
नवलपरासी,५ भदौ
जिल्ला सदरमुकाम परासी स्थित पाल्ह्ी बहुमुखी क्याम्पसमा अहिले विद्यार्थी आर्षण बढदै गएको क्याम्पसले जनाएको छ । जिल्लाकै पुरानो क्याम्पसमा विद्यार्थी आकर्षण बढन थाले पछि केही स्वार्थ समुहले क्याम्पसबारे गलत टिकाटिप्पणी गर्दै आएकोबारे कुरा खण्डन गर्दै विहिवार क्याम्पसले पत्रकार सम्मेलन गरि क्याम्पसको अवस्था जानकारी गराएको हो ।
देशभरिका विभिन्न सामुदायिक क्याम्पसमा विद्यार्थी सँख्या घटदै गए पनि पाल्ही क्याम्पसमा विद्यार्थीको आर्षण बढेको क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् । उनले विद्यार्थीको अवस्था,भौतिक पुर्वाधार,विद्यार्थीले उत्र्तिण गर्ने अवस्थाबारे समेत उनले तथ्याँक प्रस्तुत गरेका थिए । विगत ३ बर्षको तथ्याँक प्रस्तुत गर्दै उनले बर्षेनी विद्यार्थी संँख्या बढदै गएको जानकारी गराएका थिए ।

तथ्याँक अनुसार आर्थिक बर्ष २०७९÷०८० मा छात्र ९८ र छात्रा २३३ गरि कुल ३३१ जना विद्यार्थी भर्ना भएका थिए,भने आर्थिक बर्ष २०८०÷०८१ मा १५८ छात्र र ३४८ छात्रा गरि कुल ५०६ जना विद्यार्थी भर्ना भए । अहिले चालु आर्थिक बर्ष २०८१÷०८२ मा १३७ जना छात्र र ३५६ जना छात्रा गरि कुल ४९३ विद्यार्थी भर्ना छन् । अहिले कक्षा १२ को परिक्षाफल प्रकाशित भएका कारण पहिलो बर्षमा विद्यार्थी भर्ना हुने क्रम अझै बाकी नै रहेको छ, उनले भने,त्यसमा पनि केही सम्पुरक परिक्षा पनि दिएर पास हुने विद्यार्थीले समेत भर्ना हुने छन् ।
यो बर्ष ६ सय भन्दा बढि विद्यार्थी भर्ना हुने अनुमान छ, उनले भने, उत्र्तिण हुनेमा पनि राष्ट्रिय परिणामको अनुपातमा क्याम्पसमा बढि विद्यार्थी पास हुने क्रम छ । राष्ट्रिय रुपमा विद्यार्थी २२ प्रतिसत पास हुदा पाल्ही क्याम्पसमा ५० प्रतिसत भन्दा बढि नै पास हुने गरेका छन् । चार बर्षै विविएस र विएड दुई वटा संकायमा पठन पाठन हुने गरेको उतm क्याम्पसमा २१ जना प्राध्यापक र ६ जना कर्मचारी कार्यरत छन् । बार्षिक २४ लाख भन्दा बढि रकम विभिन्न छात्रवृति समेत क्याम्पसले प्रदान गर्दै आएको उनले सुनाएका थिए ।
चालु आर्थिक बर्षका लागि क्याम्पसले चालु खर्च १ करोड ५२ लाख र पुजिँगत ६० लाख ४१ हजार गरि २ करोड १२ लाख ४१ हजारको बजेट समेत पास भई सकेको जानकारी गराएका थिए । ७ विघा ८ कठठ क्षेत्रफलमा रहेको उतm क्याम्पसमा ३४ कोठा रहेको ५ वटा भवन छ । कम्प्युटर ल्याब,सभा हल,पुस्तकालय,१० वटा सौचालय,चमेनागृह,साईकल स्टाण्ड,बास्केटबल,ब्याडमिन्टल कोर्ट सहितको खेलमैदान, खानेपानीको उचित ब्यस्थापन सहित,कक्षा कोठामा स्मार्टबोर्ड रहेको छ । प्रत्येक विद्यार्थीलाई आधारमुत कम्प्युटर शिक्षा सहित प्रदान गरि शैक्षणिक प्रमाणपत्रको अतिरितm क्याम्पसले आधारभुत कम्प्युटर शिक्षा प्रदानको प्रमणपत्र दिइने गरेको उनको भनाई थियो । जिल्लाकै पुरानो क्याम्पस अहिले अब्बल अवस्थामा पुगेकोमा खुशी समेत ब्यतm गरेका थिए । अहिले प्रतिस्पर्धात्मक अवस्थामा आई पुग्दा निजी क्याम्पसलाई असर पार्न सक्ने भएकोले भर्नाको बेला क्याम्पसबारे दुरासय मनासय राखी समाजिक सञ्चालनमा टिकाटिप्पणी गरेर अवस्थ्य प्रतिस्पर्धा गर्ने चरित्र देखिएको समेत क्याम्पस प्रशासनले गुनासो गरेको थियो ।