नवलपरासी,४ भदौ
जिल्ला सदरमुकाम परासीमा निर्माणाधिन बसपार्क सञ्चालनमा नआउदै पर्खाल भत्किएर क्षतिग्रष्त भएको छ । प्राविधिक कमजोरी र ठेकेदारको लापर्वाहीले रामग्राम ४ केरवानी स्थित उतm बसपार्कको उत्तर पुर्वको पर्खाल भत्किएको हो ।
खोला किनारमा रहेको उतm बसपार्क अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन् । विगत तिन बर्ष देखी उतm बसपार्क निर्माणाधिन छ । बजार देखी किनारमा बन्दै गरेको उतm बसपार्कको निर्माण गर्दा कमसल समाग्रिको प्रयोगले भत्किएको हो,कि प्राविधिक डिजाईनको कमजोरीले भत्किएको त्यसबारे खोज अनुसंधान हुनु पर्ने माग स्थानिय समाजसेवी रामभवन यादवले गरे । रामग्राम नगरपालिकाका तत्कालिन र हालका दुबै मेयरहरु बसपार्कमा जाने तस्विर खिचाउने तर यस्तो भत्किएको अवस्था किन देखाउन चाहेनन ? यादवले भने, सबै जना मिलिभगत छन् । तत्कालिन मेयरले स्थान छनौट गर्दा उचित स्थानमा बसपार्क नभएको पनि सो स्थानमा बसपार्क बनाउने सहमति दिए । खोला किनारमा खोलाकै माटो पुरेर बसपार्क निर्माण गर्न थालियो । अहिले सो खोला किनारको उतm जमिन भासिएर पर्खाल भत्किन थालेको छ । निगरानी कसैले गरेका छैनन् ।
करोडौको लागनीमा निर्माण भईरहेको उतm बसपार्क निर्माण गर्दा पर्खाल मात्रै नभई र्यालिगँ समेत खिया लागेर भाचिन थालेको छ,उनले थपे, उचित जलनिकास नबनाई बसपार्क निर्माण भएका कारण विचमा पानी जम्न थालेको छ,यसले बसपार्कमा गरिने पिच केही महिनामै भत्किने अवस्था देखिन थालेको छ । यस्तो लापर्वाहीपुर्ण कार्य गर्ने निर्माण कम्पनी र प्राविधिकलाई समेत कारवाहीको दायरामा ल्याउनु पर्ने माग समेत उनले गरेका थिए । नगरपालिकाको समेत यसमा मिलोमतो हुन सक्ने दाबी यादवको थियो । बसपार्कको काम दुई चरणमा भएको सम्बन्धित वार्डका वार्डअध्यक्ष मदन यादवले बताए । उनका अनुसार पहिलो चरणको काममा कुन फर्मबाट भएको थाहा नभए पनि खोलाबाट माटो झिकेर पुर्ने कार्य स्थानिय ठेकेदार उमेश जैसवालले गराएका थिए,भन्ने पर्खाल बनाउने काम अनिल धोबी भन्ने ब्यतिmले बनाएका थिए । हाल दोश्रो चरणको काम समिर कन्ट्रक्सनले काम गराउदै आएको छ । नेपाल सरकारको शहरी बिकास तथा भवन निर्माण कार्यालय चितवनले पाँच करोडको ठेक्का लगाए पनि घटेर समिर कन्ट्रक्सनले ३ करोड १९ लाख ९१ हजार २ सय ७५ (भ्याट सहित) मा ठेक्का सकार गरेको थियो ।
पहिलो चरण ५० लाखमा ठेक्का गएको अध्यक्ष यादवले बताएका थिए । खोला किनारमा बलौटे जमिन त्यसमा पनि खोलाकै भष्कट हालेर पुरिएको जमिनमा गरिएको कन्ट्रक्सन त्यसै कमजोर हुने र भत्किने जोखिम थियो । तर पनि त्यसको वेवास्ता गर्दै कार्यालयका कर्मचारीले त्यही स्थानमा बसपार्क बनाउने स्थान छनौट गरेका थिए । प्राविधिकलाई आफ्नो जागिर पचाउने र ठेकेदारलाई जसरी पनि ठेक्का पारेर पैसो बचाउने दाँउ मात्र हुदो रहेछ,समाजसेवी यादवले भने, त्यसैको परिणाम हो,जनताको करबाट बन्ने पुर्वाधार विकास उपयोगमा नआउदै भत्किदै जाने गरेको छ ।
त्यसमा सस्तो लोकप्रियता देखाउने जनप्रतिनिधिहरुलाई बसपार्क आफ्नो कार्यकालमा बनाउने नाँउमा तस्विर खिचाउने र प्रचार गर्ने बानी छदैछ ,त्यसमा पनि थोरै धेरै कमिसन पनि आई नै हाल्छ, किन चाहियो गुणस्तरको काम ? उनले भने, तर यि कर्मचारीले पाउने तलब सुविधा,पदाधिकारीले पाउने कमिसन र ठेकेदारले कमाउने नाफामा जनताको कर तिर्ने कुरा कहिलै महशुस गर्दैन्,उनले भने, करको भारले बजारमा महगी ब्याप्त छ,तर यि तिनै थरीका बेइमानहरुलाई पैसै कमाउने धुन छ । सबै मिले पछि कस्को के लाग्छ ? स्थानिय प्रशासन पनि यसमा मौन नै छ,जिल्ला समन्वय समिति यस्ता घटना देखी बेखबर नै रहन चाहन्छ । शहरी विकास तथा भवन निर्माण कार्यालय चितवनले स्थानिय स्तरमा खाएका ओभरसियर विरेन्द्र मण्डलसँग यसबारे सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।