वायु प्रदुषण नियन्त्रणमा साझा अवधारणा बनाउन सुस्तामा संवाद
नवलपरासी,२९ साउनजलवायु परिवर्तनका कारक पहिचान गरि जलवायु अनुकुलनका कार्यमा सबैको सहकार्य हुन आवश्यक रहेको सुस्ता १ नवडिहवामा सरोकारवाला सस्थाका प्रतिनिधिले बताएका छन् । नेपाल रेडक्रम सोसाईटी,परासी प्रेस क्लब र सुस्ता गाउपालिकाको सँयुतm आयोजनामा भएको सँवाद कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन् ।स्वच्छ सुस्ता,स्वस्थ्य सुस्ता,वायु प्रदुषण हामा्रे साझा दायित्व विषयक संवाद कार्यक्रममा वतmाहरुले जलवायु परिवर्तनले थुप्रै चुनौतीहरु थप्दै गएको औल्याएका थिए । सुस्तामा वायु जल प्रदुषणको प्रभाव धेरै रहेको हुदा यसलाई सबै मिलेर कार्ययोजना बनाई काम गर्नु पर्ने भनाई वतmाहरुको थियो । वायु प्रदुषणमा उद्योग कलकारखाना मात्रै नभई सर्वसाधारण किसानलाई पनि कुरा बुझाउन नसक्दा अज्ञानताले पनि प्रदुषण बढने गरेको गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताएका थिए । प्रदुषण हुन नदिइनु र त्यसको कारक तत्व पहिचान गरि...










