाई सम्बोधन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव आउने भएका छन् । ओल्मा काउन्सिल नेपालको आयोजनामा हुन गईरहेको इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको १४९९ औ जयन्तीको अवसरमा धार्मिक राष्ट्रिय एकता सम्मेलनलाई सम्बोधन गर्न आउने भएको उपराष्ट्रपतिको कार्यालयले पत्राचार गरेको हो ।
ओल्मा काउन्सिल नेपालको आमन्त्रणमा उपराष्ट्रपति आउने काउन्सिलका राष्ट्रिय अध्यक्ष सैयद गुलाम हुसैन मजहरीले जानकारी गराए । उनका अनुसार उपराष्ट्रपतिको सचिवालयले सम्मेलनको सुरक्षा ब्यवस्थाका लागि विहिवार नै आईपुगेको छ । सम्मेलनको तयारी भब्य रुपमा भईरहेको उनको भनाई थियो । उतm सम्मेलनमा हिन्दु धर्मको तर्फबाट गजेन्द्रमोक्ष धामका धर्मगुरु कृष्ण प्रपन्नाचार्य,इस्लाम धर्म गुरु मुफ्ती महबुब आलम,बौद्ध धर्मगुरु लुम्बिनीको राजकिय बौद्धविहारका भन्ते सागर धम्म र इसाई धर्मगुरु रेमरेन्ट पास्टर सुनम दर्लामी मगरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । देशमा अमन शान्ति,धार्मिक सहिष्णुता,धर्म विच आपसी सदभाव र नेपाली राष्ट्रिय एकता कायम राख्नका लागि सो एकता सम्मेलनको उदेश्य रहेको छ ।
elektrikci SEO optimizasyonu, dijital pazarlama stratejimizi güçlendirdi. http://royalelektrik.com/