पाल्हीनन्दन गाउपालिकाको सदरमुकामका बेलासपुर चोक ब्यवस्थापनमा पालिकाको अग्रसरता
नवलपरासी, २० पुसजिल्लाको पाल्हीनन्दन गाउँपालिकाको सदरमुकाम बेलासपुर चोकलाई ब्यवस्थित गर्न कदम चालेको छ । चोक ब्यवस्थापन नहदुा हुने दुर्घटनाका कारण आधा दर्जनको ज्यान गएको र दर्जनौ घइते भएको जनगुनासो हुन थाले पछि पालिका सरकारले सो कदम उठाएको हो ।गाउपालिकाले आईतवार चोक ब्यवस्थापनका लागि सर्वपक्षिय भेला आयोजना गरी औपचारिक निर्णय गरेर चोकको सुन्दरीकरण गर्न गाउँपालिका सक्रिय भई काम गर्ने जानकारी गराएको थियो । चोकमा बढदो दुर्घटना न्युनिकरण गर्न र चोकको बजारलाई व्यस्थित गर्न गाउँपालिका लागी परेको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी थिए । बेलासपुर चोकको सौन्दर्यिकरण र त्यहाँ रहेका अनाधिकृत अस्थायी संरचना, पान टंकी, तरकारी तथा फलफुल पसल र ठेल्लाहरुलाई व्यस्थित गर्न लागिएको उनको भनाई थियो ।अध्यक्ष गुप्ताको नेतृत्वमा वडा अध्यक्षहरु, प्रशासनिक तथा प्राविधिक टोली र नगर प्रहरीहरुले सडकको दुबै...










