परासी बजार सफाई गराउदौ वडाध्यक्षद्वय यादव न्यौपाने
परासी, २९ श्रावण । जिल्लाको सदरमुकाम परासी बजारको सरसफाईमा रामग्राम नगरपालिका भिडेको छ । परासी बजारका सडक तथा सार्वजनिक स्थलहरुको सरसफाईका लागि पालिकाका जन प्रतिनिधि तथा कर्मचारीहरु आफै उपस्थित भई सफाई कार्य गराई रहेका छन् । आज रामग्राम नगरपालिका वडा ५ झरही खोलादेखि जिल्ला प्रहरी कार्यालय सम्मको मुल सडकमा फालिएको फोहोर मैला, ढुङ्गा, गिट्टिबालुवा लगायतका फोहोरहरु पालिकाको फोहोर फ्याक्ने टयाक्टरमा लोड गरि डम्पिङ्ग साईटमा बिर्जन गरिएको वडा ५ का अध्यक्ष रामबृक्ष यादवले जानकारी दिनु भयो ।
बजारको मुख्य सडमा फालिएका प्लास्टिक लगायतका फोहोरले सडक फोहोर देखिनु र सडकको छेउछाउमा छितिरबिरि रहेको स–साना ढुङ्गागिट्टिले दुर्घटनाको जोखिम बढने सम्भावना देखिएकाले ति विकार वस्तुहरुलाई सफाई गरिएको वडा अध्यक्ष यादवले बताउनु भयो ।वडा ५ को मुख्य सडक सफाई पछि वडा नम्बर ३ को क्षेत्रमा पनि सफाई गरिएको वडा ३ ...










