
नवलपरासी,३० बैशाख
जिल्लाबाट हजका लागि जाने यात्रीलाई ओल्मा काउन्सिल नेपालले विदाई गरेको छ । इस्लाम धर्मावलम्बीहरु साउदीको मक्का मदिनामा धार्मिक तिर्थयात्रामा लागि जाने हजयात्रीलाई काउन्सिलले औपचारिक रुपमा विदाई कार्यक्रमको आयोजना गरि विदाई गरेको हो ।
अ आफ्नै तरिकाले हज गर्न मक्का जाने इस्लामधर्मावलम्बीहरु विगत बर्ष देखी नै जाने गरेका थिइ । तर अहिले जिल्लाबाट हजका लागि जाने ब्यतिmलाई एक औपचारिक कार्यक्रम मार्फत विदाई गर्ने र हजयात्राबाट फर्केका हाजीहरुबाट हजयात्रामा आउने समस्या,कठिनाई बारे जानकारी समेत गराउने उदेश्य राखी विदाई गर्ने संस्कृतिको शुरुवात गरिएको काउन्सिलका अध्यक्ष मौलाना सैयद गुलामले जानकारी गराए । यो एउटा संस्कृतिको विकास गर्ने छ,उनले भने,सबैमा भावनात्मक एकता श्रद्धाको विकास पनि हुनेछ । धार्मिक विश्वासले जाने यात्रा सुखद रहोस भन्ने पनि शुभकामना दिदै विदाई गरिएको उनको भनाई थियो ।
हज, मक्काको वार्षिक तीर्थयात्रा हो जुन मुस्लिमहरूले आफ्नो जीवनकालमा कम्तिमा एक पटक गर्ने अपेक्षा गरिन्छ। हज शब्द अरबी शब्द हो, जसको अर्थ ’यात्रा गर्ने उद्देश्य’ हो। हज इस्लामको पाँच स्तम्भहरू मध्ये एक हो, र सबै मुस्लिमहरूले आफ्नो जीवनमा कम्तिमा एक पटक यो गर्न आवश्यक छ यदि तिनीहरू शारीरिक र आर्थिक रूपमा सक्षम छन् भने। तीर्थयात्रीहरूको लागि, यो एक गहिरो आध्यात्मिक अनुभव हो जसले पापहरू मेटाउँछ, तिनीहरूलाई ईश्वरको नजिक ल्याउँछ र मुस्लिम एकतालाई हाइलाइट गर्दछ।
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
priligy 60 mg price championship had been played there two days earlier