रामग्राम विकास कोषले शुरु गर्यो जागरण कार्यक्रम

नवलरासी,२ असोज
जिल्लामा हालै गठित रामग्राम विकास कोषले आफ्ना कार्यक्रम अगाडी बढाउदै स्थानिय स्तरमा जागरण कार्यक्रम पनि शुभारम्भ गरेको छ । कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने, स्तुपमा आफ्नो कार्यालय सञ्चालन गरिनुका साथै स्तुपको महत्व जानकारी गराउने उदेश्यले जागरण कार्यक्रम पनि शुर गरेको हो ।
जागरण कार्यक्रमको शुभारम्भ स्तुप परिसर नजिकैको सामुदायिक उत्तम बालहित माविका शिक्षकसँग सम्पदा संरक्षणमा सरोकारवालाको भुमिका विषय अन्तरक्रिय मंगलवार गरिएको कोषका सदस्य तथा विपश्यनाका सहायक अचार्य समेत रहेका रामप्रसाद पाण्डेले जानकारी गराए । बुद्धको स्तुपको महत्वबारे अध्यात्मिक महत्वसँगै प्राचिन पुरातात्विक सम्पदाको संरक्षण किन आवश्यक छ ? भन्ने कुरा जानकारी हुन आवश्यक छ । सबै भन्दा पहिला यसबारे स्थानिय शिक्षकलाई सोबारे जानकारी गराउन आवश्यक ठानेर विद्यालयबाट शुभारम्भ गरियो, उनले भने, शिक्षक मार्फत नै विद्यार्थी र अभिभावकलाई यसको महत्व बताउन सकिन्छ ।
शिक्षक अन्तरक्रियाले अगामी दिनमा विद्यार्थी र उनका आमा अभिभावकलाई पनि अभिभावक शिक्षा तथा बुद्धको ज्ञानसँगै यो बुद्ध स्तुप जस्ता प्राचिन सम्पदाको संरक्षणबारे शैक्षिक कार्यक्रम चालउने पनि तय भएको उनको भनाई थियो । यस पश्चात प्राचिन कोलिय गणराज्यको राजधानी रहेको प्राचिन कोलनगर भनेर पनि चिनिने हालको पण्डितपुर स्थित विद्यालयमा पनि सो कार्यक्रम सञ्चालन गरिने कोषका सदस्य पाण्डेले जानकारी गराएका थिए । त्यसै गरि बुधवार भदौ पुर्णिमाको अवसरमा स्तुप क्षेत्रमा दिप प्रज्जवल गरिने कार्यक्रम समेत जानकार िगराउदै त्यसमा सहभागि हुन आह्वान गरेका थिए । बुद्धकी सानी आमा प्रजावती गौतमी बुद्धसँघमा प्रवेश गरेको भदौ पुर्णिमा पुण्य तिथी पनि हो, उनले भने, सो पुण्य तिथीका दिन बुद्धको धातु स्तुपमा दिप प्रज्जवलले असिन पुण्यलाभ प्राप्त हुन्छ ।
कोषका अध्यक्ष समेत रहेका नगरप्रमुख यादवले स्तुप क्षेत्रको सुरक्षार्थ छिटै प्रहरी विट स्थापनाका लागि कोषको कार्यालयकै छेउमा राखिने गरि आवास,भन्सा सहितको पुर्वाधार बनाई सकेको जानकारी गराएका थिए । जिल्लाका शुरक्षा प्रमुखहरुले सो विटका लागि स्थलगत अध्ययन अवलोकन पुरा गरि सकेका छन्, उनले भने, जिल्ला सुरक्षा समितिले विट राख्नका लागि निर्णय गरि सरोकारवाला निकायमा पठाई सकेको छ, उनले भने, आसा गरौ छिट्टै प्रहरी विट स्थाना हुन्छ । स्तुप क्षेत्रको चक्रमण विस्तरका लागि पनि बुधवार नै नापी नक्साँकन गरि डिजाईन र स्टिमेटका लागि काम भई रहेको छ । पुरातत्व कार्यालयको समन्वयमा ति काम पनि हुने उनको भनाई थियो । कोषको पुर्णतासँगै बसेको विस्तारित बैठकले रामग्राम स्तुपा क्षेत्र र कोलिय गणराज्यको राजधानी क्षेत्रमा काम गर्नका लागि पुरातत्व विभाग समन्वय गरि काम गर्ने निर्णय गरेको थियो । अस्त ब्यस्त अवस्थामा रहेका यि दुबै धार्मिक,ऐतिहासिक,पुरातात्विक क्षेत्रका कहाँ के कस्तो गर्न मुनासिब देखिन्छ ? उतm कुराको आवश्यक मार्गनिर्देशन प्राप्तीका लागि पहल गर्ने निर्णय गरेको थियो ।
लामो समय देखी ओझेल परेको रामग्राम स्तुपा क्षेत्र र बुद्धसँग सम्बन्धित बौद्ध स्थलहरुको पहिचान,संरक्षण,विकास र जनजागरण लगायतका कार्यहरु गर्दै लैजान कार्ययोजना बनाई काम गर्ने बैठकको निष्कर्ष रहेको थियो । जस्मा पहिलो कार्य विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्त्ुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मार्गनिर्देश आवश्यक पर्छ, । पहिलो बैठकबाट सबै क्षेत्रसँग समन्वयकारी काम गर्दै अगाडी बढिने छ । संघियताको मर्म अनुसार नै अब रामग्राम नगरपालिकाले सरकारको हैसियतले काम अगाडी बढाएको थियो, स्थानिय नगर सरकारले नै अग्रसरता लिई रामग्राम विकास कोष ऐन २०८० पास गरि कानुनसम्म तरिकाले आम अगाडी बढाएको छ ।कोषमा चार जना सदस्यमा समाजसेवी कैलाश ठाकुर,पुरातत्वका जानकार नारद यादव,विपश्यना साधक रामप्रसाद पाण्डे र बौद्धशिक्षा तथा पर्यटन पत्रकार बेचु गौडलाई मनोनय गरिएको थियो ।
सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ,। ,तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्,लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो,रामग्राम स्तुपा ओझेलमा पर्यो । अब त्यो अवस्थाको अन्य हुने उनको भनाई थियो । संघ,प्रदेशका कानुन,युनेस्कोको मान्यता अनुरुप नै नगरपालिकाले नबाझिने गरि काम गर्ने छ ।
भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ
भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुपा उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुपा संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ । त्यसैगरि स्तुप बाहेक पनि कोलिय राजाहरुको राजधानी कोलनगर(पण्डितपुर),पुरतात्विक क्षेत्र ननई स्थित यशोधरा उद्धानक्षेत्र र संघाग्रामको रुपमा देवगाव क्षेत्रको पुरातात्विक क्षेत्रलाई समेत यस कोषले समेटेर काम गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *