
नवलपरासी,२९ पुस
प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भई रहेको दोश्रो चरणको उत्खननले स्क्यार(बर्गाकार) दरबार भेटिन थालेको छ । गत पुस १३ गते देखी पुरातत्व विभागको टोलीले शुरु गरेको दोश्रो चरणको उत्खनन गर्दा प्राचीन स्क्वायर दरबारको भग्नावेश भेटिन थालेको हो ।


दुई साता देखी निरन्तर भई रहेको उत्खननमा अहिले पनि उत्खनन स्थलको दक्षिण,पश्चिम र उत्तर क्षेत्रको भुमि भित्र दरबारको मोटा मोटा पर्खाल रहेको संकेत पनि गरेको उत्खनन टोलीले देखाएको थियो । करिब डेढ कट्ठा क्षेत्रफलमा उत्खनन गर्दा सो क्वायर भवनहरु मेटिन थालेका छन् । करिब सो भवनको ५ कट्ठा क्षेत्रफलमा फैलिएको हुन सक्ने अनुमान गरिएको छ । पण्डितपुरमा उत्खनन गर्दा अहिलेसम्मकै ठूलो क्षेत्रफलमा फैलिएको भवनको भग्नावेश भेर्टिएको टोली प्रमुख समेत रहेका पुरातत्व विद भास्कर ज्ञवालीले बताए । रामग्राम नगरपालिकाले यो क्षेत्रलाई तत्कालका लागि भाडा वा अधिग्रहण गरि जग्गा ब्यवस्थापन गर्ने जनाएको बताउदै यदि जग्गाको ब्यवस्थापन गर्न सकिएमा उतm स्थान आउने पर्यटक र बौद्ध तिर्थयात्रीका लागि अवलोकन गर्न सक्ने गरि खुल्ला नै राखिने उनको भनाई थियो ।
उत्खनन टोलीले फेला पारेको भग्नावेश ठूलो उपलब्धी भएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताए । विगत तिन दशक देखि सो क्षेत्रमा भुभौतिक सर्वेक्षण,उत्खनन अन्वेशष गर्ने कार्य भई रहेको छ, उनले भने, स्वायर दरबारले कोलिय गणराज्यको राजधानीलाई पुष्टि गर्न थप आधार बनाएको छ । इनार सहितको कुशाणकालिन बस्ति क्वायर दरबार तथा भवनको भग्नावेश भेटिएको छ, उनले भने, पर्यटक,बौद्ध तिर्थयात्री,अनुसंधानकर्तालाई अध्ययनको श्रोत बन्ने आधार देखिन थालेको छ । एक दशक पहिला पुरातत्व विद तारानन्द मिश्र उत्खनन गर्न आउदा राजधानी क्षेत्रलाई अन्तोनगर र बाह्यनगर भनि दुई भागमा रहेको बताउदा अहिलेको स्क्वायर दरबार बाह्य नगर तर्फ देखिदा सुरक्षा तथा नागरिकहरुको बस्ति देखिएको छ,किन कि त्यहाँ कुषाणकालका इट,भाडाकुडा लगायतका समाग्रि भेटिएका छन् ।
यस बर्षको पहिलो चरणको उत्खनन पुरातत्व विद भास्कर ज्ञवालीकै नेतृत्वमा कार्तिक २४ गते पुगेर २५ गते देखी उत्खनन कार्य शुरु गरेको थियो । उत्खननले भेटिएको प्राचीन इनार र सँगै जोडिएको स्थानमा रहेका पुरातात्विक बस्तु पत्ता लगाउन उत्खननका लागि ट्रेन्च लगाइएको पुरातत्व अधिकृत ज्ञवालीले देखाएका थिए । सोही स्थानमा मंसिर १ गते देखी त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा पुरातत्व विषयमा अध्ययन गर्ने कार्य गरेका थिए ।
उनीहरुले ब्यवहारिक तालिम लिन ३५ जना विद्यार्थीहरु समेत उत्खनन कार्यमा सहभागि भएका थिए । १ महिना लगाएर उत्खनन गर्दा दरबारको अवशेष निरन्तर जमिनमुनी भेटिदै जादा त्यसलाई नै निरन्तर उत्खनन गर्ने उदेश्यले दोश्रो चरणको उत्खनन शुरु गरिएको छ । २१ दिनसम्म हुने उत्खननले पनि दरबारको पुरै अवस्था पत्ता लगाउन उत्खनन पुरा होला जस्तो लागेको छैन्,स्थानिय यादवले भने,तर यो भागको पुरै दरबार क्षेत्र उत्खनन गरि टुगोँमा पुर्याएर संरक्षण गर्दै खुल्ला राख्ने ब्यवस्था गरियो भने धेरै राम्रो हुने थियो । विगत बर्षमा पनि पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले विगत बर्षमा नै भुभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो । सो स्थान कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्म स्थल हो । बौद्ध इतिहास अनुसार भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने प्रजावति गौतमी,सिद्धार्थको बुद्धत्व(ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही हो । यस क्षेत्रको खोज हुदै जादा अहिले चक्रिय प्रणालीमा प्राचिन शहर बसालिएको पुरातात्विक अनुसंधान तथा भुभौतिक सर्वेक्षणले देखाएको छ ।
बुद्ध जन्मनु पुर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण(कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरुले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ, । राजधानी क्षेत्रका अन्तोनगर र बाह्रय नगर गरि विभिन्न बस्तीहरु १ सय विघा क्षेत्रफलमा फैलिएको अनुमान पुरात्व टोलीले गरेको छ । ति क्षेत्रको जग्गाको अवस्था यकिन गर्ने कार्य पनि भई रहेको पुरातत्वविद ज्ञवालीको भनाई थियो । सो क्षेत्रमा पर्ने जग्गा कति सार्वजनिक,कति नम्बरी अवादी छन्,ति सबै लगत विवरण र प्रतिवेदन बनाएर पुरात्व विभागले जग्गा अधिग्रहणका लागि नेपाल सरकारलाई बुझाउने लक्ष्य रहेको उनले सुनाए । कोलिय गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरु रहेको थियो । रोहिणी नदी पश्चिममा रहेको शाक्यहरुको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो ।
कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरु विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् । महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराको जन्म पनि यहिँ भएको थियो । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए ।
