
नवलपरासी,१२ आश्विन
जिल्लाको रामग्राम नगरपालिकाले नागरिकलाई सार्वजनिक सुचनाको हल प्रत्याभुती गराउनका लागि नगरक्षेत्रका सबै विद्यालयमा सुचना अधिकारी तोक्न लगाएको छ । बुधवार नगरक्षेत्रमा रहेका सामुदायिक तथा सस्थागत सबै विद्यालयलाई अभिभावक तथा आम नागरिकले सुचना माग गर्दा कुन ब्यतिसँग माग गर्ने गरि विद्यालयमा सुचना अधिकारी तोक्न पत्राचार गरेको हो ।
नगरपालिकाको सुचनाका लागि नगरमा सुचना अधिकारी पहिला देखी नै रहेको नगरपालिकाले जनाएको छ । तर नगरक्षेत्र भित्रका अन्य निकायमा अहिले सुचना पाउन सहज होस भनेर विद्यालयहरुमा सुचना अधिकारी तोक्नका लागि विद्यालयलाई निर्देशन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन अर्यालले बताए । विद्यालयका सुचना माग गर्न नगरपालिकाको शिक्षा शाखामा आउन परेको समस्या हटाउनका लागि सम्बन्धित विद्यालयमै सुचना अधिकारीको ब्यवस्था मिलाउन लागिएको हो । नगरपालिका र वार्ड कार्यालयको धेरै जसो सुचना नगरपालिकाबाटै उपलब्ध गराउन सकिन्छ,उनले भने,तर विद्यालयहरुको सुचना स्थानिय स्तरमै सम्बन्धित विद्यालयले उपलब्ध गराई दिए पछि नगरबासीलाई नगरपालिका धाउन पर्दैन् ।
विद्यालयसँग सम्बन्धित धेरै सुचनाको भार पनि हुन्छ,उनले थपे,नगरपालिकाको सुचनाअधिकारीबाट सुचना माग गर्दा सुचना अधिकारीले शिक्षासँग समन्वय गरि माग गरेर उपलब्ध गराउनु पर्छ । शिक्षा शाखासँग पनि विद्यालयका सबै सुचना राख्ने गरिएको छैन् । विद्यालयमा एक प्रकारको विद्यालय प्रशासन नै रहेको छ,त्यहाँ पनि विद्यालय ब्यवस्थापन समिति रहेको छ । अन्य समुहहरु रहेका छन् । आय ब्ययका लागि विभिन्न स्रोत विद्यालयसँगै हुन्छ । यस्ता विभिन्न प्रकारको सुचना मगाएर नागरिकलाई उपलब्ध गराउनु भन्दा सम्बन्धित विद्यालयमै सुचना अधिकारी तोकिए पछि विद्यालय नै सुचना दिईने जिम्मेवारी लिन्छ । सुचना उपलब्ध नगराए सोही संस्था नागरिक प्रति उत्तरदायी हुन्छ ।
सुचना उपलब्ध नगराए सम्बन्धित विद्यालयकै सुचना अधिकारीलाई आधार बनाई सुचना आयोगमा अपिल गर्न मिल्छ । विद्यालयमा सुचना माग गर्दा शिक्षा शाखामा पठाउने र शिक्षा शाखाले सम्बन्धित विद्यालयसँग सुचना माग्दा विभिन्न बहानामा ढिलाई गर्ने गरेको पनि जनगुनासो रहेको छ । सो अवस्थाको अन्य गर्नका लागि पनि नगरक्षेत्रका सबै विद्यालयलाई सुचना अधिकारी तोकेर जिम्मेवार कर्मचारीको विवरण नगरपालिकामा पठाईदिनु पर्छ । नगरपालिकाले आफ्नो वेभसाईटमा ति कर्मचारीको सम्पर्क नम्बरहरु सार्वजनिक गरिदिन्छ । त्यसले गर्दा आम नागरिकलाई शैक्षिक सुचना प्राप्त गर्न सहज हुने भनाई प्रमुख प्रशासकिय अधिकृत अर्यालको थियो ।
नगरपालिकाबाट उपलब्ध हुने खालको धेरै जसो सुचना नगरपालिकाको डिजिटल प्रोफोफाईल मै रहेको छ । ति डिजिटल प्रोफाईल भन्दा थप सुचनाका लागि शिक्षा शाखा मार्फत लिन सक्ने छन् । त्यो भन्दा अझै सहज ढंगले सुचना पाउने प्रणालीको विकास यो विद्यालयमा सुचना अधिकारी तोकिए पछि हुने विश्वास उनले ब्यतm गरेका थिए । विद्यालय तहसम्मै सुचना अधिकारी तोकेर सुचना उपलब्ध गराउने कार्यको ब्यवस्थापनमा लाग्ने जिल्लाको सम्भवतः पहिलो नगरपालिका रहेको छ । त्यसै गरि डिडिटल प्रोफाईल बनाई वेभसाईटमा सुचना राख्ने गरिएको ग्राफिक विश्लेषण सहितको सुचना राख्ने जिल्लाको सुस्ता पछि रामग्राम नै भएको नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताएका थिए । अहिलेको विद्यालयबाटै सुचना उपलब्ध गराउन नगरपालिकाले पहल थालेको छ, उनले भने, पछि अन्य स्वास्थ्य तथा सहकारी लगायतका सार्वजनिक तथा आम सरोकारका विषयसँग सरोकार राख्ने संस्थाको सुचना पाउनका लागि पनि सम्बन्धित निकायलाई कृयाशिल बनाउदै लैजाने नीति रहेको छ ।
कुनै प्रकारको सुचना पाउन मानवअधिकार मात्रै नभई नेपालको संविधान २०७२ ले मौलिक हकको रुपमा उल्लेख गरेको छ । सुचना पाउनका लागि सुचनाको हक सम्बन्धि ऐन २०६४ र नियमावली २०६५ पनि विगत मै बनिसकेको छ । सुचना प्रभावकारी ढंगले नागरिकले पाउन भनेर नै सुचना आयोगको पनि गठन भएको छ । सरकार वा सरकारसँग सम्बद्ध सबै निकायले आम नागरिकलाई सहज ढंगले सुचना उपलब्ध गराउनु पर्छ । जुन कार्यलाई विस्तारित स्वरुप प्रदान गर्नमा रामग्राम नगरपालिकाले अग्रसरता देखाएको छ ।