सुनवल नगरपालिका

कामको ‘गेयर’ बदल्नुस्ः प्रमुख प्रशासकिय अधिकृत
समाचार, सुनवल नगरपालिका

कामको ‘गेयर’ बदल्नुस्ः प्रमुख प्रशासकिय अधिकृत

नवलपरासी,१६ भदौजिल्लाको सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भतिmराम मरासनीले नगरपालिकाका कर्मचारीलाई कामको गेयर बदल्न(काम गतिशिल बनाउन) निर्देशन दिएक छन् । हालै सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत मरासनीले काम गति अति नै कम भएको जनाउदै नगरपालिकाका कर्मचारीलाई कामको गति बढाउने गेयर बदल्ने निर्देशन गरेका हुन् ।विहिवार उनले लेखा शाखाका कर्मचारीलाई लक्षित गरि के कस्तो काम भएको छ ? के कारणले कतिशिलता बढिरहेको छैन ? भन्ने चाँसो ब्यतm गर्दै कामको गेयर बदल्नु पर्ने बताएका थिए । कार्यकक्षमा उपस्थित लेखा सहायक भए पनि उनको भाव लेखा शाखा हुद्रै नगरपालिकाका सबै कर्मचारी माथि नै लक्षित थियो । यस्तो कामले देवता र पितृले समेत राम्रो मान्दैनन्,उनले भने,बसेर मात्रै खानु हुदैन् । लेखाका खाताहरु सञ्चालनमा आएका कि आएन भनेर उनी सोधका थिए । कामको प्रगति नै लेखाले मापन हुने हुदा लेखाबाट उनले खाताका कुरा ...
विद्यालयको बातावरण र शैक्षिक गुणस्तर सुधारमा काम गर्दैछ महिला नेतृत्व
समाचार, सुनवल नगरपालिका

विद्यालयको बातावरण र शैक्षिक गुणस्तर सुधारमा काम गर्दैछ महिला नेतृत्व

नवलपरासी,१५ भदौदक्षिण भारतको फिल्म ‘मेडम गितारानी’ नामक मुभि धेरैले हेर्नु भएको होला,जस्मा गितारानी एक सैनिक लेफ्टीनेन्ट पद छाडेर गाँउको विद्यालय सुधार अभियानमा लागेकी हुन्छिन् । लामो संघर्ष पश्चात सरकारी विद्यालयको पठन पाठनमा सुधार ल्याएर देखाउछिन् । त्यो एउटा फिल्म मात्र भए को भए पनि फिल्मकी पात्र जस्तै पदचाप पच्छयाउदै नवलपरासीको सुनवल नगरपालिका ४ स्थित रमवापुर माविमा एक शिक्षिका अग्रसर भएकी छिन् । उनी हुन रमवापुर माविको प्राथमिक तहकी संयोजककी जिम्मेवारी पाएकी किम्मी श्री श्रेष्ठ । भारतिय सैनिक (एसएसबी बटालियन)मा दुई बर्ष काम गरेर श्रेष्ठ अहिले शिक्षिका पेशा अपनाएकी छिन् । विद्यालयले पनि उनलाई प्राथमिक तहको नेतृत्व गर्न जिम्मेवारी दिएको छ । उनी आफ्नो जिम्मेवारी बहन गर्दै विद्यालयका बालबालिकामा विभिन्न अभियान मुखी कार्य गर्दै अगाडी बढिरहेकी छिन् । शिशु कक्षा देखी ५ कक्षासम्म अध्ययन...
सुनवलको महलपोखरीमा केबुलकार पुर्याउन लागनीकर्ता खोजिदै
समाचार, सुनवल नगरपालिका

सुनवलको महलपोखरीमा केबुलकार पुर्याउन लागनीकर्ता खोजिदै

नवलपरासी,९ भदौजिल्लाको सुनवल नगरपालिकाले चुरेमा रहेको ऐतिहासिक स्थल महलपोखरीमा सुनवल बजार देखी केबुलकार पुर्याउने लगानीकर्ताहरुको खोजमा लागेको छ । धार्मिक तथा पर्यटकिय स्थलमा सुनवल बजार देखी सहजरुपमा यात्रीहरुले यात्रा गर्न सकुन भनेर केबुलकार पुर्याउनका लागि लगानी गर्ने लगानीकर्ताहरुको खोजमा लागेको हो ।प्राचिन सेन राज्यको दरबारको अवशेषहरु समेत रहेको उतm क्षेत्रका विगत बर्ष देखी नै मगर संस्कृतिको होम स्टे तालिम दिलाएर बनाउन लागिएको नगरप्रमुख(मेयर) विमला अर्यालले बताईन् । सोही डाडामा ध्यानकेन्द्र बनाउने गरि अहिले बजेट बिनियोजन गरिएको छ । पर्यटकिय पुर्वाधार बनाउनमा नगरपालिकाले लगानी गर्दै आएको छ,मेयर अर्यालले भनिन्, तर त्यहा सहजरुपमा पर्यटक पुग्नका लागि केबुलकार सञ्चालनका लागि ठूलै लगानी चाहिन्छ,त्यो भएर नीजि क्षेत्रका लगानीकर्तालाई नगरपालिकाले आह्वान गरेको छ,त्यसमा नगरपालिकाले समेत साझेदारी ...
बाबा वर्दगोरिया मेला ब्यवस्थित गर्न सुनवल नगरपालिकाले काम गर्दै
समाचार, सुनवल नगरपालिका

