Health Advertisement

नवलपरासीका किसानले गर्न थाले केरा भित्र बदाम खेती

नवलपरासी,७ कात्तिक
जिल्लाका केरा किसानले अहिले केरा खेतमा घुसुवाबालीको रुपमा बदाम खेती गर्ने अभ्यास थालेका छन् । केही बर्ष पहिला केरा भित्र आलु र ओल खेतीको अभ्यास गर्दै आएका किसान अहिले केरा भित्र बदाम खेतीको सफल अभ्यास गरेका हुन् ।
बलौटे माटो हुने जिल्लाका सुस्ता र प्रतापपुर गाउपालिकाका किसानले केरा भित्र हिँउदमा आलु र बर्षायाममा बदाम खेती गर्न सक्ने अवस्था देखिएको बताए । यसले गर्दा केरा खेतीलाई पनि फाईदा पुग्ने र घुसुवाबालीले थप लाभ लिन सक्ने अवस्था रहेको बदाम उत्पादक कृषक समितिका अध्यक्ष युवराज मौर्यले बताए । यसरी केरा भित्र बाली रोपेर थप बाली लिन सक्ने अवस्था देखिएको छ, उनले भने, एक बाली मात्र खेतमा लगाउदा यदि प्राकृतिक प्रकोपले नष्ट भयो भन्ने लगानी डुब्ने अवस्था थियो । तर तिनै बालीमा थप आर्को बाली रोपियो भन्ने ति क्षतिबाट पनि जोगाउन सक्ने अवस्था देखिएको उनको भनाई थियो । केही किसानले अहिले परिक्षणको रुपमा केरा भित्र बदाम खेती गरेका छन् । उत्पादन राम्रै देखिएको छ, उनले थपे,यसलाई अन्य किसानलाई पनि उत्साह मिलेको छ । यसलाई प्रवद्र्धन गर्नका लागि सरकारी निकायले पनि सहयोग गर्नु पर्ने उनले आवश्यकता औल्याएका थिए ।
लामो समय देखी जिल्लाको पुर्वि क्षेत्रमा उखु खेती गर्दै आएका किसानलाई उखुको मुल्य भुतmानीमा समस्या देखिन थाले पछि केरा खेती तर्फ लागेका छन् । त्यसका लागि प्रधानमन्त्री यान्त्रिकरण आयोजनाले केरा जोनको रुपमा प्रोत्साहित गर्दै आएको छ । यस क्षेत्रलाई सुपर जोन बनाउनका लागि पनि पहल भई रहेको छ । अहिले केरा भित्र बदाम खेतीको सफल अभ्यास भएको देखियो, उनले भने, केरा भित्र आलु खेती पनि गरेर परिक्षण गरि सकिएको छ । केरा रोपेको दुई बर्षमा केरा फल्ने अवस्था आउछ,त्यो भित्र किसानले यदि बर्षायाममा बदाम र हिउँदमा आलु रोपेर थप फाईदा लिन सक्छ । तर यसका लािग सरकारले आवश्यक मल,विउँको सहज आपुर्तिका लागि सहयोग गर्नु पर्ने उनको भनाई थियो । बदाम अहिले प्रति केजी डेढ सय रुपियासम्म विक्रि हुने गरेको छ । यसले किसानलाई केही राहत पुग्नेछ । जिल्ला भित्र डेढ सय हेक्टरमा बदाम खेती हुने गरेको तथ्याँक समितिका अध्यक्ष मौर्यले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *