भत्किएको हुलाकी राजमार्गको पुल नबन्दा दुर्घटनाको जोखिम

हुलाकी राजमार्ग अन्तरगत रामग्राम ८ बैकुण्ठापुर स्थित भत्किएको पुल हालसम्म मर्मत सम्भार नहुदा दुर्घटनाको जोखिम बढेको छ । हुलाकी राजमार्गमा पर्ने पुरानो पुल गत बर्ष नै भत्किएको भए पनि ठेकेदारले सो पुल मर्मत सम्भार वा पुर्ननिर्माण नगर्दा दुर्घटना जोखम देखिएको हो ।
विगत पाँच बर्ष देखी हुलाकी राजमार्ग निर्माण कार्य भईरहेको छ । तर सम्बन्धित ठेकेदारले बेलामा त्यसै पुलबाट काम चल्ने भन्दै वेवास्ता गदा पुलको यस्तो अवस्था भएको सम्बन्धित वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले जानकारी गराए । राजमार्गको निर्माणक्रममा नै आफुहरुले ठेकेदार र सम्बन्धित प्राविधिकसँग नयाँ पुल निर्माण गर्नु पर्छ भनि माग गरेका थियौ,उनले भने, तर प्राविधिक र ठेकेदार दुबैले वेवास्ता गरे अहिले त्यो पुल बिचमै भत्एिको छ ।
पुल भत्किएकै बर्ष दिन हुन लाग्यो तर बनाउने कार्य भएको छैन् । स्थानियले भन्दा भन्दै प्राविधिक र ठेकेदारले अटेरी गरे,उनले थपे,तर अहिले योजना सम्पन्न हुनै लागेको बर्ष अन्ततःपुल भत्किएको छ । अहिले ठेकेदारले छेउबाट डाइभर्सन त बनाएको छ,तर गतिलो डाईभर्सन नहुदा मोटरसाईलक चलाउने त्यहीपुल भएर जाने गरेका छन् । यसले दुर्घटना हुन सक्ने खत्तरा छ । ठेकेदारले डाईभर्सन राम्रोसंग बनाई दिनका लागि भनिएको छ,तर सुनुवाई नभएको उनले गुनासो गरे र
हुलाकी सडकको भत्किएको पुल जोखिमयुतm भएको जिल्ला समन्वय समिति (जिसस)का प्रमुख भगौती यादवले बताए । त्यसको लागि आफुले सडक बिभागका प्राविधिकलाई पुलको विकल्प डाईभर्सन राम्ररी बनाई दिनका लागि भनेको बताए । डाईभर्सनका लागि आवश्यक समाग्रिको प्रवन्ध मिलाउन जिसस पहल गर्न सक्छ,तर प्राविधिकहरुले सम्बन्धित ठेकेदारलाई काम गर्न त लगाउन पुर्यो । जहाँ तही ठेकेदारहरुले काम गर्ने र विभिन्न बहानाबाजी गर्दै काम अलपत्र छाड्ने पद्यती बढर्दै गएको उनले सुनाए । जिससको तर्फबाट पटक पटक सरोकारवालासँग सम्पर्क गरि काम गराउन लागिएको उनले दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *