नवलपरासी, ११ भदौ
जिल्लाका जिल्लाका तिन वटा पालिका मध्ये रामग्राम नगरपालिका र सरावल गाउपालिकाले जग्गा (भु) उपयोग क्षेत्र बर्गिकरण प्रतिवेदन बुझाए पछि रोकिएको कित्ताकाट खुल्ला भएको छ । बनाएर राखिए पनि भुउपयोग बर्गिाकरण नापी कार्यालयमा नबुझाउदा नापाी कार्यालयले कित्ताकाट रोक्का गरेको र त्यसमा नागरिक समाजको ध्यानाकर्षण गराए पछि तिन मध्ये दुई पालिकाले बर्गिकरण प्रतिवदेन तत्काल बुझाए पछि कित्ताकाट खुल्ला भएको हो ।
सरावल र रामग्रामले प्रतिवेदन बुझाए पनि सुनवल नगरपालिकाले बर्गिकरण नै नगरेको हुदा बुझाउन सकेको छैन् । तर त्यो नगरपालिकाको पनि अंशबण्डाका लिखतमा नगरपालिकाकै सिफारिस अनुसार कित्ताकाट गर्न सकिने नापाी कार्यालयले जनाएको छ । खरिद विक्रि गर्दा कित्ताकाट भने बर्गिाकरण भएर आए पछि मात्र हुने नापी कार्यालयका प्रमुख कैलाश नाथ पाण्डेले जानकारी गराए । कित्ताकाट भएर लिखत पारित हुदा राजश्व सम्बन्धित पालिकाकै उठ्ने हुन्छ । नापी भन्दा फाईदा सम्बन्धित पालिकाकै हो । तर पालिकाहरुले के कामलाई प्राथमिकतामा राखेर गर्नेबारे गम्भिर हुन आवश्यक रहेको छ । सुनवल र रामग्राम नगरपालिका तथा सरावल गाउपालिकाका नगरप्रमुखहरुले भुउपयोग बर्गिकरण नगरेर जनतालाई दुःख पाएको नागरिक समाजले ध्यानाकर्षण गराएको थियो ।
भु उपयोग बर्गिकरण नभएका कारण ति पालिकाका बासिन्दाहरु कित्ता काट गराउन जादा कित्ता काट रोकिएर हैरानी झेल्न परेको थियो , नागगरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने, दुई पालिकाले बनाई राखेको जग्गा बर्गिकरण प्रतिवेदन बुझाउने कार्य स्वागतयोग्य रहेको छ । नबुझाउने सुनवल नगरपालिकाले पनि छिट्टै जग्गा बर्गिाकरण गरि बुझाईदिन आग्रह पनि गर्दछौ । नीति कानुन अनुसार जनतालाई सेवा दिईनु पालिकाहरुको पहिलो प्राथमिकता हुनु पर्छ, उनले थपे, तर यो कित्ताकाट जस्ता सेवाले पालिकाको आय बढाउने हुदा यसमा अझ पालिका नै उत्साही हुनु पर्छ ।
जिल्लाका अन्य सुस्ता,प्रतापपुर,पाल्हीनन्दन गाउपालिका र वर्दघाट नगरपालिकाले जग्गा बर्गिकरण गरि पठाई सकेका छन् । भु उपयोग नियमावली (पहिलो संसोधन २०८०) अनुसार एक बर्ष भित्र भु उपयोग क्षेत्र बर्गिकरण गर्न स्थानिय तहलाई सरकारले निर्देशन गरेको थियो । साउन ३२ गते सो नियमावली जारी भएको हुदा साउन ३२ गतेसम्म पुरानै आधारमा नापी कार्यालयले कित्ता काट गर्दै आएको थियो । भदौ देखी बर्गिकरण नबुझाउने पालिकाको कित्ता काट पुनः रोकिदा जनतालाई सास्ती भएको थियो । यि तिनवटै नगरपालिकाको नेतृत्व नेकपा एमालेबाट नै विजयी जनप्रतिनिधिले नेतृत्व गर्दै आएका छन् । नागरिक समाजको ध्यानाकर्षण पछि एमाले जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले तिनै पालिका प्रमुखलाई भु उपयोग बर्गिकरण भएको भए प्रतिवेदन बुझाउन र नभएको भए बर्गिकरण गर्नका लागि समेत निर्देशन दिएका थिए । जनताको सेवा प्रति एमाले जहिले पनि प्रतिवद्ध रहेको भनाई उनको थियो ।