समाचार

रोहिणी नदी‘बुद्धको नदी’क्षेत्रमा भारतीय विद्धानहरुको डुलन्ते कार्यशाला
पर्यटन, रोहिणी गाउँपालिका, समाचार, संस्कृति

रोहिणी नदी‘बुद्धको नदी’क्षेत्रमा भारतीय विद्धानहरुको डुलन्ते कार्यशाला

नवलपरासी,२१ असोजप्राचिन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रको पहिचान गराउन भारतिय विद्धानहरुको एक टोलीले ‘बुद्धकी नदी रोहिन के चलते हुए’ सचल(हिड्दै डुल्दै) कार्यशाला शुरु गरेका छन् । बुद्धको जिवनसँग जोडिएको कोलिय र शाक्य राज्यको सिमा छुट्टयाउनुका साथै दुबै राज्यको धार्मिक,साँस्कृतिक र अध्यात्मिक सम्बन्ध जोडिने रोहिणी नदी सभ्यता उजागर गर्ने उदेश्यले उतm सचल कार्यशाला शुरु गरेका हुन् ।भारत गोरखपुरबाट ४ अक्टुबर २०२५ देखी शुभारम्भ गरिएको उतm यात्रा लुम्बिनी पुगेर रोहिणीको उदगम स्थल देवदहका विभिन्न बौद्ध स्थलको भ्रमणmरामग्राम स्तुप हुदै रोहिणी नदीका अन्य सहायक नदीहरुको स्थलगत अध्ययन अवलोकन गर्दै १२ अक्टुबरमा २०२५ मा पुनः गोरखपुर फर्केर बौद्ध म्युजियममा सकिने यात्रामा स्थानिय सहजकर्ता पत्रकार मनोज कुमार सिँहले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुप परिसरमा पुगेर कोलिय गणराज्यको नामाकरणका स...
हुलाकी राजमार्गको काम सम्पन्न नहुदै भत्किन थालेपछि टालटुल गर्दै ठेकेदार
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

हुलाकी राजमार्गको काम सम्पन्न नहुदै भत्किन थालेपछि टालटुल गर्दै ठेकेदार

नवलपरासी, ९ असोजपटक पटक म्याद थप्दै काम गर्दै आएको जिल्लाको हुलाकी राजमार्ग अन्तरगत परासी — नारायणचोक— गोपिगंज खण्ड सम्पन्न नहुदै भत्किए पछि पुन?टालटुल गर्न थालिएको छ । ठेक्काको म्याद सकिएको ८ बर्ष वित्दा पनि कामले पुर्णता नपाउदै सडक भत्किन थाले पछि निर्माण ब्यवसायीले सोही सडक टालटुल गर्नु परेको हो ।सरकारले निर्माण कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि सडक निर्माण गर्दा कमसल समाग्रिको प्रयोग गरेर सम्बन्धित निर्माण कम्पनीले सडकको काम सकाएको देखाउदै आए पनि अहिले सडक ठाँउ ठाँउमा भत्किए पछि ठेकेदारले टालटुल गर्दै आएको स्थानियले देखाए । कुल १४ किलोमिटर सडक बनाउन सात बर्ष वित्न लाग्यो तर सडकको निर्माण कार्य अझै पुरा हुन नसकेको प्रति स्थानियले आक्रोस र निरासा ब्यतm गर्न थालेका थिए । हुलाकी राजमार्गको सो खण्डको मर्मतका लागि २०७३ फागुन १५ गते कन्चनजंघा,विरुवा शिवशतिm जेभिले सम्झौता गरेको थियो । २०७५...
भारतीय केरा भित्रिदा नवलपरासीका केरा किसानले १ अर्ब ३५ करोड नोक्सानी ब्यहोर्दै
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

