समाजिक सुरक्षा भत्ता वार्ड र टोलटोलमै बाड्नका लागि मेयरले डाँके बैकहरुको बैठक

नवलपरासी,२० साउन
राज्यबाट समाजिक सुरक्षा भत्ता पाउनेलाई वार्ड र टोलमै रकम बुझाउने योजनाका साथ रामग्राम नगरपालिकाका मेयर धनपत यादवले सबै बैंकको बैठक डाकेका छन् । गाउ गाउबाट समाजिक सुरक्षा भत्ता बुझ्न सदरमुकाम धाउदै आएका जेष्टनागरिकहरुको समस्यालाई सम्बोधन गर्न बैंकहरु वार्डमै पुगेर भत्ता बाड्ने प्रकृयाको थालनी गर्ने गरि उतm बैठक डाकेका हुन् ।


समाजिक शुरक्षा भत्ता सबै बैकिँक प्रणालीमा मार्फत भुतmानी हुने र बैकहरु सबै सदरमुकाम परासी बजारमा रहेको हुदा जेष्ठनागरिक,अशतm,अपाँग,विधवा,दलित,लोपोन्मुख लगायतका बर्गलाई रकम बुझ्न निकै समस्या झेल्नु पर्ने भएकोले बैठक बोलाईको मेयर यायदले बताए । बैकमा चेक साट्नका लागि विहानै वृद्धवृद्धा बैंक अगाडी घामपानीमा बस्ने गरेको देखियो,उनले भने,राज्यले सम्मान वापत दिइने रकम बुझ्ने प्रकृयामा अपमानित र सास्ती भोग्नु पर्ने अवस्था पाइयो । त्यही भएर बैंकहरुले के कसरी ? वार्ड र टोलमा गएर भत्ता वापतको रकम बुझाउन सक्छन भनेर बैठक बोलाईयो । सबै बैंकहरुका प्रमुख र प्रतिनिधि सकारात्मक देखिएका छन् । तर उनीहरुले गाउमा पुग्न समस्या भनेर तेर्साएका थिए ।
उनीहरुले ठोस निर्णय लिनका लागि बैंकका केन्द्रिय कार्यालयमा पत्राचार गर्न आग्रह गरेका छन्, मेयर यादवले भने, नगरपालिकाले पत्राचार पनि गर्छ । वार्डमा आवश्यक शुरक्षा ब्यवस्था र सुचनाप्रविधिको ब्यवस्थापन पनि गर्छ,तर बैंकहरुले आउदो त्रैमासिकको भत्ता वार्डबाटै बाड्नु पर्छ भनेर लागेका छौ । उनले सिसिटिभि जडान नभएका वार्डमा तत्काल सिसिटिभी जडान गर्न र इन्टरनेटको सजहता बनाउन नगर प्रशासनलाई निर्देशन समेत दिएको जानकारी गराउद भेन, समाजिक सुरक्षा भत्ता सके टोलसम्म पुर्याइदिए हाम्रो चाहना हो, नभए वार्ड कार्यालयमा पुगेर बाड्नै पर्छ । नगरपालिकाको यो योजना हो । वार्डमा गएर रकम नबाड्ने बैंकबाट हामी खाता सार्न लगाइदिन्छै । बाडे्ने बैंकलाई नै जिम्मेवारी दिन सक्ने उनले बताए । आफ्नो बैंकमा खाता खोल्न लगाईदिनुस वार्ड र टोलमै गएर भत्ता रकम बुझाईदिने कतिपय बैंकले म्यासेज समेत गरेको उनले देखाए । चुनावी घोषणापत्रमा समेत मेयर यादवले समाजिक शुरक्षा भत्ता वार्ड र टोलमै पुर्याउन ब्यवस्था मिलाउने उल्लेख गरेका थिए । अहिले घोषणापत्रमा उल्लेखित कार्य आफ्नो कार्यकालमा पुरा गर्ने गरि योजना कार्याक्रम गरिदै आएको उनले दाबी गरेका थिए ।
जेष्ठनागरिकको रकम आ आफ्नो बैंक मार्फत बुझाउन खाताका लागि पहिला नगरपालिका धाउने खाता खोले पछि जेष्ठनागरिकले रकम लिन दुःख पाउने समस्या प्रति गम्भिर नभईदिने बैंक प्रति नगरपालिका उद्धार हुन सक्नदैन्,मेयर यादवले थपे , काम गर्ने बैंकलाई काम दिन्छौ,नगर्नेलाई हामी सम्झौता गर्दैनौ । जेष्ठनागरिकलाई सर्बोत्तम सेवा दिनु हाम्रो लक्ष्य हो । नगरपालिकाले समाजिक शुरक्षा वापतको रकम त्रैमासिक रुपमा प्रत्येक त्रैमासिक ४ करोड ६१ लाख ३८ हजार ४ सय ५६ रुपियाको हिसाबले रकम बैंकहरुलाई छोड्ने गरेको छ । यसरी बार्षिक १८ करोड ४५ लाख ५३ हजार ८ सय २४ रुपिया हुन्छ । बैठक प्रमुख प्रशासकिय अधिकृत मान बहादुर थापाको अध्यक्षता र मेयर यादवको प्रमुख आथित्यतामा बसेको थियो ।
यतिको रकम चलाउदा पनि बैंकहरुले सेवा दिन आनाकानी गर्न हुदैन । रामग्राम नगरपालिकामा ७० बर्ष माथिका जेष्ठनागरिक २ हजार २ सय २४ जना रहेका छन् । त्यसैगरि दलित जेष्ठनागरिक ४ सय ८९ जना, एकल महिला जेष्ठनागरिक ५ सय १७ जना,विधवा आर्थिक सहायता पाउने ७ सय ४९ जना,पुर्ण अपाँगता क बर्गमा पर्ने २ सय २९ जना,अति अशतm अपाँगता ख बर्ग का २ सय ७८ जना,दलित बालबालिका ६ सय ६७ जना र लोपोन्मुख जनजाती १ सय ४३ गरि कुल ५ हजार १ सय ६८ जनाले समाजिक सुरक्षा भत्ता पाउदै आएका छन् । ११ वटा बिकास तथा बाणिज्य बैंकहरु मार्फत समाजिक सुरक्षा वितरण हुदै आएको रामग्राम नगरपालिकाममा १८ वडा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *