नवलपरासीका किसानले गर्न थाले केरा भित्र बदाम खेती
नवलपरासी,७ कात्तिकजिल्लाका केरा किसानले अहिले केरा खेतमा घुसुवाबालीको रुपमा बदाम खेती गर्ने अभ्यास थालेका छन् । केही बर्ष पहिला केरा भित्र आलु र ओल खेतीको अभ्यास गर्दै आएका किसान अहिले केरा भित्र बदाम खेतीको सफल अभ्यास गरेका हुन् ।बलौटे माटो हुने जिल्लाका सुस्ता र प्रतापपुर गाउपालिकाका किसानले केरा भित्र हिँउदमा आलु र बर्षायाममा बदाम खेती गर्न सक्ने अवस्था देखिएको बताए । यसले गर्दा केरा खेतीलाई पनि फाईदा पुग्ने र घुसुवाबालीले थप लाभ लिन सक्ने अवस्था रहेको बदाम उत्पादक कृषक समितिका अध्यक्ष युवराज मौर्यले बताए । यसरी केरा भित्र बाली रोपेर थप बाली लिन सक्ने अवस्था देखिएको छ, उनले भने, एक बाली मात्र खेतमा लगाउदा यदि प्राकृतिक प्रकोपले नष्ट भयो भन्ने लगानी डुब्ने अवस्था थियो । तर तिनै बालीमा थप आर्को बाली रोपियो भन्ने ति क्षतिबाट पनि जोगाउन सक्ने अवस्था देखिएको उनको भनाई थियो । केही किसानले अहि...








