नवलपरासी,२४ आश्विन
जिल्लाको रामग्राम नगरपालिकाकै विग स्कुल भनेर चिनिएको जिल्ला सदरमुकाम परासीको पवन मावि परिसर अहिले ब्यतिmको सौचालयका पानीले दुर्गन्धित भए पनि नगरपालिकाले रोक्न चाँसो देखाएको छैन् । विद्यालयको जग्गा अतिक्रमण गरि बनाईएको सौचालयको पानी विद्यालय परिसरमै बगाउने गरेको र त्यसलाई रोक्नका लागि वार्ड कार्यालय मार्फत नगरपालिकालाई जानकारी गराइएको भए पनि नगरपालिकाबाट खासै चाँसो नदेखाइएको विद्यालय ब्यवस्थापनको गुनासो गरेको हो ।
सौचालयको पानी विद्यालय परिसरमै आउने गरेको देखाउदै विद्यालय ब्यवस्थान समितिका सदस्य जयराम गुप्ताले यसबारे वार्ड कार्यालयलाई जानकारी गराइएको तर सुनुवाई नभएको बताए । स्थानिय दिनेश उपाध्यायले विद्यालयको जग्गा अतिक्रमण गरि त्यही सौचालय बनाएका छन्, उनले उतm सौचालय देखाउदै भने,यसको प्रदुषित पानी पनि विद्यालय परिसरमै बग्ने गरेको छ । यसले गर्दा विद्यालयको वातावरण नै प्रदुषित बनेको उनले गुनासो गरे । यसबारे नगरपालिकाको वार्ड नं.२ को कर्याालय र नगरपालिकालाई पनि जानकारी गराइएको हो । तर अहिलेसम्म नगरपालिका र वार्ड कार्यालयले रोक्न चाँसो देखाएको छैन् । स्वच्छ वातावरणमा बाच्न पाउनु नागरिकको मौलिक हक पनि हो,त्यसमा पनि स साना बालबालिका अध्ययन गर्ने विद्यालय दुर्गन्धित बनाउनेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने सदस्य गुप्ताले बताए ।
दुई हजार भन्दा बढि विद्यार्थी अध्ययन गर्ने पवन मावि यस क्षेत्रकै नमुना विद्यालय भए पनि अहिले त्यसै विद्यालयको वातावरण दुर्गन्धित बनाउने कार्य ब्यतिmबाट भई राख्दा नगरपालिका खोई के कारणले मौन छ ? सदस्य गुप्ताले आश्चर्य ब्यतm गर्दै भने,सडक फराकिलो बनाउने नाँउमा नगरपालिकाले तोडफोड गर्ने सफाई अभियान चलाएको देखाएर नाटकिय प्रदर्शनी गर्नेले विद्यालयको यो समस्या प्रति कुन प्रकारको दवाव र प्रभावमा परेर मौन बसको छ ? यसबारे अन्य सरोकारवालाले पनि चाँसो लिइनु पर्ने उनको भनाई थियो । कानुन हातमा लिएर ति सौचालय समितिले भत्काउने त होईन् नि उनले भने, कि त्यसै प्रकारको नगरपािलका र स्थानिय प्रशासनले आदेश दिन पर्यो । समितिले आफ्नो काम गर्न सक्षम छ । तर कानुनको पाठ पढाउने विद्यालयले कानुन हातमा लिएर तँ काम गर्न भएन्, उनले प्रश्न गरेका थिए ।
विद्यालयमा सौचालयको पानी बगेर आउने दुर्गन्धित वातावरण बन्ने गरेको कुरा विद्यालयका प्रधानाध्यापक अरबिन्द कुमार पाठकले बताए । यसले बालबालिका मात्रै नभई शिक्षक लगायत वरिपरिका वातावरण पनि प्रदुषित बनेको छ । मौखिक रुपमा हटाउन त कुरा गरिएकोछ,तर सम्बन्धित ब्यतिmबाट वेवास्ता गरिदै आएको छ । नगरपालिका प्रशासनबाट पनि चाँसो लिएर अतिक्रमण खाली गराउनु पर्ने भए पनि चाँसो लिएको पाइएको छैन् । यसबारे सो वार्डका वार्डअध्यक्ष निरज रौनियारले यसबारे नगरपालिकामा जानकारी गराइएको प्रतिकृया दिदै छिट्टै यसको सुनुवाई हुने बताएका थिए ।