कामको ‘गेयर’ बदल्नुस्ः प्रमुख प्रशासकिय अधिकृत

नवलपरासी,१६ भदौ
जिल्लाको सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भतिmराम मरासनीले नगरपालिकाका कर्मचारीलाई कामको गेयर बदल्न(काम गतिशिल बनाउन) निर्देशन दिएक छन् । हालै सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत मरासनीले काम गति अति नै कम भएको जनाउदै नगरपालिकाका कर्मचारीलाई कामको गति बढाउने गेयर बदल्ने निर्देशन गरेका हुन् ।
विहिवार उनले लेखा शाखाका कर्मचारीलाई लक्षित गरि के कस्तो काम भएको छ ? के कारणले कतिशिलता बढिरहेको छैन ? भन्ने चाँसो ब्यतm गर्दै कामको गेयर बदल्नु पर्ने बताएका थिए । कार्यकक्षमा उपस्थित लेखा सहायक भए पनि उनको भाव लेखा शाखा हुद्रै नगरपालिकाका सबै कर्मचारी माथि नै लक्षित थियो । यस्तो कामले देवता र पितृले समेत राम्रो मान्दैनन्,उनले भने,बसेर मात्रै खानु हुदैन् । लेखाका खाताहरु सञ्चालनमा आएका कि आएन भनेर उनी सोधका थिए । कामको प्रगति नै लेखाले मापन हुने हुदा लेखाबाट उनले खाताका कुरा उठाएका थिए । हुन पनि किन नहुनु नगरपालिकामै विगतका काम गरेको फाईल हराएको भन्दै लेखा शाखाका कर्मचारीले नगरप्रमुखको कक्षमा पाठएका थिए । नगरप्रमुखकी स्वकिय सचिव दराजका सबै फाइल खोजेर हेरिन तर भेटाईन् । हराएको फाईल यहाँ छैन्,उनले भन्दै उनले उतै खोज्न प्रतिकृया दिएकी थिईन् । आफु एक साताका लागि सोही फाईलको खोजीमा नगरपालिका धाउदै आएको सेवाग्राहीले बताएका थिए ।
नगरप्रमुख विमला अर्यालको निजी सचिवालयका प्रतिनिधि समेत रहेका नगरपालिकाका प्राविधिक रेशम शर्माले तपाईको फाईल नगर प्रमुखको सचिवालयमा भेटिएन,्भए उतै लेखा शाखामै हुनु पर्ने उनको भनाई थियो । समान्य कामका लागि हप्तौ नगरपालिका धाउनु पर्ने कुरा दुःखद भएको उनको भनाई थियो । यसबारे आफुले लेखा शाखामा जानकारी गराई सकिएको बताउदै उनले भए उतैबाट हुने प्रतिकृया दिएका थिए । लेखा शाखा मात्रै होईन नगरपालिकाका अधिकाँश शाखाहरुमा अहिले कामका गतिविधि भएका छैनन् । यसले पनि कर्मचारीको मनोवृतिलाई देखाउछ । कर्मचारीमा काम गर्ने उत्साह बढाउन आवश्यक छ, प्रमुख प्रशासकिय अधिकृत मरासीले भने,अहिले सेतो सर्ट लगाउने सरकारी कर्मचारी लुटिखाने भ्रष्ट हुन भन्ने कुरालाई काम गरेर चिर्नु पर्छ । कर्मचारी नेता र नागरिक समाज दुबैको विचमा छन् । सन्तुलन मिलाएर काम गर्नु पर्छ ।
कर्मचारीको अवस्था पनि दयनिय नै छ,उनले थपे , यदि सडकमा सेतो सर्ट लगाउने कोही लड्यो भने उठाउने मान्छे भेटिदैनन्,कर्मचारी होला भनेर तर्केर हिड्ने अवस्था छ । यसले कर्मचारी प्रति नकारात्मक छाप हो । कर्मचारी कर्तब्यनिष्ट हुनु पर्नेमा उनले जोड दिएका थिए । काम गर्ने र प्रचार पनि गर्नु पर्ने आवश्यकता छ । उनले अहिले नगरपालिकाको काम गर्ने शैलि अति नै सुष्त भएको अनुभव गरेका छन् । त्यही भएर उनको मर्म स्पर्धी भनाई थियो,कि कर्मचारीले कामको गेयर बदल्नुस । देवता र पितृले पनि यस्तो काम गराईलाई माफ गर्दैनन् । नयाँ आर्थिक बर्षको डेढ महिना विति सक्यो तर काम गर्ने योजनाको किताब(रातो किताब) अहिलेसम्म छापिएर आई पुगेका छैनन् । यसरी योजना बेलामै कसरी सक्ने होला भन्नेमा उनले चिन्ता ब्यतm गरेका थिए । नियमित हुने काम त भई रहन्छ नै तर जनताका लागि गरिने विकास निर्माण सेवा सुविधाका कार्यलाई पनि छिटो छरितो गर्न थालिहाल्नु पर्छ । कार्ययोजना बनाई काममा लागि हाल्नु पर्छ । बजेट र योजनाका कार्य रोकेर राख्नु पर्ने कुनै औचित्य नै नभएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *