नेपाली काँग्रेस नवलपरासीले ११२ औ विपि जयन्तीको अवसरमा साताब्यापी कार्यक्रम गर्ने

नवलपरासी,१७ भदौ
नेपाली काँग्रेस जिल्ला कार्यसमितिले ११२ औ विपि जयन्तीलाई साता ब्यापी बनाउने कार्ययोजना सार्वजनिक गरेको छ । जिल्ला कार्यसमितिले गरेको निर्णयबारे जानकारी पार्टी जिल्ला प्रवतmा राधेश्याम पाठकले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।
विपिको विचारलाई आजको समय अनुकुल सबै पार्टीका शुभचिन्तक,कार्यकर्ता साधारण सदस्यसम्म पुरयाउनका लागि साता ब्यापी कार्यक्रम बनाई काम गर्न लागिएको उनले बताएका थिए । उनका अनुसार विचार गोष्ठि सहितका अन्य कार्यक्रमहरुलाई प्रदेश क्षेत्र र संघिय क्षेत्रमा गर्ने गरि कार्यक्रम गरिने उनले जानकारी गराएका थिए । कुन स्थानमा कस्तो कार्यक्रम गर्ने ति कार्य त्यहाँका कमिटिले नै तय गर्ने छ,प्रवतmा पाठकले भने, कार्यक्रमको मिति नै तोकेर कार्यक्रम गर्नका लागि जिल्ला कार्य समितिले निर्णय गरेको छ । ति सबै जानकारी लिखित रुपमा सबै कार्यसमितिलाई पत्राचार गरिने छ ।
दुई संघिय क्षेत्र र चार प्रदेश क्षेत्र रहेको यो नवलपरासी जिल्लामा प्रदेश क्षेत्रको क्षेत्र नं.१(क) मा भदौ २५ गते,१(ख)मा भदौ २४ गते, प्रदेश क्षेत्र २(क)मा भदौ २६ गते,२(ख)मा २७ गते कार्यक्रम गरिने छ । त्यसै गरि संघिय क्षेत्रको क्षेत्र नं.१ मा भदौ २८ गते र क्षेत्र नं.२ मा भदौ २९ गते कार्यक्रम गरिने छ । असोज ५ गते पनि संघिय क्षेत्र नं.१मा वडा सम्मेलन एकै दिन गरिने छ । संघिय क्षेत्रको क्षेत्र नं.२ मा वार्ड भेला असोज ४ गते हुनेछ । वार्डमा हुने सम्मेलनमा प्रत्येक वार्डबाट एक जना जिल्ला प्रतिनिधि अनिवार्य पठाउने निर्णय गरिएको उनले जानकारी गराएका थिए ।
जिल्ला कार्यसमितिले काम नगरेको आलोचना भईरहेकोबारे उनले जानकारी गराउदै भने पार्टीको विधान अनुरुप प्रत्येक २ महिनामा एउटा बैठक बस्नु पर्छ । तिन बर्षमा १८ वटा बैठक बस्तु पर्नेमा पार्टी जिल्ला कार्य समितिको बैठक विभिन्न आवश्यकता ठानेर तिन बर्षमा ४१ वटा बैठक बसेको छ । पार्टीका लागि निरन्तर काम पनि गर्दै आएको छ,उनले भने,आरोप गलत हो,यसबारे पार्टीका अधिकाँस कार्यकर्तालाइ अवगत छ,केही विरोधी तत्वले आलोचना गर्छन्,तर जिल्ला कार्य समिति विचलित छैन्,पार्टी विधान अनुरुप पार्टीको नीति कार्यक्रमलाई आधार मानेर निरन्तर काम गर्दै आएको उनले दाबी गरेका थिए ।
त्यसै गरि पार्टीका कार्यवाहक अध्यक्ष विक्रम प्रसाद यादवले पार्टीले पार्टीका काम बाहेक पार्टीबाट सरकारमा भाग लिएका जनप्रतिनिधिलाई पनि बेला बेला जनताका जनजिविकाका सवालहरुबारे छलफल र निकास निकल्न काम गर्दै आएको बताएका थिए । पार्टीका नीति नियमलाई फ्लो गर्दै सरकारका नीति कार्यक्रममा समावेश गरि जनताको काम गर्न जनप्रतिनिधिलाई समेत जिल्ला कार्यसमितिले बेला बेलामा निर्देशन दिदै आएको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *