नवलपरासी,
प्राचीन सेन कालिन इतिहास बोकेको पाल्ह्ी माझखण्डका प्राचीन पोखरी अहिले जलकुम्भिले भरिएको छ । पाल्हीनन्दन गाउपालिका ४ स्थित पाल्ही भगवती मन्दिर परिसर नजिकैको उतm पोखरीको ब्यवस्थापन,सरसफाई र सौन्दर्यीकरणमा ध्यान नदिदा उतm पोखरी जलकुम्भिले भरिएको हो ।
करिब पाँच विघा क्षेत्रफलमा फैलिएको उतm पोखरी सौन्दर्यीकरणका लागि संघिय सरकारले ९० लाख रुपिया विनियोजन गरेको थियो । तर गाउपालिकाले त्यसको आवश्यक विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई काम गर्ने उपभोतmा समिति गठन पनि गर्न सकेन । ठेक्का मार्फत पनि काम गराउन नसक्दा उतm रकम फ्रिज भएर गएको सोही वार्डका वार्डअध्यक्ष रविन्द्र कुमार सहानीले बताए । पटक पटक योजना शाखालाई पोखरीका लागि विनियोजित रकम खर्चका लागि डिपिआर बनाउन र ठेक्का लगाउन आग्रह गरेको तर योजनाशाखाले काम नगर्दा ९० लाख बजेट फ्रिज भएको वार्ड अध्यक्ष सहानीले समेत स्वीकार गरे । कार्यपालिका बैठकमा समेत आफुले पटक पटक कुरा उठाएको तर त्यसबारे योजना शाखाले चाँसो दिई काम नगरिदिदा त्यती ठूलो रकम फ्रिज भएर जानु दुःखद भएको सुनाए ।
गाउपालिकामा योजना शाखा,लेखा शाखा तथा प्रमुख प्रशासकिय अधिकृतहरु विच तालमेल नमल्दिा उतm रकम फ्रिज भएको वार्ड अध्यक्ष सहानीको जिकिर थियो । आउने स्रोत खर्च गर्न नसक्नु गाउपालिकाकै असक्षमता देखिन्छ, उनले भने, यसमा चाँसो गाउपालिका प्रमुख र उपप्रमुखले पनि लिइनु पर्ने थियो,तर हुन सकेन् । विगत देखी नै पाल्हीनन्दन गाउपालिका भित्र देखिने र हुने गरेका विवाद पनि विकासको बाधक बनेको उनको भनाई थियो । उतm पोखरी सौन्दर्यीकरणका लागि अहिले पनि गाउपालिकाले ५ लाख रुपिया बिनियोजन गरेको छ,त्यसैबाट काम शुरु गर्ने भनाई वार्डअध्यक्ष सहानीको रहेको थियो ।
विगत बर्षमा पोखरीलाई माछापालन गर्न ठेक्का समेत लाग्ने गरेको स्थानिय रामकरन हरिजनले बताए । अघिल्लो जनप्रतिनिधिकालमा पाँच बर्षका लागि २० लाखमा माछापालन ठेक्का लागेको थियो । त्यसले गाउपालिकालाई आयस्रोत थपिएको थियो,उनले भने, पोखरी पनि सफा देखिन्थ्यो । तर अहिलेको दोश्रो नजप्रतिनिधि कालमा ठेक्का पनि लगाउन सकेनन्,उनले थपे,गाउपालिकाको राजस्व पनि गुम्दैछ । पोखरी सौन्दर्यीकरणका लागि आउने रकम पनि फ्रिज हुदै गएको छ । जलकुम्भीले पोखरी फोहोर बन्दी बन्दै गएको देखिएको छ । पाल्ही भगवती मन्दिर परिसरसँग जोडिएको हुदा त्यसलाई सजावट गरि ढुगाँ चलाउने जलविहार गराउने खालका पर्यटकिय स्थान बनाउन सक्ने सम्भाना रहेको छ ।
पाल्ही भगवती मन्दिरमा दर्शानार्थी आउदा पुजापाठमा लाग्ने गर्छन्,तर उनीहरुसँगै आाउने बालबालिका तथा अन्य पर्यटकलाई मनोरन्जनात्मक स्थान बनाउन पनि सकिने स्थान हो,हरिजनले भने,तर जनप्रतिनिधिको त्यता चाँसो नै गएको देखिएन् । हुन तँ अनुदान स्वरुप आउने गाउपालिकाको पुर्ण बजेट नै खर्च गर्न नसक्ने गाउपालिकाले थप रकम माग गर्ने,पाएको रकम सदुपयोग गर्ने वा अन्य आमदनीको स्रोत बनाउन नसक्ने कार्यलाई आश्चर्य मान्न पर्दैन् ।
सेन सामराज्य अन्तरगत नै पर्ने पाल्पा राज्यका तराईका २ प्रगन्ना(इलाका) विनायकपुर र तिलपुर थिए,जुन रोहिणी नदिदेखी नारायणी नदीसम्म र हालको भारत महराजगँज जिल्ला भएको भुभाग तिलपुर अन्तरगत थियो । तिलपुरका प्रमुख बजार पाल्ही र निचलौल थिए । तानसेन देखी माथागढी र महलपोखरीको बाटो हुदै पाल्हीको ब्यपार चल्थ्यो र बंगालसँग जोडिने यो मार्ग थियो । पाल्पालाई नेपालमा गाभे पछी पाल्हीमा नेपालले कब्जा गरे पनि निचलौलको भुभाग सुगौलीसन्धिले छाड्न परेको देखिन्छ ।
तराईको भुभागको बारेमा भएका सिमा विवाद सुल्झाउन नेपाल र अँग्रेजका प्रतिनिधिहरुको धेरै पटक पाल्हीमा वाता गरेका थिए, यहिँ कारण नेपाल अँग्रेज युद्धका धेरै दस्तावेजमा पाल्ही उल्लेख भएको पाईन्छ । अवधका नवावहरुसँग विशेष सम्बन्ध रहेका धार्मिक प्रकृतिका पाल्पाली राजा महादत्त सेनले पाल्ही भगवती मन्दिर देखी पुर्वमा शिवालय निर्माण गर्न शुरु भएको र उनको मृत्यु वा अन्य कारणले शिवालयको कार्य पुरा हुन नसकेको सन १८३० तिर त्यहाँ आईपुगेका एक वृटिस अध्ययेताले आफ्ना विवरणमा उल्लेख गरेका छन् । उतm शिवालय मन्दिर देखी ५ सय मिटर उत्तर तर्फ भएको हो वा लोहरौली स्थित शिवपार्वती सिद्धधाम शिवालय हो,भनि यकिन भएको छैन् ।
उतm स्थान राजनीतिक इतिहास मात्रै नभई पौराणिक कुरामा पनि उल्लेख भएको पाइन्छ । जुन शिवपुराण कथामा लेखिएका छन् । तिनै पुराणलाई पछ्याउदै पछिल्ला दिनका राजाहरुले पनि सोही अनुरुपका धार्मिक स्थान विकास गर्नमा लागेको अनुमान गर्न सकिन्छ । उतm पुराणका अनुसार शिव पत्नि आदीशतिm सतिले देह त्याग गरे पश्चात विरतm भएका शिवले उनको शव लिएर ब्रम्हाण्डमा चक्र लगाउदै गर्दा सतिको शरिर भाग खसेको स्थान पाल्ही भगवती कोटकी माई स्थान हो ।
जुन शतिmपिठको रुपमा स्थापित छ । पछि सति पार्वतीको रुपमा जन्म लिए पश्चात उनका छोरा गणेश र कार्तिकेलाई सतिको अंगभाग खसेको स्थान देखाउने क्रममा शिव समेत सो स्थानमा आएका थिए । ति स्थान नै शिवपार्वती सिद्धधाम लोहरौली भएको स्थान मानिन्छ । उतm दुबै स्थानको सेन समाराज्यले संरक्षण गर्दै आएको थियो । तर आधुनिक नेपालमा उतm स्थानहरुको संरक्षण,सम्वद्र्धन,विकास पुर्वाधार निर्माण तथा प्रवद्र्धन गर्ने खालका कार्यक्रम हुन सकिरहेको छैन् ।
