खोप लगाउने अवस्था सुधारोन्मुख तर खोप नोक्सान अवस्था बढदै
नवलपरासी,१४ पुसजिल्लामा खोपको अवस्था सुधारोन्मुख हुदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनप्रतिनिधि तथा सरोकारावालालाई जानकारी गराएको छ । परासीमा आयोजित नियमित खोप सुदृढिकरणका लागि निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालासँगको पैरवी कार्यक्रममा सो जानकारी गराइएको हो ।खोपको पृष्टभुमि र जनस्वास्वास्थ्यमा खोपको भुमिकाबारे जानकारी गराउदै स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले राणाकालकै राणाशासनका संस्थापक जंगबहादुर राणाको पाला देखी नै नेपालमा खोप लगाउने कार्य प्रवेश गरेको बताए । त्यसको निरन्तरता अहिले कायम रहेको छ । समय अनुसार नै खोपको संख्या पनि बढदै गएको छ । खोपकै कारण खोप शुरु हुनु अगावै नेपालीको सरदर आयु ३५ बर्ष मात्र भएको तर अहिले सरदर आयु वृद्धि भई ७१ बर्ष बढि भएको पुष्टि भई सकेको छ । खोपले मृत्यु दरलाई घटाउदै,रोग विरुद्ध लड्ने क्षमता बढाउदा अकालमा ज्यान गुमाउने संख्या न्युन हुदै जादा...