भारतीय केरा भित्रिदा नवलपरासीका केरा किसानले १ अर्ब ३५ करोड नोक्सानी ब्यहोर्दै

नवलपरासी,९ असोजजिल्लाका केरा किसानले एक माथी एक क्षति ब्यहोर्नु पर्ने समस्या देखिएका छन् । विगतमा केराको बेर्ना तयार गर्नका लागि टिस्यु कल्चर गर्ने सस्थाहरु नहुदा समस्या झेल्दै आएका केरा किसानलाई अहिले केरा विक्रिको समस्या देखिएका समस्याले एक अर्ब बढिको क्षति ब्यहोर्नु पर्ने अवस्था आएको केरा किसानले बताएका हुन् ।नेपालले भारतबाट केरा आयातमा लगाएको भन्सार कर घटाउदा भारतबाट सस्तोमा केरा नेपाल भित्रिन थाले पछि नेपाली किसानले केराको मुल्य नपाउने समस्या देखिन थालेको किसानहरुले गुनासो गरेका हुन् । गत आर्थिक बर्ष २०८१।०८२ मा भारतबाट केरा आयात गर्दा २४ प्रतिसत शुल्क लाग्ने गरेको थियो,यो आर्थिक बर्षमा तत्कालिन सरकारले नै सो भन्सार शुल्क १३ दशमलव ५ प्रतिसतमा झारे पछि केराको आयातमा वृद्धि भएको केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए । बेलामा बेर्नामा अवरोध भयो,अहिले भन्सार छुट दिइएर नेपाल सरकारले...
पाल्ही बहुमुखी क्याम्पस परासीका २२ जना विद्यार्थी गरे रतmदान
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पाल्ही बहुमुखी क्याम्पस परासीका २२ जना विद्यार्थी गरे रतmदान

नवलपरासी, ५ असोजनेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा पहिलो रक्तदान कार्यक्रम परासीस्थित पाल्ही बहुमुखी क्याम्पसका विद्यार्थीले रतmदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्धारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रममा २२ जनाले रक्तदान गरेका हुन् ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी परासी उपशाखा, पाल्ही क्याम्पस, रामग्राम जेसीज, रामग्राम महिला जेसीज, दैनिक ट्वान्टीफोर खबर डटकम र एभरग्रीन अस्पताल परासीको सहआयोजना रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले सबैभन्दा ठूलो दान नै रक्तदान भएको बताउँदै रक्तदान गर्दा कसैको जीवन बच्ने मात्र नभइ रक्तदान गर्ने व्यक्ति पनि स्वस्थ हुने बताएका थिए ।प्रत्येक तीन तीन महिनामा रक्तदान गर्न आग्रह गर्दै अध्यक्ष अग्रहरीले जिल्लामा रगतको अभाव...
जेनजी आन्दोलन पश्चात सरकारी कर्मचारीका ब्यवहारमा परिवर्तन महशुस भएको छ ः सेवाग्राही
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

जेनजी आन्दोलन पश्चात सरकारी कर्मचारीका ब्यवहारमा परिवर्तन महशुस भएको छ ः सेवाग्राही

नवलपरासी,३१ भदौजेनजी आन्दोलन पश्चात सरकारी सेवा दिईने सेवा प्रदायक कार्यालयमा ब्यवहार परिवर्तनको अनुभति सेवाग्राहीले महशुस गरेका छन् । जिल्लाका धेरै कार्यालय जलेको भए पनि सदरमुकाममै रहेको मालपोत कार्यालय र नापी कार्यालयमा कुनै क्षति नपुगेर विना अवरोध सेवा प्रवाह भई रहदा जेनजी आन्दोल पहिला र अहिलेमा कर्मचारीको ब्यवहारमा परिवर्तन देखिएको सेवा लिन पुगेका सेवाग्राहीले महशुस भएको बताएका हुन् ।विगतमा विभिन्न बहाना बनाउदै साझसम्म अल्झाउने कर्मचारीको गतिमा धेरै सुधान पाइएको सेवाग्राही उपेन्द्र चौधरीले बताए । पहिला पहिला भन्दा पनि नसुने झै गर्ने,तर अहिले पुग्ने वित्तिकै तपाईको के काम हो ? भन्दै फाईल मागेर तुरन्तै गर्नु पर्ने काम गरिदिदा फरक महशुस गरेको उनले सुनाए । आन्दोलनको प्रभाव यसरी महशुस गर्न पाइयो,खुशी पनि लाग्यो,उनले भने,इमानदारी पुर्वक काम गर्न चाहेमा सजिलै हुदो रहेछ,यो अवस्था सबैलाई सधैलाई...
नवलपरासीमा कार्यालय खुल्न थाले,चहलपहल बढदै
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नवलपरासीमा कार्यालय खुल्न थाले,चहलपहल बढदै

