जलवायु परिवर्तनका लागि ब्यापक वृक्षारोपण अभियान थालिनु आवश्यकः बनमन्त्री कलवार
नवलपरासी,१६ भदौजलवायु परिवर्तनका लागि ब्यापक रुपमा वृक्षारोपण अभियान चलाउनु पर्ने लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री देवकरण कलवारले बताएका छन् । जिल्लाको बुद्धशान्ति साझेदारी बन समुहको छठौ साधारणसभाको उदघाटन गर्दै बन तथा वातावरण मन्त्री कलवारले गरेका हुन् ।उनले सभा सम्बोधनको क्रममा जलवायु परिवर्तनलाई रोक्नका लागि बन वातावरण जोगाउन आवश्यक रहेको औल्याएका थिए । उनले क्रममा बन बचाउन र बन क्षेत्र बढाउन आमसमुदायलाई आग्रह गरेका थिए । भएको बनको संरक्षण र सदुपयोग गर्नु पर्छ,उनले भने,बाकी रहेका खाली स्थानमा बृक्षारोपण अभियान चलाएर बन बनाउने कार्य अतिआवश्यक छ, । निजी जग्गामा पनि निजी बन बनाएर वातावरणलाई सहयोग गर्न सक्ने उनको धारणा रहेको थियो ।उधारोले थलिएको जिल्ला स्थित बुद्ध शान्ति साझेदारी बन समुहले तगिँ्रने योजना सहित आफ्नो छठौ साधारणसभा सम्पन्न गरेको छ । काठ विक्रि नभएर उधारो रकम समेत...










