नवलपरासी,४ आश्विन
जिल्लाको सुनवल नगरपालिका ९ कब्रिस्तान बनकट्टी स्थित इस्लामिक पुरातात्विक र धार्मिक स्थललाई इस्लाम धर्म तिर्थ स्थलको रुपमा प्रवद्र्धन तथा धार्मिक सदभाव बलियो बनाउन सर्व धर्म एकता सम्मेलन हुने भएको छ । इस्लाम धर्म प्रवर्तक पैगम्बर मोहम्मदको जन्मजयन्तीको अवसर पारेर राष्ट्रिय एकता दिवस तथा सर्व धर्म सम्मेलन नेपाल आश्विन ६ गते शनिवार परासीमा हुने भएको जानकारी आयोजक सस्था ओल्मा काउन्सिल नेपाल र अहलेवैतले जानकारी गराएको हो ।
सम्मेलनमा हिन्दु धर्मगुरु गजेन्द्रमोक्ष धाम त्रिवेणीका करपात्री जी महाराज स्वामी कृष्ण प्रपन्नाचार्य,इस्लामिक धर्म गुरु आले रसुल हजरत सैयद असन अशरफ असरफी जिलानी साहब,बौद्ध धर्मको तर्फबाट लुम्बिनी स्थित राजकिय बुद्ध विहारका भिच्छु भन्ते सागर धम्म र इसाई धर्मबाट पास्टर सुबास ज्ञवालीले धर्म प्रवचन गर्ने छन् । त्यसै गरि उतm सम्मेलनको औपचारिक उदघाटन संघिय सँसद राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र मुस्लिम आयोगका राष्ट्रिय अध्यक्ष समिम मिया अंसारीले गर्ने छन् । यो सम्मेलनले धार्मिक सदभावलाई अझै बलियो बनाउनुका साथै सबै धर्मका तिर्थ स्थलको रुपमा पनि परिचित हुनेछ, आयोजक सस्था ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसेनले जानकारी गराए ।
सम्भवतः यस प्रकारको कार्यक्रम नेपालमा पहिलो पटक हुन गई रहेको उनको भनाई थियो । प्रत्येक बर्ष संसार भरि पैगम्बर मोहम्मदको जयन्ती मनाउने कार्य गरिन्छ,तर अहिले नेपालमा सबै धर्म गुरुहरुकै सहभागिता हुने गरि धार्मिक सम्मेलन एकै थलोमा हुन लागेको छ,उनले थपे,त्यो सँगै नेपालका प्रमुख ब्यतिmत्व राष्ट्रिय सभा अध्यक्ष तिमिल्ःिसना र मुस्लिम आयोगका अध्यक्ष समिम मियाको उपस्थितीले पनि यो एक ऐतिहासिक सम्मेलन हुनेछ । यो विशाल सम्मेलनले नेपाललाई विश्वमै धार्मिक सदभावको मुलुकको पहिचान गराउनुका साथै पैगम्बर मोहम्मदकै खान्दानका धर्मगुरुको मजार रहेको बनकट्टी मजार इस्लामिक तिर्थ स्थलको रुपमा पनि पहिचान दिईने छ । यसले नेपालमा इस्लाम धार्मिक पर्यटन क्षेत्रको पनि विकास हुने विश्वास गरिएको छ ।
केही दिन पहिला पनि सो क्षेत्रलाई इस्लाम धर्म केन्द्र बनाउनु पर्ने स्थानियले माग गर्दै आएका थिए । सोही मागलाई राष्ट्रियकरण हुने समेत यो सम्मेलनको योगदान हुनेछ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मोत्सव बाह््ररविऔअललाई भब्यताका साथ मनाउउदै गर्दा पैगम्बर मोहम्मदको ३२ औ पुस्ता पछिको इस्लामिक धर्म गुरुको मजारलाई इस्लाम धर्मको केन्द्र बन्ने विश्वास मुस्लिम समुदायले लिएका छन् ।
झण्डै एक शताब्दी पहिला देखी नै सो स्थानमा सैयद अब्दुल हमिद आएका थिए । इस्लाम धर्म शिक्षा स्थानियलाई दिने गरेका थिए । पछि उनको इन्तकाल(मृत्युं) भयो । उनको समाधि बनकट्टीमा बनाई संरक्षण गरिएको छ । अन्य इस्लामिक ब्यतिmत्वहरुको पनि दफन गर्ने कार्य सो स्थानमा भएको छ । तर अब सो स्थानमा अहिले पनि अल्लाह(.इश्वर)को प्रभाव शतिm भएको धेरैले महशुस गर्दै गरे पछि त्यहा इस्लामिक विधि अनुसार पुजापाठ गर्ने जस्तो नवाज पढने गरेका छन् । बाहिरबाट आउने ब्यतिm पनि सो मजार स्थलमा नवाज पढने श्रद्धा ब्यतm गर्ने गरेका छन् । सो मजार क्षेत्रको प्रचार प्रसार गरि धार्मिक तिर्थ स्थल र इस्लामिक धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आवश्यक देखिएको मौलाना सैयद गुलामले बताए । उनका अनुसार सैयद अब्दुल हमिद मदारबाबा कै समकक्षी इस्लामिक गुरु थिए । मदारबाबा त यसै जिल्लाको सुस्ता गाउपालिका स्थित मदारबाबा पहाडमा तपस्या मात्र गरे र पछि भारत तर्फ फर्केर गए ।
उनको तपस्थली मात्रै हो । तर यहाँ सैयद अब्दुल हमिद अन्तिम समय सम्म पनि धार्मिक शिक्षा प्रदान गर्ने र जनमानसमा दुवा गर्दै आउने प्रख्यात धर्म गुरु हुन्,उनको इन्तकाल पछि उनको समाधि अर्थात मजार पनि बनकट्टीमा बनाइएको छ । सैयद अब्दुल हमिदको पैगम्बर मोहम्मदको परिवारसँग रतm सम्बन्ध रहेको बंशावली नै रहेको छ । उनी पैगम्बर होम्मदको ३२ औ पुस्ताका धर्मगुरु हुन् । उनका पुर्खाहरु धर्म प्रचार प्रसारमा अरबबाट भारतमा प्रवेश गरेका थिए । सो क्रम अहिले पनि निरन्तर चल्दै आएको उनीसँगै खान्दानिया रतm सम्बन्ध भएका मौलाना गुलाम पनि हुन् । उनको ठूलो हजुर बुबा थिए सैयद अब्दुल हमिम । सो बंशावली अहिले पनि नेपाल र भारतमा छरिएर रहेको छ । उनका पुस्ताले पनि धर्मगुरु सैयद अब्दुल हमिदको मजार क्षेत्रको प्रचार प्रसार गर्नु पर्ने आवश्यकता स्थानियले महशुस गर्न थालेको मौलाना सैयद गुलामले बताए । स्थानिय र स्थानिय सरकारसँग नै मिलेर बनकट्टी मजार क्षेत्रको विकास संरक्षण गरि एक ट्रष्टको रुपमा संस्था खोल्ने रहेको सुनाए ।