बाबा वर्दगोरिया मेला ब्यवस्थित गर्न सुनवल नगरपालिकाले काम गर्दै

नवलपरासी,१ भदौमहाभारतकालिन इतिहास बोकेको सुनवल नगरपालिकामा पर्ने बर्दगोरिया मेला ब्यवस्थित गर्न सुनवल नगपालिकाले विभिन्न संघसस्थासँग समन्वय गर्ने कार्य अगाडी सारेको छ । कोभिड १९ को महामारीमा प्रत्येक बर्ष हरितालिका तिजको बेला लाग्ने उतm मेला रोकिएको भए पनि यो बर्ष मेला लाग्ने भएकोले मेला ब्यवस्थापनका लागि अहिले देखी नै नगरपालिकाले पहल थालेको हो ।वर्दगोरियाको इतिहाससँगै सुनवलको नाम जोडिएको हुदा यो प्राचिन,ऐतिहासिक,पुरातात्विक र धार्मिक महत्व बोकेको बर्दगोरिया स्थानमा स्थानिय समितिले पनि काम गर्दै आएका छ । विगत बर्षमा भारतको उत्तर प्रदेश र विहारबाट पनि हजारौ दर्शनार्थीहरु वर्दगोरियामा आउने र लाख भन्दा बढि आन्तरिक पर्यटक दुई तिन दिनमै आउने भएकोले पनि त्यसको ब्यवस्थापनमा नगरपालिका सहित अन्य सघसस्था लागेको सुनवल नगरपालिकाका उपप्रमुख(उपमेयर) सुर्य दुबेले जानकारी गराए । सुनवल नगरपालिकाको यो प्रमु...
सुनवलमा पढ्दै कमाउदै कार्यक्रम, कृषिलाई प्राथमिकता
समाचार, सुनवल नगरपालिका

सुनवलमा पढ्दै कमाउदै कार्यक्रम, कृषिलाई प्राथमिकता

नवलपरासी,३० साउनजिल्लाको सुनवल नगरपालिकाले नगरक्षेत्रका विद्यालयका बालबालिकालाई कमाउदै पढदै कार्यक्रम कृषिसँग जोडेर लैजाने योजना अगाडी सारेको छ । नगरक्षेत्रमा रहेका सार्वजनिक जग्गा, विद्यालयका जग्गा,सामुदायिक बन भित्र रहेका खाली जग्गालाई उपयोग हुने गरि सो योजना अगाडी सारेका हो ।संघिय सरकारले नै नीति कार्यक्रममा कमाउदै पढदै कार्यक्रम राखेको र सो कार्यक्रमका लागि आफुले पहल गरि सुनवल नगरपालिका भित्र लागु गराउने अग्रसरता लिई काम गरिरहेको नगरपालिकाकी नगरप्रमुख(मेयर) विमला अर्यालले जानकारी गराईन् । कमाउदै पढदै कार्यक्रमका लागि पहिलो चरणको सर्वपक्षिय छलफल भई रहेको छ, उनले भनिन्,अब खेती गर्ने स्थानको छनौट,बालीको छनौट,खोती हुने स्थानको माटो परिक्षणका कार्य हुनेछ । तत्पश्चात युवा विद्यार्थीलाई रोज्न लगाईने र त्यसमा काम गरिने उनको भनाई थियो । संघिय सरकारका प्रतिनिधिहरु लगानी गर्न उत्सुक देखिएका छन्,म...
खोला माफियालाई कानुनी दायरामा ल्याउन सुनवल नगरपालिलकाले चाल्यो कदम
समाचार, सुनवल नगरपालिका

खोला माफियालाई कानुनी दायरामा ल्याउन सुनवल नगरपालिलकाले चाल्यो कदम

नवलपरासी,१५ साउनचुरेबाट बग्ने खोलानालामा अवैध चोरी निकासी गरि भण्डारण गर्नेको नाउमा सुनवल नगरपालिकाले स्रोत खुलाई स्टक प्रमाणित गर्न पत्राचार गरेको छ । खोलानालामा खोलाजन्य पदार्थको चोरी निकासी रोक्न खोज्दा नगरप्रमुखलाई नै थ्रेट गर्ने खालका कुरा उठन थाले पछि नगरपालिकाले खोलाजन्य समाग्रिको स्रोत खोलाउने गरि कदम चालेको हो । सुनवल नगरपालिकाको नदीजन्य पदार्थको अनुगमन समितिले सार्वजनिक सुचना समेत जारी गरि ७ दिन भित्र विवरण उपलब्ध गराउन माग गरेको छ । नगरक्षेत्रको विभिन्न स्थानमा भण्डारण गरि राखिएका खोलाजन्य पदार्थको स्टक प्रमाणित गराउन आवश्यक कागजात समेत पेश गर्ने गर्नु पर्ने र तोकिएको समय सिमा भित्र प्रमाण पेश गर्न नसकेमा भण्डारण (स्टक) अवैध मानेर कानुन बमोजिम कारवाही प्रकृया अगाडी बढाइने जनाएको छ । कार्यालयका उप सचिव विष्णु गोतामलेद्धारा हस्ताक्षरित उतm सुचना साउन १३ गते नै जारी भई सकेको...
कोलिय गणराज्यको प्राचिन उत्तरक नगरको विकासमा सुनवल नगरपालिकाको चाँसो
समाचार, सुनवल नगरपालिका

कोलिय गणराज्यको प्राचिन उत्तरक नगरको विकासमा सुनवल नगरपालिकाको चाँसो

नवलपरासी,११ असारजिल्ला सुनवल नगरपालिकाले प्राचिन कोलिय गणराज्य अन्तरगत हालै ‘उत्तरक’ नगर घोषणा भएको देवदह पोखरी क्षेत्र तरगौली विकासका लागि चाँसो लिएको छ । बुद्धसँग सम्बन्धित रहेको उतm उत्तरक नगर घोषणा पश्चात अन्य देशी विदेशीले सो क्षेत्रको विकासबारे जिज्ञासा राख्न थाले पछि नगरपालिकाले विकासमा चाँसो लिएको हो ।सुनवल ७ स्थित तरगौली ताल भनेर चिनिने प्राचिन नगर भएको भग्नावेशहरु रहेको छ । प्राचिनपोखरी समेत उतm स्थानमा छ । अहिले बुद्ध विहार र हल समेत निर्माण भएका छन् । सो क्षेत्रमा पर्यटकहरु आउने क्रम समेत भएको हुदा थप पुर्वाधारका लागि १५ लाख बजेट विनियोजन गरिएको नगरपालिकाका प्राविधिक रेशम शर्माले बताए । ऐतिहासिक,पुरातात्विक र धार्मिक महत्व बोकेको उतm स्थानमा विकासका लागि थप गुरुयोजना बनाई काम गर्ने नगरपालिकाले सोच बनाएको छ, उनले भने, तर पहिला पुरातात्विक खोज हुन आवश्यक छ । गत चैत्र महिनामै लुम्...
सुनवलमा डेढ करोड बढि लगानीमा पशु सेवा केन्द्रको भवन
समाचार, सुनवल नगरपालिका

सुनवलमा डेढ करोड बढि लगानीमा पशु सेवा केन्द्रको भवन

जिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार कुषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले डेढ करोड बढि लगानीमा सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण गरिएको हो । पशु चिकित्सकको आवास सहितको अन्य आवश्यक पुर्वाधार सुनवल नगरपालिका वार्ड नं.२ मा निर्माण भएको सोही वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवले जानकारी गराए । उनका अनुसार यो भवन सुविधासम्पन्न भवन बनेको छ । तर अहिलेसम्म नगरपालिकाले सेवा सुचारु गर्न सकेको छैन् । यसबारे नगरपालिकाको पशु सेवा शाखामा कुरा भई रहेको उनले बताए । कुल १ करोड ५१ लाख ३ हजार २ सय ४८ रुपिया लागतमा २०७७ साल चैत्र १० गते सम्झौता भई २०७८ कातिक ६ गतेसम्ममा निर्माण सम्पन्न गर्ने म्याद रहेको थियो । भवनको निर्माण कार्य सम्पन्न भएको तर सो भवन अहिले निर्माण कम्पानीले हस्तानान...
सुनवल स्थित तरगौली तालक्षेत्रलाई प्राचिन उत्तरक नगर घोषणा
समाचार, सुनवल नगरपालिका

सुनवल स्थित तरगौली तालक्षेत्रलाई प्राचिन उत्तरक नगर घोषणा

नवलपरासी,२३ चैत्रजिल्लाको सुनवल ७ स्थित प्राचिन तरगौली ताल क्षेत्रलाई प्राचिन उत्तरक नगर भएको घोषणा भएको छ । सुनवल नगरपालिकाले र्एक घोषणा समारोह र भिच्छुलाई भोजनदान गरि सो क्षेत्रलाई प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन उत्तरक नगर घोषणा गरेको हो ।नगरपालिकाको आयोजना तथा कोलिय मिडिया एण्ड आईटीको समन्वयमा लुम्बिनी प्रदेश सरकारका पुर्व अर्थ तथा योजना मन्त्री बैजनाथ चौधरीले घोषणा गरेका थिए । जिल्लामा धेरै स्थान बौद्धकालिन स्थलहरु भएको र त्यसको खोज अनुसंधान नहुदा आझेलमा परेको भन्दै अहिले यो भगवान बुद्ध आफै आएको यो प्राचिन नगर पुरातात्विक महत्व बोकेको स्थान बताए । प्राचिन नामले यो स्थानको घोषणा भएको छ, उनले भने, अगामी दिनमा यसको पुरातात्विक खोज गर्दै विकास गर्ने र बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्दै लैजानु पर्छ । यसका लागि प्रदेश सरकारले पनि काम गर्ने बताएका थिए । कोलिय गणराज्यको राजधानी पण्ड...