Health Advertisement

विद्यालयको बातावरण र शैक्षिक गुणस्तर सुधारमा काम गर्दैछ महिला नेतृत्व

नवलपरासी,१५ भदौ
दक्षिण भारतको फिल्म ‘मेडम गितारानी’ नामक मुभि धेरैले हेर्नु भएको होला,जस्मा गितारानी एक सैनिक लेफ्टीनेन्ट पद छाडेर गाँउको विद्यालय सुधार अभियानमा लागेकी हुन्छिन् । लामो संघर्ष पश्चात सरकारी विद्यालयको पठन पाठनमा सुधार ल्याएर देखाउछिन् । त्यो एउटा फिल्म मात्र भए को भए पनि फिल्मकी पात्र जस्तै पदचाप पच्छयाउदै नवलपरासीको सुनवल नगरपालिका ४ स्थित रमवापुर माविमा एक शिक्षिका अग्रसर भएकी छिन् । उनी हुन रमवापुर माविको प्राथमिक तहकी संयोजककी जिम्मेवारी पाएकी किम्मी श्री श्रेष्ठ ।

Health Advertisement

भारतिय सैनिक (एसएसबी बटालियन)मा दुई बर्ष काम गरेर श्रेष्ठ अहिले शिक्षिका पेशा अपनाएकी छिन् । विद्यालयले पनि उनलाई प्राथमिक तहको नेतृत्व गर्न जिम्मेवारी दिएको छ । उनी आफ्नो जिम्मेवारी बहन गर्दै विद्यालयका बालबालिकामा विभिन्न अभियान मुखी कार्य गर्दै अगाडी बढिरहेकी छिन् । शिशु कक्षा देखी ५ कक्षासम्म अध्ययन हुने उतm विद्यालयको बाहिरी वातावरण पनि एउटा हराभार उद्धान जस्तै छ । कक्षा कोठा पुर्ण बालमैत्रीमा अभ्यासरत छ । १६ शिक्षक र शिक्षिकाको नेतृत्व गर्दै आएकी किम्मीश्री श्रेष्ठको हातमा सिटी हुन्छ । आवश्यक परेको बेला सिटी फुकि हाल्छिन् । सिटी फुक्ने वित्तिकै संयोजक अर्थात प्राथमिक प्रिन्सिपलको हो भनेर अन्य शिक्षक कर्मचारी र विद्यार्थी बुझि हाल्छन् । फुर्तिलो,हरेक कार्य आफै कृयाशिल भएर गर्ने गर्दै गरेको भेटिन्छन् ।

विद्यालयमा शिक्षक विद्यार्थी पोशाक,अग्रेजी भाषामै निरन्तर सम्वाद हुन्छ,उनको । अग्रेजी माध्यममा पठनपाठन हुने उतm विद्यालयको कक्षा कोठामा मात्रै नभई बाहिर हिलडुल,कुराकानीसम्म पनि अंग्रेजीमै हुने गरेको छ । विद्यालयमा सैनिक पेशाको जागिरबारे उनले प्रतिकृया दिदै भनिन्,आफुले तालिम लिए पछि यस्तै बसै बालबालिकाले सैन्य तालिम र अध्ययन र ब्यवहारिक विकासले मात्र देशमा अनुशासित नागरिकको विकास गर्न सक्छ,भन्ने लाग्यो,त्यसबारे अरु कसलाई भन्ने ? पहिला आफैबाट शुरु गरौ भनेर लागेर सैनिकको जागिर छाडेर शिक्षण पेशामा लागेको उनले सुनाईन् । एउटा सरकारी विद्यालय पनि निजी विद्यालय भन्दा बढि प्रभावकारी बनाउन सकिन्छ,तर त्यसको लागि लगतशिलता आवश्यक छ, परिवर्तन गर्न त केही चुनौती छ,नै तर असम्भव पनि छैन्, प्रिन्सिपल किम्मीश्री श्रेष्ठ भन्छिन्,एक प्रिन्सिपल जब आफै दुगुर्न थाल्छ,तब अन्य शिक्षक पनि हिडन बाध्य हुन्छन् । शिक्षा र अर्तिले केही हुनेवाला देखिददैन् ,त्यसको लागि संकल्प र निरन्तरको अभ्यास आवश्यक छ ।

