जेनजी आन्दोलन पश्चात सरकारी कर्मचारीका ब्यवहारमा परिवर्तन महशुस भएको छ ः सेवाग्राही

नवलपरासी,३१ भदौ
जेनजी आन्दोलन पश्चात सरकारी सेवा दिईने सेवा प्रदायक कार्यालयमा ब्यवहार परिवर्तनको अनुभति सेवाग्राहीले महशुस गरेका छन् । जिल्लाका धेरै कार्यालय जलेको भए पनि सदरमुकाममै रहेको मालपोत कार्यालय र नापी कार्यालयमा कुनै क्षति नपुगेर विना अवरोध सेवा प्रवाह भई रहदा जेनजी आन्दोल पहिला र अहिलेमा कर्मचारीको ब्यवहारमा परिवर्तन देखिएको सेवा लिन पुगेका सेवाग्राहीले महशुस भएको बताएका हुन् ।
विगतमा विभिन्न बहाना बनाउदै साझसम्म अल्झाउने कर्मचारीको गतिमा धेरै सुधान पाइएको सेवाग्राही उपेन्द्र चौधरीले बताए । पहिला पहिला भन्दा पनि नसुने झै गर्ने,तर अहिले पुग्ने वित्तिकै तपाईको के काम हो ? भन्दै फाईल मागेर तुरन्तै गर्नु पर्ने काम गरिदिदा फरक महशुस गरेको उनले सुनाए । आन्दोलनको प्रभाव यसरी महशुस गर्न पाइयो,खुशी पनि लाग्यो,उनले भने,इमानदारी पुर्वक काम गर्न चाहेमा सजिलै हुदो रहेछ,यो अवस्था सबैलाई सधैलाई रहिरहोस भन्ने चाहना छ । अहिले कामको गति सहज र सरल बनाइदा दिउसोँ ३ बजे भित्रै काम सकिएको देख्दा अचम्म लागेको एक स्थानियले बताए ।
सेवामा आएको सुधारबारे प्रतिकृया दिदै मालपोत कार्यालयका प्रमुख दामोदर भण्डारीले सबै कर्मचारी सच्चिएर अगाडी बढनु पर्ने कुरा आईतवार कार्यालय खुल्दा नै बैठकमा उठेको बताए । सेवाग्राहीसँग गरिने नम्र ब्यवहार,सहजीकरण,सेवामा छिटोछरितो,भ्रमित बनाउनु भन्दा चित्त बुझ्दा परामर्श गर्नु पर्ने आचरणबारे पनि कुरा उठेको थियो । कर्मचारीले काम गर्दा लिईने अनुचित लाभ,(रकम) मात्रैले सेवाग्राहीको चित्त दुखाउदैन्,सेवाग्राहीसँग गरिने ब्यवहारले पनि चित्त दुखाउने हुदा सेवाग्राहीलाई फरक अनुभुति हुने गरी काम गर्न गराउन निर्देशन दिइएको उनको भनाई थियो । जुन अहिले सेवाग्राहीले अनुभुति गर्न थालेका छन् । अझै केही कैफियत देखिए कार्यालय प्रमुखलाई गुनासो गर्नु पर्ने उनले आग्रह गरेका थिए । कर्मचारीको सेवाग्राही प्रति गरिने ब्यवहार प्रति बैठकमै कुरा उठेको लेखापढी कानुन ब्यवसायीका केन्द्रिय उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले बताए । अहिले ब्यवहारमा देखिएको छ,उनले भने,यो सकारात्मक कुरा हो,निरन्तरता पाउनु पर्छ । यस्तै वातावरण सधै हुनु पर्ने आपेक्षा लेखापढी कानुन ब्यवसायि समितिका अध्यक्ष चौथी कोहारले बताएका थिए ।
भ्रष्टाचार हुने अड्डाको रुपमा बदनाम मालपोत र नापी कार्यालय जोगिनु र भुमि आयोगका फाईल जल्नुमा संयोग वा आक्रोस हो भनेर पनि विभिन्न टिकाटिप्णी भई रहेको छ । यसमा जनताले यि कार्यालय जलाउदा जल्ने फाईलका कारण पछि आफैलाई दुःख पाउने महशुसले पनि यि दुई कार्यालयमा आगजानी नगरेको हुन सक्ने आनुमान गरिएको छ । आयोगले भुमिहिन सुकुम्बासीका काम भन्दा अब्यवस्थित जग्गा ब्यवस्थापन तर्फ बढि ध्यान केन्द्रित गर्दा आक्रोस भएको पनि हुन सक्ने आकलन गरिएको छ । आईतवार देखी शुचारु राख्न सरकारले गरेको निर्देशन अनुसार जिल्लाका अधिकाँस कार्यालयबाट सेवा सुचारु भएका छन् । सेवाग्राही कम मात्रामा आए पनि कार्यालयमा क्षति नपुगेका कार्यालयहरुले सेवा सुचारु राखेको र क्षति पुगेका कार्यालयहरुले आँशिक सेवा दिन सुचारु गरेका छन् ।
सदरमुकाम परासीमा पनि जिल्ला अदालत,मालपोत कार्यालय,नापी कार्यालय,प्रशासन कार्यालयका सबै सेवाहरु सहज ढंगले भएको थियो । विगतको तुलनामा कम सेवाग्राही आएको देखिएको थियो । बैंक तथा वित्तिय सस्थाहरु पनि भिडभाड बढेको थियो ।
जिल्लामा तिन करोड भन्दा बढि क्षति भएको अनुमान क्षतिमुल्याँकन गर्ने टोलीले अनुमान गरेको छ । भुमि आयोग समेत रहेको जिल्ला समन्वय समितिमा पनि क्षति ७२ लाख भन्दा बढि भएको जिल्ला समन्वय समितिका प्रमुख भगवती प्रसाद यादव(रुदल)ले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *