नवलपरासी,६ भदौ
नगरपालिका भित्रको विग स्कुल भनेर चिनिने रामग्राम २ स्थित पवन माविले अब विद्यालय शिक्षालाई गुणस्तरिय बनाउन अभिभावक,शिक्षक र विद्यार्थीसँगै राखेर छलफल तथा अन्तरक्रिया गरेको छ । विद्यालयमा विद्यार्थीको आकर्षण बढदै विग स्कुल बन्दै जादा सोही अनुसार गुणस्तरिय शिक्षा कसरी प्रदान गर्ने भनि विद्यालय सरोकारवालासँग छलफल थालेको हो ।
दुई हजार भन्दा बढि विद्यार्थी संख्या भएको पवन मावि नगरपालिकाकै सबै भन्दा बढि विद्यार्थी भएको विद्यालय हो । सदरमुकाममा रहेका आदर्श नमुना विद्यालय भन्दा पनि बढि विद्यार्थी यो पवन माविमा अध्ययन गर्ने गरेका छन्,विद्यालयका प्रधानाध्यापक अरबन्दि कुमार पाठकले भने,विद्यार्थीको अझै पनि पवन माविमा अध्ययन गर्ने आकर्षण बढेको छ । तर साधनस्रोत र पुर्वाधारको समस्या देखिएको छ । त्यसले गर्दा थप विद्यार्थी भर्ना गर्न केही जटिलता देखिन थालेको छ । तर पनि विद्यालयले दिईने गुणस्तरिय शिक्षामा कुनै सम्झौता गरेका छैनौ, उनले थपे, यो पनि विद्यार्थी आकर्षित हुनुको एउटा कारण हो । कतिपय विद्यालयहरुले गाँउ गाँउमा बस सञ्चालन गरेर पनि विद्यार्थी ओसार्ने गरेका छन् । तर पवन माविले त्यस्ता कुनै यातायातका साधन पनि सञ्चालन गरेको छैन् ।
साईकलमै स्वतःस्फुर्त विद्यार्थीहरु आउन थालेका छन् । सिमित साधन स्रोतले तालमेला मिलाई पठन पाठन गर्दै आएको प्रधानाध्यापक पाठकले बताए । विद्यालयमा पढन आउने बालबालिकाहरु थोरै समय विद्यालयमा पठन पाठन गर्ने गरेका छन्,उनले भने,तर धेरै समय घरमै विताउने गरेका छन् । त्यसमा विद्यार्थीहरुलाई पढाई प्रति लगतशिल बनाउनका लागि अभिभावकहरुकै ठूलो भुमिका हुने हुदा शैक्षिक गुणस्तर वृद्धिका लागि सम्बन्धित अभिभावकहरुलाई भेला गराउदै छलफल चलाउदै आएको उनले बताए । पहिला पहिला अभिभावकहरु विद्यालयमा आउनै नमान्ने तर अब आउने क्रम बढेको छ । अभिभावकहरु आए पश्चात विद्यालयको बस्तु स्थितीबारे उनीहरुलाई जानकारी गराउने गरिएको छ । त्यस पछि उनीहरुको बालबालिकाहरुको बानी ब्यहोराबारे पनि सोधपुछ गर्ने गरिएको छ ।
विद्यालयमा गरिने ब्यवहारबारे विद्यालयका शिक्षकले अभिभावकसँग कुरा राख्ने गरेका छन्,उनले भने,अभिभावकहरुले ति विद्यार्थीले घरदैलोमा गरिने बानी ब्यहोराबारे शिक्षकहरुलाई समेत जानकारी गराउने गरेका छन् । यसरी दोहोरो सुचना आदान प्रदानले पनि शिक्षा र शिक्षण प्रणालीमा सुधार ल्याउन सहज भएको प्रधानाध्यापक पाठकले जनाए । विद्यार्थी धेरै हुदा अभिभावकको संख्या पनि बढि नै छ,उनले थपे,तर पनि समयको सामन्जस्यता मिलाउदै शिक्षक र अभिभावक विचको दोहोरो अन्तरक्रिया गराउदै आएका छौ । यसले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा धेरै सहयोगी भुमिका खेलेको महशुस गर्न थालिएको छ । विद्यार्थीले घरका गृहकार्य नगर्ने र सोध्दा फुर्सन नपाएको बहाना बनाउने कार्य पनि यस्तो अन्तरक्रियाले रोकिन थालेका छ । विद्यार्थीले गर्ने बहाना मात्रै नभई कतिपय अभिभावकले विद्यालयमा पढाई सकेर आए पछि घरमा लगाउदै गरेको अन्य कार्यको चाँप पनि घटाउदै पठन पाठनका लागि समय थप गर्ने गरेका छन् ।
अधिकाँस गरिब विपन्न परिवारकै विद्यार्थी सो विद्यालयमा पढन आउने गरेका कारण विद्यार्थीसँगै शिक्षक अभिभावकहरुसँगै राखेर अभिभावक शिक्षा दिईने अवसर पनि यो अन्तरक्रिया र छलफल बन्ने गरेको भनाई विद्यालयका प्रधानाध्यापक पाठकको रहेको थियो । जिल्लाका चार वटा विद्यालयलाई विशेष विद्यालय बनाउने गरि रामग्राम नगरपालिकाले पनि योजना अगाडी बढाएको छ । ति मध्ये पवन मावि पनि एक हो,नगरपालिकाका नगर प्रमुख धनपत यादवले भने,नगरपालिका भित्रको आदर्श नमुना मावि,पवन मावि,जनता मावि सुक्रौली र जनता मावि डैनहवालाई विशेष विद्यालयको रुपमा स्थापित गर्ने लक्ष्य नगरपालिका रहेको छ । यि विद्यालयहरुले विशेष शिक्षा पनि सञ्चालन गर्नु पर्ने मान्यता अनुसार काम गर्दै आएको पनि उनले सुनाएका थिए ।