राम्रा किन राम्रा हुन्छन् ? भन्ने कुरा मनमा पहिला लाग्थ्यो,तर अहिले गरेर मात्र राम्रा राम्रा भएका हुन् भन्ने उनले अनुभव सुनाउछिन् । रमवापुर मावि कक्षा १२ सम्म पठनपाठन हुन्छ,तर प्राथमिक तहलाई छुट्टै ब्लकमा राखिएको छ । त्यहाँको वातावरण नै पुर्ण बालमैत्री सिकाईमा आधारित छ । उनका अनुसार अभिभावकबाट न्युनतम अािर्थक सहयोग लिदै आएको छ । सरकारी स्रोत कम हुदा विद्यालयमै लगानी गर्नु पर्ने कारणले आर्थिक सहयोग उठाउन परेको हो । अन्यले शुल्क भनेको भए पनि विद्यालयले त्यसलाई सहयोगको रुपमा लिएको छ । विद्यालयमा अध्यापन गर्ने सबै शिक्षकका छोराछोरी सोही विद्यालयमा अध्ययनरत छन् । हरेक शुक्रवारको अतिरितm कृयाकलाप,खेल्ने प्रयाप्त खेल समाग्रि,हरेक कार्यक्रममा उपलब्ध गराईने प्रमाणपत्र,नेतृत्वका लागि विभिन्न समुहगत क्याप्टेनको जिम्मेवारीले पनि विद्यालयमा बालबालिकालाई आकर्षित गर्ने गरेको छ । विद्यालयमा सबै शिक्षक विच आत्मियता र टिमवर्कले यस्तो बनाएकोमा उनी गौरव गर्छिन्, आफ्नै देशमा बालबालिकामा सेवा गर्न पाएको छु,देशको सेवा भन्दा बालबालिकाको सेवा त्यसमा पनि स साना कलिला बालबालिकामा रमाउनुको आनन्द नै आर्कै छ । विद्यालयका बसै कक्षामा प्रायःसेक्सनछुट्टिएका छन् । सबै शिक्षकको हात हातमा पाठ योजना हुन्छ । ३० भन्दा बढि बालबालिका कुनै कक्षामा छैनन् । यसले परिवारिक वातावरणमा सिकाई सजिलो भएको छ ।
विद्यालयमै खाजा पकाईन्छ,त्यो पनि बालबालिकाकै रोजाईमा,उनी भन्छिन्,स साना बालबालिकालाई त दुई पटक खाजा खुवाउने गरिएको छ । अहिले विद्यालयमा बोर्डिगँको भन्दा राम्रो वातावरणमा पठनपाठन हुन थाले पछि छिमेकी रामग्राम नगरपालिका र रुपन्देहीको देवदह नगरपालिकासम्मका अभिभावकले आफ्ना बालबालिका पठाउने गरेका छन् । विद्यालयको वातावरण र शिक्षक प्रिन्सिपलको ब्यवहार राम्रो भएको सन्तुष्टि ब्यतm गर्दै आफ्ना विद्यालयमा बालबालिका लिन आएकी स्थानिय अभिभावक मनसरी कामु मगरले सुनाईन् । एउटा छोरा दुई कक्षा र छोरी मन्टेश्वरीमा अध्ययन गर्ने गरेको उनको भनाई थियो । ३ छोरा सोही विद्यालयमा पढने गरेको संगै आएकी आर्की अभिभावक पुनम देवकोटाले भनिन्,पहिला लुम्बिनी आवासिय विद्यालयमा पढ्ने गरेका थिए,अहिले यहिँ राम्रो पढाई हुन थाल्यो,त्यो भएर यसै विद्यालयमा भर्ना गरेकी हुँ ।
देवकोटाले भनिन्,देवर समेत यसै विद्यालयमा शिक्षण गर्ने गरेका छन् । देवरले नै यहिँ विद्यालयमा भर्ना गर्दा ठिक छ,भने पछि भर्ना गराएको बताईन् । विगत भन्दा अहिले विद्यालयको प्राथमिक तहमा बालबालिकाको आकर्षण बढदै गएको विद्यालयका शिक्षकहरुले बताए । प्राथमिक तहमा मात्रै अहिले ३ सय ९६ जना बालबालिका अध्ययनरत छन् । मावि तहको सबै गर्दा १ हजार १ सय भन्दा बढि विद्यार्थी अध्ययन गर्ने गरेको सुनवलको एक अब्बल विद्यालय मध्येको एक हो रमवापुर मावि । महिलाकै नेतृत्वमा शिक्षण सस्थाहरु सञ्चालन भएको सम्भवतःजिल्लाकै पहिलो नगरपालिका होला ।
नगरप्रमुख विमला अर्यालको नेतृत्व नगरपालिका नै महिला नेतृत्वमा छ, यसले पनि महिला नेतृत्वको हौसला बढ्ने गरेको छ । नगरपालिका भित्रका कुल ३२ वटा सामुदायिक विद्यालय मध्ये ८ वटा जया प्राविमा विष्नु उप्रेती,अरनिको प्राविमा रिता गैरे,महलपोखरी प्राविमा यानिसरा ढेगाँ,जनज्योती प्राविमा राधिका अर्याल,बाल्मिकी प्राविमा सिता घिमिरे,चन्द्रोदय प्राविमा धममाया काफ्ले,निसानीदेवी प्राविमा बालकुमारी कुमाल र पञ्चरत्नप्राविमा विमला कुवँरको प्रिन्सिपलको नेतृत्व छ । इण्डियन फिल्मकी गितारानी जस्तै विद्यालय सुधार गरेर लगियो भन्ने शिक्षा क्षेत्रको अग्रणी पालिका हुनेमा नगरप्रमुख अर्यालको दाबी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *