![](https://www.koliyakhabar.com/wp-content/uploads/2024/09/IMG_20240918_183514-1024x768.jpg)
नवलपरासी,३ असोज
जिल्लामा हालै गठित रामग्राम विकास कोषले आफ्नो पुर्व निर्धारित कार्यक्रम अनुसार असोज पुर्णिमामा रामग्राम स्तुपमा दिप बाली पुजापाठ तथा ध्यानअभ्यास गराएको हो । कोष गठन पश्चात पहिलो प्राथमिकतमै रामग्राम स्तुपमा अध्यात्कि तथा धार्मिक् कार्य निरन्तर गर्ने कार्य कार्य अगाडी बढाएको हो ।
कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने,पुजापाठ तथा ध्यान अभ्यासलाई गराउने कार्य निरन्तर गर्ने योजना अनुरुप नै बुधवार साझ दिप बाली ध्यान अभ्यास गराइएको कोषका सदस्य रामप्रसाद पाण्डेले जानकारी गराए । बुद्धका अध्य स्थान ऐतिहासिक र पुरातात्विक महत्व राख्ने स्थान हो, उनले भने, तर रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो ।
अहिलेको असोज पुर्णिमा पनि भगवान बुद्धकी सानी आमा(मौसी) प्रजावती गौतमी बुद्धको संघमा प्रवेश पाएको पुर्णिमा पनि त्यो भएर बुद्धसँघमा महिलालाई स्थान प्रदान गरिएको एक महत्वपुर्ण दिवस पनि हो । पुर्णिमामा देवलोकमा देवसभा बस्ने र देवताहरुले पृत्वीलोकमा रहेका बुद्धप्रति को कस्ले श्रद्धा राख्ने गरेको कुरा पनि चर्चा हुने गरेको बौद्ध साहित्यहरुमा उल्लेख छ । त्यो भएर पनि बुद्धप्रति श्रद्धा राखी रामग्राम स्तुपमा पुजापाठ,ध्यानअभ्यास,दिप प्रज्वलनले अध्यातिमक लाभप्रद हुन्छ,यसको महत्व पनि अब रामग्राम विकास कोषले आफ्नो जागरण कार्यक्रम मार्फत जनमानसमा फैलाउने उनको भनाई थियो । देश विदेशका मानिस यो स्तुपको महत्व बुझेर धातुको पुजापाठ तथा ध्यानअभ्यासका लागि लाखौ खर्चेर आउने गर्छन्,तर स्थानिय स्तरमा यसको महत्व बुझाउन नसकेका कारण स्थानियले ति लाभ लिन सकिरहेका छैनन्, सदस्य पाण्डेले भने, जागरण प्रश्चात यो रामग्राम स्तुपको महत्व स्थानिय स्तरमा पनि बढेर जाने हाम्रो विश्वास छ ।
यहाँ भौतिक पुर्वाधारको विकास,पुरातत्वको संरक्षण त क्रमशः बन्दै जानेछ,तर यहाँ अध्यात्मिक अभ्यासको संस्कृति विस्तार पहिलो आवश्यकता देखिएको छ,त्यसको लागि रामग्राम विकास कोष काम गर्न प्रयासरत रहेको छ ।
विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्त्ुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मार्गनिर्देश आवश्यक पर्छ, । कोषको पहिलो बैठकबाट सबै क्षेत्रसँग समन्वयकारी काम गर्दै अगाडी बढि रहेको छ । संघियताको मर्म अनुसार नै अब रामग्राम नगरपालिकाले सरकारको हैसियतले काम अगाडी बढाएको थियो । स्थानिय नगर सरकारले नै अग्रसरता लिई रामग्राम विकास कोष ऐन २०८० पास गरि कानुनसम्म तरिकाले आम अगाडी बढाएको छ ।
सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ,। ,तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्,लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो,रामग्राम स्तुपा ओझेलमा पर्यो । अब त्यो अवस्थाको अन्य हुने उनको भनाई थियो । संघ,प्रदेशका कानुन,युनेस्कोको मान्यता अनुरुप नै नगरपालिकाले नबाझिने गरि काम गर्ने छ ।
भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुपा उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुपा संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ । त्यसैगरि स्तुप बाहेक पनि कोलिय राजाहरुको राजधानी कोलनगर(पण्डितपुर),पुरतात्विक क्षेत्र ननई स्थित यशोधरा उद्धानक्षेत्र र संघाग्रामको रुपमा देवगाव क्षेत्रको पुरातात्विक क्षेत्रलाई समेत यस कोषले समेटेर काम गर्नेछ ।
![](https://www.koliyakhabar.com/wp-content/uploads/2022/09/sarawal-scaled.jpg)