नवलपरासीका केरा कृषकको केराबालीमा ‘ब्लेक सिगाटोगा’ नामक ढुसीजन्य रोग देखियो

नवलपरासी,२५ साउन
प्राय केराबालीमा लाग्ने रोगको ढुसी विगतमा भारतमा देखा परेको ‘ब्लेक सिगाटोगा’ नामक ढुसी नेपालमा समेत देखा परेको छ । जिल्लाको नवलपरासीको पुर्वि क्षेत्रमा हुने गरेको केराबालीमा यस्को प्रभाव देखिन थाले पछि सो रोगको परिक्षण गर्दा ब्लेक सिगाटोका नामक ढुसी फेला परेको हो ।
गत बर्ष पनि सोही ढुसीले केरामा रोग लागे पछि कृषि अनुसंधान परिषद(नार्क)का बैज्ञानिकहरुले सो रोगबारे अनुसंधान गरेर ब्लेक सिगाटोगा नामक ढुसीको पहिचान भएको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख शिव प्रसाद अर्यालले जानकारी गराए । यो बर्ष पनि सोही ढुसीले केराबालीमा रोग लागेर क्षति पुर्याएको सुचना पाए पछि ज्ञानकेन्द्रका प्राविधिक सहित अर्याल स्थलगत रुपमा पुगेका थिए । अघिल्लो बर्ष जे लक्षण केरा बालीमा देखिएको थियो, त्यही लक्षण अहिले पनि देखियो, प्रमुख अर्यालले भने, तर यो प्रकारको ढुसी चाडै धेरै क्षेत्रमा फैलिएर बालीनालीमा महमारीको रुपमा लिने खालको भने होईन् । तर जमिन मुनि यो ढुसी लामो समयसम्म हुने हुदा मौषम अनुकुल यसले आफ्नो प्रभाव देखाउने गरेको केही भारतिय अनुसंधान संस्थाहरुको प्रतिवेदनमा उल्लेख भएको पाईन्छ । तर घाम नलाग्ने खेतमा लामो सयमसम्म यसको अवशेष रहन सक्छ ।
रोकथामका लागि रोग देखिएको केराको पात्त वा बोट काटेर टाढा लगेर गाड्नु पर्छ । केराबारीको सफाई गर्नु पर्छ । केराबारी भित्र घाम आउने खालको वातावरण मिलाउनु पर्छ,कार्यालय प्रमुख अर्यालले भने, अहिले उपचारका लागि तत्काल ३० लिटर प्रोपिकनाजोल औषधी उपलब्ध गराइएको छ । खेतबारीमै पुगेर सो रोगको उपचारबारे कृषकलाई राखेर जानकारी गराइएको उनको भनाई थियो । केरा खेतीमा धेरै किसान लागेको भए पनि बाली लगाउने देखी स्याहार,उपचार आदीबारे ज्ञानको कमी नै छ,उनले थपे,यसका लागि अब कृषि ज्ञान केन्द्रले पनि स्थानिय तहसँग समन्वय गरि कार्यक्रम सञ्चालन गरिने छ । जिल्लामा उखु पछि केरा दोश्रो नगदेबालीको रुपमा विकास भई रहेको छ । त्यो भएर केरा पकेट क्षेत्रमा ठूलो खालको प्रेसरयुतm स्प्रेयरको प्रर्दशनी समेत गराइएको थियो । किसानलाई समेत औषधी छर्ने तरिकाबारे अभ्यास गराईयो, यसले कृषकमा उत्साह बढाएको छ ।
नवलपरासीको पुर्वि भागमा संघिय सरकारको पनि केरा जोन क्षेत्र घोषणा भई काम गर्दै आएको छ । प्रदेश सरकारको पनि केरा पकेट क्षेत्र छ । तर अहिले रोगको प्रभाव देखिएको जोन क्षेत्रमा हो, उनले भने, यसमा संघिय सरकारले पनि उत्तिकै ध्यान पुर्याउनु पर्छ । नार्कको अन्तिम प्रतिवेदनमा पनि संयुतm फन्जाई(ढुसीजन्य) रोग भएको कुरा उल्लेख भएर आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार नवलपरासीमा अहिले २ हजार ८ सय हेक्टरमा केरा खेती हुने गरेको छ । केराबालीलाई ब्यवसायिक नगदेबालीको रुपमा विकास गर्नका लागि स्थानिय,प्रदेश र संघ सरकार तिनै तहले एकिकृत रुपमा कार्यक्रम सञ्चालन गरि काम गर्नु पर्ने उनले आवश्यकता औल्याएका थिए । उता केरामा लागेको रोगबारे किसानले गाउपालिकामा कुरा राखे पछि त्यसमाम विज्ञताका आधारमा उपचार गर्नका लागि आफुले कृषि ज्ञान केन्द्रलाई जानकारी गराइएको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए ।
सरकारी निकायले आफ्नो बजेट कार्यक्रम बाहेक निरन्तर किसानको पक्षमा काम गर्नु पर्ने आवश्यकता रहेको कृषक हक हित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष सम्भु उपाध्यायले बताएका थिए । अहिलेको प्रचालन भने सरकारले बजेट कार्यक्रम ल्याए पछि बजेट अनुसारको काम गरेर सकाउने मात्र कृषि शाखा तथा केन्द्रहरुले जिम्मेवारी ठानेका छन्,उनले भने, तर किसानलाई निरन्तर सेवाको आवश्यकता पर्छ । कृषि प्राविधिकहरु आफैमा बजेट कार्यक्रम हुन,तर त्यसबारे नत किसानले ति प्राविधिकबाट सोधपुछ गर्ने,ज्ञान जानकारी लिन खोज्छन,नत कृषि प्राविधिकहरु निरन्तर किसानको विचमा पुगेर काम नै गरेका छन् । अन्य विकासे कार्यलयले पुर्वाधार विकासको योजना जस्तै कृषि प्राविधिकले सोच्न नहुने उनको भनाई थियो । जसरी अस्पतालमा स्वास्य चिकित्सकहरु चौविसै घण्टा मानव स्वास्थ्य सेवाका लागि तैनात हुन्छ,शुरक्षाकर्मी नागरिकको सुरक्षाका लागि चौविसै घण्टा तैनाथ हुन्छ,त्यसै गरि कृषि प्राविधिकहरु पनि बाली स्वास्थ्यका लागि तम्तयार हुनु आवश्यकता देखिएको उनले जनाए । किसानले पनि कुनै पनि मलखाद्य,औषधी उपचार कृषि प्राविधिक वा विज्ञसँग लेखाएर बालीनालीमा प्रयोग गर्नु पर्ने उपाध्यायले बताए । यसका लागि मञ्चले समाजिक परिचालनका कार्य समेत गर्दै आएको जानकारी गराएका थिए ।

1 Comment

  • erectalis randalls pharmacy Magnitsky died after a year in jail during which he said he was mistreated and denied medical care in an effort to get him to confess to tax evasion and give evidence against Browder, the head of investment fund Hermitage Capital Management priligy premature ejaculation pills Targeted therapies in breast cancer New challenges to fight against resistance

Leave a Reply

Your email address will not be published. Required fields are marked *