नवलपरासी,२९ भदौजेनजी आन्दोलन पश्चात अवरोध भएको सरकारी सेवाहरु आईतवार देखी शुचारु राख्न सरकारले गरेको निर्देशन अनुसार जिल्लाका अधिकाँस कार्यालयबाट सेवा सुचारु भएको छ । सेवाग्राही कम मात्रामा आए पनि कार्यालयमा क्षति नपुगेका कार्यालयहरुले सेवा सुचारु राखेको र क्षति पुगेका कार्यालयहरुले आँशिक सेवा दिन सुचारु गरेका हुन् ।कार्यालयमा क्षति नपुगेका कार्यालयले विहानै देखी सेवा प्रवाहका कार्य थालेका थिए भने , जिल्ला स्थित सरकारी कार्यालयहरुमा भएको क्षति मुल्याँकनका लागि शनिवार मात्रै निर्णय गरेको र आईतवार देखी क्षति मुल्याँकन टोली सबै कार्यालयमा पुग्ने,क्षतिविवरण तयार गर्ने र स्थलगत मुचुल्का गरे पश्चात कार्यालयका कर्मचारी सरसफाईमा जुटेका थिए । कार्यालयमा धेरै क्षाति पुगेको रामग्राम नगरपालिकामा पनि ढिलो गरि क्षति मुल्याँकन भए पछि कार्यालयका कर्मचारी सरसफाईमा जुटेको कर्मचारीहरुले बताए ।नगरपालिकाको लेख...
मालपोत कार्यालयले वेवास्ता गर्दा किसानले जग्गाधनी पुर्जा पाएनन
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

मालपोत कार्यालयले वेवास्ता गर्दा किसानले जग्गाधनी पुर्जा पाएनन

नवलपरासी,२४ भदौजिल्ला स्थित मालपोत कार्यालयले अब्यवस्थित रुपमा रहेको छुट जग्गा तथा उखडा जग्गा दर्ताका लागि आवेदन माग गरेको बष भन्र्दा वितिसक्दा पनि जग्गा प्रमाणपत्र पुर्जा पाउन सकेका छैनन् । मालपोत कार्यालयका प्रमुख सहित कर्मचारीले वेवास्ता गर्दा गत बर्ष देखी आवेदन दिएको भए पनि एक जनाले अहिलेसम्म पुर्जा पाउन नसकेका हुन् ।मालपोत कार्यालयले नै मन्त्रालयले छुटकित्ता जग्गा दर्ताका लागि आवेदन माग गर्न २०८१ फागुन ८ गते देखी आवेदन दिन सुचना जारी गरेको थियो । सोही सुचनाका आधारमा किसानले जोतभोग गर्दै आएको तर जग्गाधनी प्रमाणपुर्जा नपाएकाले जग्गाधनी प्रमाणपुजाका लागि २०८१ भदौ ११ गतेसम्म आवेदन दिएको तथ्याँकले देखाएको छ । आवेदन दिईने म्याद २०८२ साल बैशाखसम्म म्याद थियो,तर तर भदौ देखी नै त्यसका लागि आवेदन लिने कार्य नै मालपोतले रोकेको किसानले बताएका छन् । अवेदन दिएका किसानको पनि आवेदनबारे आवश्यक कार्याव...
नेपाली काँग्रेस नवलपरासीले ११२ औ विपि जयन्तीको अवसरमा साताब्यापी कार्यक्रम गर्ने
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नेपाली काँग्रेस नवलपरासीले ११२ औ विपि जयन्तीको अवसरमा साताब्यापी कार्यक्रम गर्ने

