
नवलपरासी,१० असोज
जिल्लामा हालै गठित रामग्राम विकास कोषले आफ्नो पुर्व निर्धारित कार्यक्रम अनुसार असोज अष्टमीको अवसरमा बुधवार साझ रामग्राम स्तुपमा दिपबाली पुजापाठ तथा ध्यानअभ्यास गरिएको छ । कोष गठन पश्चात पहिलो प्राथमिकत मै रामग्राम स्तुपमा अध्यात्मिक तथा धार्मिक् कार्य निरन्तर गर्ने कार्य कार्य अगाडी बढाएको हो ।

कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने,पुजापाठ तथा ध्यान अभ्यासलाई गराउने कार्य निरन्तर गर्ने योजना अनुरुप नै बुधवार साझ दिपबाली ध्यान अभ्यास गरिएको हो ।
बुधवार साझ नै रामग्राम विकास कोषकै निर्धारित कार्यक्रममा चाईनाका ग्वान्जो बुद्धिष्ट एसोसिएरनका भिच्छु र रामग्राम क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएका द प्रमिस लैण्डका सञ्चालक निकेस अधिकारी सहितको टोलीको समेत सहकार्यमा दिपावली भएको कोषका सदस्य रामप्रसाद पाण्डेले जानकारी गराए । उनका अनुसार १ हजार २ सय दिप प्रज्जलित गरिएको थियो । चिनिया भिच्छुद्धारा नै धातु तथा चैत्यको पुजा परिक्रमा र ध्यान अभ्यास गराईएको थियो । बुद्धका अध्यात्मिक स्थान ऐतिहासिक र पुरातात्विक महत्व राख्ने स्थान हो, उनले भने, तर रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो ।

देश विदेशका मानिस यो स्तुपको महत्व बुझेर धातुको पुजापाठ तथा ध्यानअभ्यासका लागि लाखौ खर्चेर आउने गर्छन्,तर स्थानिय स्तरमा यसको महत्व बुझाउन नसकेका कारण स्थानियले ति लाभ लिन सकिरहेका छैनन्, सदस्य पाण्डेले भने, जागरण प्रश्चात यो रामग्राम स्तुपको महत्व स्थानिय स्तरमा पनि बढेर जाने हाम्रो विश्वास छ । यहाँ भौतिक पुर्वाधारको विकास,पुरातत्वको संरक्षण त क्रमशः बन्दै जानेछ,तर यहाँ अध्यात्मिक अभ्यासको संस्कृति विस्तार पहिलो आवश्यकता देखिएको छ,त्यसको लागि रामग्राम विकास कोष काम गर्न प्रयासरत रहेको छ । विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्त्ुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मार्गनिर्देश आवश्यक पर्छ, । कोषको पहिलो बैठकबाट सबै क्षेत्रसँग समन्वयकारी काम गर्दै अगाडी बढि रहेको छ ।
सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ,। ,तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्,लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो,रामग्राम स्तुपा ओझेलमा पर्यो । अब त्यो अवस्थाको अन्य हुने उनको भनाई थियो ।
भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुपा उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुपा संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ । त्यसैगरि स्तुप बाहेक पनि कोलिय राजाहरुको राजधानी कोलनगर(पण्डितपुर),पुरतात्विक क्षेत्र ननई स्थित यशोधरा उद्धानक्षेत्र र संघाग्रामको रुपमा देवगाव क्षेत्रको पुरातात्विक क्षेत्रलाई समेत यस कोषले समेटेर काम गर्नेछ ।