मोहम्मद जयन्तीको भब्य तयारीमा ओल्मा काउन्सिल नेपाल

नवलपरासी,१६ भदौ
जिल्लामा भब्यताका साथ इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जयन्ती बनाउन विभिन्न इस्लामिक संघसस्थाहरु तयारीमा जुटेका छन् । इस्लाम धर्मका प्रवर्तक पैगम्बरको जन्मजयन्ती तथा इस्लाम धर्मावलम्बीलाई मोहम्मदले दिइएका सन्देशहरु सम्झाउनका लागि प्रत्येक बर्ष जन्म ज्यन्ती मनाउने कार्य गर्दै आए पनि यो बर्ष अझै भब्य बनाउने तयारीमा जुटेको ओल्मा काउन्सिल नेपालले जनाएको छ ।
ओल्मा अर्थात मदरसाका शिक्षकहरुको संगठन ओल्मा काउन्सिलले नेपालका २५ वटा जिल्लामा जिल्ला शाखा गठन गरि सकेको काउन्सिलका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसेनले जानकारी गराएका थिए । उनले ओल्मा काउन्सिलले गैर राजनीतिक तरिकाले इस्लामको सन्देश फैलाउने उदेश्यले गठन भएको सस्था हो । ओल्माहरुले मदरसामा इस्लामका मुल्य मान्यताहरु पठन पाठनसँगै अहिले मुस्लिम समुदाय तथा गैरमुस्लिम समुदायलाई पनि इस्लामको मुल्य मान्यता बुझाउने अवसरको रुपमा पनि यो मोहम्मद जयन्तीलाई लिएको उनले बताएका थिए ।
इस्लामबारे केही गलत अफवाह फैलाउने कुतत्वलाई निरुत्साहित बनाउनका लागि पनि भब्य र सभ्य तरिकाले सदरमुकाम परासीमा मनाउने तयारी भई रहेको र जुलुस तथा सभालाई ब्यवस्थित गर्नका लागि मुस्लिम युवाहरुलाई स्वम्सेवक परिचालन समेत गरिने उनको भनाई थियो । परासी प्रेस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले इस्लाम भनेकै शान्ति हो,शान्तिको सन्देश फैलाउनका लागि मोहम्मद जयन्ती मनाउने गछौ । नेपालमा शान्ति अमन चयन कायम राख्न मुस्लिम समुदायको अहम भुमिका हुनु पर्ने उनको भनाई थियो । बुधवार दिन विश्व भरि मोहँम्मद जयन्ती बनाउने कार्य हुने सैयद गुलामले बताएका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *