
नवलपरासी,१ भदौ
जिल्लाको सुनवल स्थित खोलामा आयोजनाको आडमा खोलाजन्य पदार्थको चोरी तस्करी नियन्त्रण गर्दै वेवारिसे भण्डारण जपत गरेर सुनवल नगरपालिकाले डेढ करोड भन्दा बढि राजस्व संकलन गरेको छ । गत आर्थिक बर्षको शुरु देखी नै नगरप्रमुख विमला अर्यालले पालिका भित्रको चोरी तस्करी नियन्त्रण गर्दै खोलाजन्य समाग्रिमा हुने गरेको बेथिती सुधार्न जपत अभियान नै चलाएर ति समाग्रि विक्रि वितरण गरेर सो राजस्व संक्लन भएको उनको सचिवालयले जनाएको हो ।
अवैध भण्डार जपत गर्ने अभियान चलाउदा आन्तरिक र बाह्य दुबै तर्फबाट नगरप्रमुख अर्याललाई दवाव (थे्रटं) थियो,तर पनि उनी निडर भएर नै अभियानलाई निरन्तरता दिइनुको प्रतिफल डेढ करोड राजस्व संकलन भएको छ । बेथिती सुध्रिएको छ,नगरप्रमुख अर्यालले नगरपालिकामा रहेको पुराना बेथिती सुधार्दै नयाँ नयाँ कार्यक्रम समेत आरम्भ गरे पछि सुनवलकै केही इमानदार नगरबासी त्यसमा पनि अधिकाँस महिला अभियन्ताले पनि साथ दिईन थालेका थिए । अहिले नगरप्रमुख अर्यालकै पहलमा महिलामैत्री अभियान सञ्चालन गरेर करोडौको अनुदान भित्रयाएर पुर्वाधार बनाउन कार्यमा जुटेको उनका सचिवालयका प्राविधिक रेशम शर्माले बताए । मेयर अर्याल लुम्बिनी प्रदेशकै एक महिला मेयर मात्रै नभई एक साहसकि मेयरको रुपमा पनि पहिचान बनाउदै छिन्, उनले भने, यस्ले उनको अगामी राजनीतिलाई थप प्रभावकारी बनाउदै गएको छ ।
नगरपालिकाको स्रोत ब्यवस्थापनमा आफु निरन्तर लागेको मेयर अर्यालले बताईन् । यसमा लागि सबैको साथ र सहयोग चाहिन्छ, नै उनले भनिन्,धेरै समय अहिले आन्तरिक ब्यवस्थापनमै खर्चन परेको छ,होईन भन्ने बाहिरी श्रोतको ब्यवस्थापन धेरै गर्न सकिन्थ्यो । स्रोत ब्यवस्थापनका लागि प्रदेश सरकार र संघिय सरकारसँगै अन्य दातृनिकाय र आयोजना परियोजनासँग सहकार्य र समन्वय गरियो भन्ने थप आर्थिक स्रोत जुटाउन सकिन्छ । यसको उदाहरण उनले महिला मैत्री नगर(सिटी फर ओमेन) पनि एक भएको दाबी गरिन् । नगरपालिका भित्र पनि खोलानाला एक प्रमुख श्रोत हो,तर बर्षाै देखी अवैध दोहन भई रहेको थियो ।
त्यसलाई जपत गर्ने अभियान पनि चलाएको हुँ उनले थपिन्,डेढ करोड जति राजस्व संकलन भयो,त्यसमा पनि अभियानकै क्रममा भण्डारणहरु खोला तस्कर र माफियाहरुले एताउता पारेका थिए । बरामद गरिएका समाग्रि पनि ठेक्का लगाउन अवरोध हुदै आएको बताउदै उनले अन्तिम समयमा परासी महेशपुर सडक अयोजना निर्माण गर्ने निर्माण ब्यवसायीले इ टेण्डर मार्फत लिलाम सकारेको छ । उसलाई ति मालबस्तु उठाउन केही कठिनाई भई रहेको सुनिएको बताउदै कार्यालय प्रमुख आउने वित्तिकै उस्को मौज्दात प्रमाणित गरि सहजीकरण गरिने छ ।
स्थानिय प्रहरी कार्यालय र बन कर्मचारीको मिलोमतोमा खोलाजन्य पदार्थ(ढुगाँ,गिट्टि,बालुवा,मिस्कट)को ठूलो मात्रामा तस्करी हुने गरेको थियो । सुनवल नगरपालिकाको तुरियाखोला भित्रै पुर्वपश्चिम राजमार्ग निर्माण आयोजनाका खोलाजन्य पदार्थको प्रसोधन केन्द्र राखिएका छन् । तिनै प्रसोधन केन्द्र नजिकै मिनि पहाड जस्तै खोलाजन्य पदार्थ भण्डारण गरिएका थियो । भण्डारण नजिकै खोलाको किनारमा अवैध ढुगाँ र मिस्कट झिकेर राखिएको अवस्थामा जहाँ तही भेटाउने गरिएको स्थानियले बताउदै आएका थिए ।
खोलाको तस्करी गराउने पहुँचवाला नै भएका कारण एक किलोमिटरको दुरीमा रहेको बन र प्रहरीको कार्यालय भए पनि उनीहरु रोक्नु भन्दा गुनासो पुगे पछि त्यो जिम्मेवारी नगरपालिकाको भन्दै पन्छिने गरेका थिए । तस्करसँग प्रहरीले नै मोटो रकम उठाउने गर्दा खोला तस्करी नियन्त्रण प्रति गैर जिम्मेवारी अभिब्यतिm आउने गरेका थियो । आयोजनाको आडमा हुने खोला तस्करीबारे, स्थानियको बुझाई छ कि आयोजनाको निर्माण कार्य किन ढिलाई हुन्छ ? वा किन ढिलाई गराइन्छ ? किन भने त्यसैको आडमा खोला तस्करी गरि अकुत सम्पती कमाउने केही गिरोह सक्रिय छन् । आयोजना जति ढिलो भयो,उत्ति धेरै दिन कमाउन सकिन्छ,आयोजनाकै नाममा खोलामै प्रसोधन केन्द्र राखिएका छन्,कोही आयो भन्ने आयोजनाकै ति समाग्रि हो,भनि झुक्याउन सकिन्छ,मौका छोपेर बाहिर बेच्न सकिन्छ । तस्करीको हल्ला भयो र जो जहाँ पायो,त्यही कमाउने मेसो बन्छ, धमिलो पानीमा माछा मार्ने भनेको यस्तै रहेछ ।