यसैगरि पाल्हीनन्दन गाउपालिका ६ रगरगँजमा रहेको प्राचीन बाईसीमाई पोखरी पनि संरक्षण अभावमा जलकुम्भिले ढाकिनुका साथै अतिक्रमणको चपेटामा परेको छ । पोखरी सरसफाई र संरक्षणका लागि पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएको स्थानिय रामजीयावन बेल्दारले बताए । पोखरी तथा तालतलैया संरक्षणका लागि आफुले पटक पटक नगरसभामा कुरा उठाउदै आएको सो वार्डका वार्डअध्यक्ष कृष्णचन्द्र यादवले बताए । गाउपालिकाका प्रवतmा समेत रहेका वार्डअध्यक्ष यादवले वार्ड नं.६ मा मात्रै पाँच विघा क्षेत्रफलमा ७ वटा पोखरी रहेको सुनाएका थिए ।
यस्तै रामग्राम नगरपालिकाको वार्ड नं.१२ कुनुवारमा ४ विघामा फैलिएको प्राचीन पयिानी पोखरी अहिले जलकुम्भिले ढाकेको छ । प्राचीन कालदेखी नै स्थानियले सो पोखरीको पानी पिउनका लागि प्रयोग गर्ने गरेका कारण सो पोखरीको नाम नै पियानी पोखरी रहन गएको स्थानिय बुद्धिराम यादवले बताएका छन् । उतm पोखरी अहिले स्वामित्व विवादले अलपत्र परेको अवस्था छ, उनले भने,गाउलेले पानी प्रयोग गर्दै आएको भए पनि सोही गाँउका जमिनदार शुभास शर्माले आफ्नो नाममा नापी गराइ हालेका थिए । अहिले उतm पोखरी आर्कै ब्यतिmलाई विक्रि गरिसकेका छन् । यस्ले गर्दा पोखरी विवादमा परेको छ ।
रामग्राम १२ कै डेढ विघामा फैलिएको महिहनिया पोखरीको अवस्था पनि उस्तै छ । सो पोखरी पनि जमिनदार भरत नेपालले दर्ता गराई हालेका थिए । पोखरी नजिकै प्राचीन इट र पर्खालहरु समेत देखिन्छन्,तर संरक्षणमा कुनै निकायबाट चाँसो छैन् । यसै गरि रामग्राम १५ जमुनियामा पनि प्राचीन पोखरी जलकुम्भिले ढाकिएको र अतिक्रमणको चपेटामा परेको स्थानिय विनोद सहानीले बताएका छन् । सो पोखरी संरक्षण र सौन्दर्यीकरणका लािग लुम्बिनी प्रदेश सरकारबाट १५ लाख बजेट विनियोजन भएको सुनिएको थियो, उनले भने,तर उतm रकम कता खर्चियो हामीलाई थाहै भएन् । उनका अनुसार उतm पोखरी १० कट्ठामा रहेको थियो,तर अहिले अतिक्रमण हुदै जादा खुम्चिदै गएको छ ।
रामग्राम नगरपालिका पशु सेवा शाखाका अनुसार नगरक्षेत्रमा मात्रै १ सय ५६ वटा सार्वजनिक साना ठूलो पोखरी,ताल तलैया रहेको तर संरक्षण हुन सकेको छैन् । ति पोखरीको संरक्षण गर्न सके नगरपालिकालाई आमदनीको स्रोत पनि हुन सक्ने,सौन्दर्यीकरण गराई पर्यापर्यटनमा योगदान,जमिन जलपरिपुरण(वाटररिचार्ज) गर्न सकिन्छ । अधिकाँस पोखरीले प्राचीन इतिहास बोकेका छन् । प्राचीन मौय समाज्यकालमा तत्कालिन सम्राट अशोकले प्रत्येक गाँउ नजिकै पोखरी र बगैचा,उद्धान बनाउन निर्देशन गरे अनुसार बनाइएका पोखरीहरु प्राचीन पोखरी भएको स्थानियहरु बताउछन् । पोखरी,ताल तलैयाको लगत संकनल गरि प्रभावकारी नीति निर्माण गरि संरक्षणको आवश्यकता रहेको जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले बताएका थिए ।
