नेपाल स्वयमसेवी रक्तदाता समाज नवलपरासीको अध्यक्षमा पौडेल
नवलपरासी, १७ साउननवलपरासीमा स्वयमसेवी रक्तदाताहरुको छाता संगठन नेपाल स्वंयमसेवी रतmदाता समाजको अध्यक्षमा मोहन पौडेल सर्वसम्मत चयन भएका छन् । शनिवार परासीको उद्योग बाणिज्य संघको सभाहलमा आयोजित सामाजिक अगुवा तथा रक्तदाताहरुको भेलाले पौडेलको नेतृत्वमा नेपाल स्वंयमसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासी गठन गरेको हो ।समाजका केन्द्रीय अध्यक्ष एवं नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरी रेकर्ड कायम गर्न सफल प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले पौडेल अध्यक्ष रहने गरी समाजको ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा प्रभा ज्ञवाली, सचिवमा पुष्पा लामा, कोषाध्यक्षमा बालकृष्ण भण्डारी रहेका छन् । यस्तै सदस्यहरुमा सीता कुँवर,दामोदर देवकोटा,डिल्लीराम काफ्ले,प्रकाश खनाल, गुड्डु गुप्ता लगायत रहनुभएको छ।समितिले जिल्लामा रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने...