नवलपरासी,१७ भदौनेपाली काँग्रेस जिल्ला कार्यसमितिले ११२ औ विपि जयन्तीलाई साता ब्यापी बनाउने कार्ययोजना सार्वजनिक गरेको छ । जिल्ला कार्यसमितिले गरेको निर्णयबारे जानकारी पार्टी जिल्ला प्रवतmा राधेश्याम पाठकले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।विपिको विचारलाई आजको समय अनुकुल सबै पार्टीका शुभचिन्तक,कार्यकर्ता साधारण सदस्यसम्म पुरयाउनका लागि साता ब्यापी कार्यक्रम बनाई काम गर्न लागिएको उनले बताएका थिए । उनका अनुसार विचार गोष्ठि सहितका अन्य कार्यक्रमहरुलाई प्रदेश क्षेत्र र संघिय क्षेत्रमा गर्ने गरि कार्यक्रम गरिने उनले जानकारी गराएका थिए । कुन स्थानमा कस्तो कार्यक्रम गर्ने ति कार्य त्यहाँका कमिटिले नै तय गर्ने छ,प्रवतmा पाठकले भने, कार्यक्रमको मिति नै तोकेर कार्यक्रम गर्नका लागि जिल्ला कार्य समितिले निर्णय गरेको छ । ति सबै जानकारी लिखित रुपमा सबै कार्यसमितिलाई पत्राचार गरिने छ ।दुई संघिय क्...
संघिय सरकारद्धारा नन्दनताल ब्यवस्थापनका लागि ३ करोड बजेट
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार

संघिय सरकारद्धारा नन्दनताल ब्यवस्थापनका लागि ३ करोड बजेट

नवलपरासी,१७ भदौजिल्लाको पाल्हीनन्दन ६ स्थित प्राचिन नन्दन नगर र नन्दन तालको ब्यवस्थापन गरि पर्यटकिय गन्तब्य बनाउनमा निजी क्षेत्रले पनि चाँसो बढाएको छ । जिल्लाका विभिन्न पर्यटकिय क्षेत्रको विकास गरि आर्थिक क्षेत्रको रुपमा रुपान्तरण गर्ने उदेश्यले निजी क्षेत्रका प्रतिनिधित्व गर्ने संस्था उद्योग बाणिज्य संघले उतm स्थानको भ्रमण गर्दै सरोकारवालासँग छलफलका लागि गृहकार्य अगाडी बढाएको हो । सय विघा क्षेत्रफलमा फैलिएको प्राचीन नन्दनतालसँगै जोडिएको बौद्धकालिन प्राचीन नन्दन नगरलाई पर्यटकिय गन्तब्य बनाउन ठूलो सम्भावना बोकेको संघका अध्यक्ष ओमप्रकाश अग्रहरलिे बताए । यसको विकासले मात्रै हजारौको रोजगारी सृजना हुन्छ,उनले भने, यसले हाम्रो जिल्लाको गौरव बढाउछ,विश्वसम्पदामा जान सक्ने सम्भावना बोकेको यो स्थल हो, उनले थपे,तर यसका लागि स्थानिय देखी जिल्ला,प्रदेश सरकार र संघिय सरकारले काम गर्नु पर्ने आवश्यक...
मोहम्मद जयन्तीको भब्य तयारीमा ओल्मा काउन्सिल नेपाल
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

मोहम्मद जयन्तीको भब्य तयारीमा ओल्मा काउन्सिल नेपाल

नवलपरासी,१६ भदौजिल्लामा भब्यताका साथ इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जयन्ती बनाउन विभिन्न इस्लामिक संघसस्थाहरु तयारीमा जुटेका छन् । इस्लाम धर्मका प्रवर्तक पैगम्बरको जन्मजयन्ती तथा इस्लाम धर्मावलम्बीलाई मोहम्मदले दिइएका सन्देशहरु सम्झाउनका लागि प्रत्येक बर्ष जन्म ज्यन्ती मनाउने कार्य गर्दै आए पनि यो बर्ष अझै भब्य बनाउने तयारीमा जुटेको ओल्मा काउन्सिल नेपालले जनाएको छ ।ओल्मा अर्थात मदरसाका शिक्षकहरुको संगठन ओल्मा काउन्सिलले नेपालका २५ वटा जिल्लामा जिल्ला शाखा गठन गरि सकेको काउन्सिलका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसेनले जानकारी गराएका थिए । उनले ओल्मा काउन्सिलले गैर राजनीतिक तरिकाले इस्लामको सन्देश फैलाउने उदेश्यले गठन भएको सस्था हो । ओल्माहरुले मदरसामा इस्लामका मुल्य मान्यताहरु पठन पाठनसँगै अहिले मुस्लिम समुदाय तथा गैरमुस्लिम समुदायलाई पनि इस्लामको मुल्य मान्यता बुझाउने अवसरको रुपमा...