Health Advertisement

नवलपरासीका डिएफओलाई कारवाहीको माग गर्दै जिल्लाका सातवटै पालिकाका निर्णय अनुसार पत्राचार

नवलपरासी,१४ बैशाख
जिल्ला स्थित बन डिभिजन कार्यालयका प्रमुख डिभिजन बन अधिकृत(डिएफओ)लाई आवश्यक कारवाहीका लागि जिल्लाका सातवटै पालिकाले माग गरेका छन् । नदीजन्य तथा खानजिन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकमा नआउने आउदा पनि हस्ताक्षर नगरि भाग्ने गर्दा त्यस्ता डिएफओ जिवन पंगेनीलाई आवश्यक कारवाहीका लागि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री र संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयसँग माग गरेको हुन् ।
जिल्लामा गठित ढुगाँ,गिट्,िबालुवा,उत्खनन,विक्रि वितरण तथा ब्यवस्थापन समितिले निर्णय गरेर राष्टपति चुरे संरक्षण कार्यालयमा पठाउने र पछि सो कार्यालयले अनुगमन गरे पश्चात मात्र जिल्लाका खोलानाला नदीबाट निकासी गर्न पाउने प्रवाधान छ । सो समितिको सदस्यमा डिभिजन बन कार्यालय पनि सदस्य रहेको छ । बन कार्यालयका प्रतिनिधिले सहमति र हस्ताक्षर नगर्दा विभिन्न खोलाबाट निकासी गर्न चुरेले सहमति दिन मानेको छैन् । चुरेले सहमति दिन बनका प्रतिनिधिको हस्ताक्षर नभएको भन्दै अनुगमन गर्न नमान्दा खोलाको निकासी ठेक्का गर्न समस्या देखिएको अनुगमन समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले बताए ।
समितिमा बस्ने तर हस्ताक्षर नगर्ने,हस्ताक्षर गर्दा केही कैफियत छ,भन्ने उल्लेख गरेर पनि हस्ताक्षर गर्नु पर्छ । तर डिएफओले त्यो पनि नगरे पछि जिल्लाका सातवटै पालिका प्रमुखले आवश्यक कारवहीका लागि सम्बन्धित मन्त्रालयमा लेखि पठाउने भनि गरेको निर्णय अनुसार आफुले सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको जनाए । खोला निकासी नहुदा चोरी तस्करी बढेको छ । बैधानिक निकासी नगर्दा एका तिर निर्माण समाग्रिको अभाव सिर्जना हुने आर्को तिर चोरी निकासी पनि बढने,राजस्व पनि नउठ्ने अवस्था छ । यसमा सहयोग भन्दा अवरोध सृजना भएको जिल्ला अनुगमन समितिले आवश्यक कारवाहीका लागि लेखि पठाउने निर्णय अनुसार कारवाहीको माग गरिएको उनको भनाई थियो ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *