परासी स्थित ६ लैनको बन्दरगाह मार्गको सडक विस्तारले बजार चिटिक्क

नवलपरासी,८ भदौ
जिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती गरि ६ लैनको बनाउने कार्य सम्पन्न हुदा बजार चिटिक्क बनेको छ । सडक स्तरोन्नीका लागि टेण्डर लिएको समिर कन्ट्रक्सनले सम्झौता भएको एक बर्ष भित्रै आधा सडकको काम सम्पन्न गरेसँगै बजार चिटिक्क देखिएको हो ।
अन्य स्थानमा सबै सडकको भाग खन्ने,खोतर्ने तर काम पुरा नगरि अलपत्र बनाउनु भन्दा ठेक्का भएको पुरै लम्बाईको सडकको स्तरोन्नतीका कार्यको आधा भाग पुरै सम्पन्न गरि सडक चलायमान बनाइएको छ । अहिलेको ठेकेदारले गरेको काम गराई ठिक लाग्यो, स्थानिय शिवनारायण यादवले भने, स्तरोन्नतीको नाममा पुरै सडक विगार्नु भन्दा थोरै थोरै भाग एक तिरबाट पुरा गर्दै जानु उदाहरणिय काम भएको देखिएको छ । उनका अनुसार योजना बाईपास चोक देखी मन्झरियासम्मको भए पनि अहिले बाईपास देखी रावणखण्डा पुलसम्मको सडक बनाई सम्पन्न गरिएको छ । बाकी आधा रावणखण्डा खोला देखी मन्झरियाको भाग शुरु भएको छैन् । पुलको काम पनि बाकी नै रहेको छ, उनले थपे,तर जे जति काम भए पनि सम्पन्न भएका छन् । हुलाकी जस्तो अधुरो छैन ् ।
भुमही–सुनौली बन्दरगाह मार्ग अन्तरगत मन्झरिया देखी परासीको रामग्राम चोकसम्मको सडक स्तरोन्नती गरि ६ लैन बन्ने भए पछि यस क्षेत्रका ब्यवसायि उत्साही थिए । रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवको पहलमा परासी बजारलाई सौन्दरीकरण अभियानसँगै ब्यवस्थित गर्ने गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सोही क्रममा सडक डिभिजन कार्यालयले बाजर भित्रै पर्ने सो मार्गको पनि स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको काम बेलामै सम्पन्न हुने निर्माण कम्पनीले जानकारी गराएको थिए । बजेट अभावले अहिले आधा सडक बनाउन बाकी छ, उनले थपे,त्यसका लागि पनि पहल भई रहेको छ । तर बनेको जति पुर्ण काम भएको छ । सडकमा आवत जावतलाई कुनै अवरोध भएको छैनर । थोरै भए पनि काम सम्पन्न हुदा बजारको सौन्दर्यीकरण भएको छ । सडक चिटिक्क देखिएको छ ।
अहिले सडकको स्तरोन्नतीसँगै ढल निकास समेत बन्ने छ । सडक र ढलनिर्माण पछि जलनिकास समेत हुने भएकोले यस क्षेत्रका बासिन्दा उत्साही छन् । डिभाईडर सहितको ६ लैनको सडक,ढल,फुटपाथ,र्यालिगँ सहितको ११ सय मिटर सडक निर्माण हुनेछ । सडकको बिचबाट ५०÷५० फिट गरि कुल १०० फिट चौडाईमा सबै ब्यवस्थित हुने गरि अयोजनाले काम गर्नेछ । १० करोडको लागतमा ति सडक,ढलको पुर्वाधार बन्ने भए पनि पुरा बजेट नआउदा आधा काम मात्रै भएको छ । सडकको ठेक्का समिर कन्ट्रक्सनले लिएको र २३ प्रतिसत घटेर ठेक्का भएको थियो । बचेको उतm रकम पनि यसै क्षेत्रमा लगानी हुने भएकोले थप काम पनि भएका छन् । जुन बाईपास चोक देखी झरहीपुलसम्मको काम भई हरेको छ । सडकसँगै तत्कालिन जिविसले निर्माण गरेको रामखण्डा खोलाको पुल भत्काएर पुनःनिर्माणका लागि छुट्टै ५ करोडको लागतमा बन्ने योजना थियो । तर अहिलेसम्म पुलको काम भन्ने शुरु हुन सकेको छैन् ।
त्यसका लागि टेण्डर प्रकृयामा लैजान पहल भई रहेको मेयर यादवले जनाए । छिट्टै पुलको टेण्डर प्रकृया सकाएर पुलको पनि संगै काम हुनेमा आफु विश्वस्त रहेको उनले सुनाए । बन्दरगाह मार्गको भाग भए पनि यहिँबाट महेशपुर सिमानाका,रामग्राम स्तुपा,त्रिवेणीधाम,अ
नोमाघाट धाम जाने सडकको भाग पनि यहि हो । सडक स्तरोन्नतीले घोडपाली,ड्राईभरटोल, जितपुरको सुन्दरटोल अन्तरगतको बस्तिको पनि जलनिकास यसै सडकमा जोडिने भएको हुदा त्यसको पनि पानीको निकास यसै ढलमा जोडिने छ । ढल निकासको उचित ब्यवस्थापन गर्न सकिए मात्र बजार सुन्दर देखिने मान्यतालाई आधार बनाएर आफुले पहिलो प्राथमिकतामा राखेर सडक डिभिजनसँग पहल गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *