नवलपरासी (ब.सु.प.)

भारतीय केरा भित्रिदा नवलपरासीका केरा किसानले १ अर्ब ३५ करोड नोक्सानी ब्यहोर्दै
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

भारतीय केरा भित्रिदा नवलपरासीका केरा किसानले १ अर्ब ३५ करोड नोक्सानी ब्यहोर्दै

नवलपरासी,९ असोजजिल्लाका केरा किसानले एक माथी एक क्षति ब्यहोर्नु पर्ने समस्या देखिएका छन् । विगतमा केराको बेर्ना तयार गर्नका लागि टिस्यु कल्चर गर्ने सस्थाहरु नहुदा समस्या झेल्दै आएका केरा किसानलाई अहिले केरा विक्रिको समस्या देखिएका समस्याले एक अर्ब बढिको क्षति ब्यहोर्नु पर्ने अवस्था आएको केरा किसानले बताएका हुन् ।नेपालले भारतबाट केरा आयातमा लगाएको भन्सार कर घटाउदा भारतबाट सस्तोमा केरा नेपाल भित्रिन थाले पछि नेपाली किसानले केराको मुल्य नपाउने समस्या देखिन थालेको किसानहरुले गुनासो गरेका हुन् । गत आर्थिक बर्ष २०८१।०८२ मा भारतबाट केरा आयात गर्दा २४ प्रतिसत शुल्क लाग्ने गरेको थियो,यो आर्थिक बर्षमा तत्कालिन सरकारले नै सो भन्सार शुल्क १३ दशमलव ५ प्रतिसतमा झारे पछि केराको आयातमा वृद्धि भएको केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए । बेलामा बेर्नामा अवरोध भयो,अहिले भन्सार छुट दिइएर नेपाल सरकारले...
पाल्ही बहुमुखी क्याम्पस परासीका २२ जना विद्यार्थी गरे रतmदान
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पाल्ही बहुमुखी क्याम्पस परासीका २२ जना विद्यार्थी गरे रतmदान

नवलपरासी, ५ असोजनेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा पहिलो रक्तदान कार्यक्रम परासीस्थित पाल्ही बहुमुखी क्याम्पसका विद्यार्थीले रतmदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्धारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रममा २२ जनाले रक्तदान गरेका हुन् ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी परासी उपशाखा, पाल्ही क्याम्पस, रामग्राम जेसीज, रामग्राम महिला जेसीज, दैनिक ट्वान्टीफोर खबर डटकम र एभरग्रीन अस्पताल परासीको सहआयोजना रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले सबैभन्दा ठूलो दान नै रक्तदान भएको बताउँदै रक्तदान गर्दा कसैको जीवन बच्ने मात्र नभइ रक्तदान गर्ने व्यक्ति पनि स्वस्थ हुने बताएका थिए ।प्रत्येक तीन तीन महिनामा रक्तदान गर्न आग्रह गर्दै अध्यक्ष अग्रहरीले जिल्लामा रगतको अभाव...
जेनजी आन्दोलन पश्चात सरकारी कर्मचारीका ब्यवहारमा परिवर्तन महशुस भएको छ ः सेवाग्राही
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

जेनजी आन्दोलन पश्चात सरकारी कर्मचारीका ब्यवहारमा परिवर्तन महशुस भएको छ ः सेवाग्राही

नवलपरासी,३१ भदौजेनजी आन्दोलन पश्चात सरकारी सेवा दिईने सेवा प्रदायक कार्यालयमा ब्यवहार परिवर्तनको अनुभति सेवाग्राहीले महशुस गरेका छन् । जिल्लाका धेरै कार्यालय जलेको भए पनि सदरमुकाममै रहेको मालपोत कार्यालय र नापी कार्यालयमा कुनै क्षति नपुगेर विना अवरोध सेवा प्रवाह भई रहदा जेनजी आन्दोल पहिला र अहिलेमा कर्मचारीको ब्यवहारमा परिवर्तन देखिएको सेवा लिन पुगेका सेवाग्राहीले महशुस भएको बताएका हुन् ।विगतमा विभिन्न बहाना बनाउदै साझसम्म अल्झाउने कर्मचारीको गतिमा धेरै सुधान पाइएको सेवाग्राही उपेन्द्र चौधरीले बताए । पहिला पहिला भन्दा पनि नसुने झै गर्ने,तर अहिले पुग्ने वित्तिकै तपाईको के काम हो ? भन्दै फाईल मागेर तुरन्तै गर्नु पर्ने काम गरिदिदा फरक महशुस गरेको उनले सुनाए । आन्दोलनको प्रभाव यसरी महशुस गर्न पाइयो,खुशी पनि लाग्यो,उनले भने,इमानदारी पुर्वक काम गर्न चाहेमा सजिलै हुदो रहेछ,यो अवस्था सबैलाई सधैलाई...
नवलपरासीमा कार्यालय खुल्न थाले,चहलपहल बढदै
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नवलपरासीमा कार्यालय खुल्न थाले,चहलपहल बढदै

नवलपरासी,२९ भदौजेनजी आन्दोलन पश्चात अवरोध भएको सरकारी सेवाहरु आईतवार देखी शुचारु राख्न सरकारले गरेको निर्देशन अनुसार जिल्लाका अधिकाँस कार्यालयबाट सेवा सुचारु भएको छ । सेवाग्राही कम मात्रामा आए पनि कार्यालयमा क्षति नपुगेका कार्यालयहरुले सेवा सुचारु राखेको र क्षति पुगेका कार्यालयहरुले आँशिक सेवा दिन सुचारु गरेका हुन् ।कार्यालयमा क्षति नपुगेका कार्यालयले विहानै देखी सेवा प्रवाहका कार्य थालेका थिए भने , जिल्ला स्थित सरकारी कार्यालयहरुमा भएको क्षति मुल्याँकनका लागि शनिवार मात्रै निर्णय गरेको र आईतवार देखी क्षति मुल्याँकन टोली सबै कार्यालयमा पुग्ने,क्षतिविवरण तयार गर्ने र स्थलगत मुचुल्का गरे पश्चात कार्यालयका कर्मचारी सरसफाईमा जुटेका थिए । कार्यालयमा धेरै क्षाति पुगेको रामग्राम नगरपालिकामा पनि ढिलो गरि क्षति मुल्याँकन भए पछि कार्यालयका कर्मचारी सरसफाईमा जुटेको कर्मचारीहरुले बताए ।नगरपालिकाको लेख...
मालपोत कार्यालयले वेवास्ता गर्दा किसानले जग्गाधनी पुर्जा पाएनन
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

मालपोत कार्यालयले वेवास्ता गर्दा किसानले जग्गाधनी पुर्जा पाएनन

नवलपरासी,२४ भदौजिल्ला स्थित मालपोत कार्यालयले अब्यवस्थित रुपमा रहेको छुट जग्गा तथा उखडा जग्गा दर्ताका लागि आवेदन माग गरेको बष भन्र्दा वितिसक्दा पनि जग्गा प्रमाणपत्र पुर्जा पाउन सकेका छैनन् । मालपोत कार्यालयका प्रमुख सहित कर्मचारीले वेवास्ता गर्दा गत बर्ष देखी आवेदन दिएको भए पनि एक जनाले अहिलेसम्म पुर्जा पाउन नसकेका हुन् ।मालपोत कार्यालयले नै मन्त्रालयले छुटकित्ता जग्गा दर्ताका लागि आवेदन माग गर्न २०८१ फागुन ८ गते देखी आवेदन दिन सुचना जारी गरेको थियो । सोही सुचनाका आधारमा किसानले जोतभोग गर्दै आएको तर जग्गाधनी प्रमाणपुर्जा नपाएकाले जग्गाधनी प्रमाणपुजाका लागि २०८१ भदौ ११ गतेसम्म आवेदन दिएको तथ्याँकले देखाएको छ । आवेदन दिईने म्याद २०८२ साल बैशाखसम्म म्याद थियो,तर तर भदौ देखी नै त्यसका लागि आवेदन लिने कार्य नै मालपोतले रोकेको किसानले बताएका छन् । अवेदन दिएका किसानको पनि आवेदनबारे आवश्यक कार्याव...
नेपाली काँग्रेस नवलपरासीले ११२ औ विपि जयन्तीको अवसरमा साताब्यापी कार्यक्रम गर्ने
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नेपाली काँग्रेस नवलपरासीले ११२ औ विपि जयन्तीको अवसरमा साताब्यापी कार्यक्रम गर्ने

नवलपरासी,१७ भदौनेपाली काँग्रेस जिल्ला कार्यसमितिले ११२ औ विपि जयन्तीलाई साता ब्यापी बनाउने कार्ययोजना सार्वजनिक गरेको छ । जिल्ला कार्यसमितिले गरेको निर्णयबारे जानकारी पार्टी जिल्ला प्रवतmा राधेश्याम पाठकले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।विपिको विचारलाई आजको समय अनुकुल सबै पार्टीका शुभचिन्तक,कार्यकर्ता साधारण सदस्यसम्म पुरयाउनका लागि साता ब्यापी कार्यक्रम बनाई काम गर्न लागिएको उनले बताएका थिए । उनका अनुसार विचार गोष्ठि सहितका अन्य कार्यक्रमहरुलाई प्रदेश क्षेत्र र संघिय क्षेत्रमा गर्ने गरि कार्यक्रम गरिने उनले जानकारी गराएका थिए । कुन स्थानमा कस्तो कार्यक्रम गर्ने ति कार्य त्यहाँका कमिटिले नै तय गर्ने छ,प्रवतmा पाठकले भने, कार्यक्रमको मिति नै तोकेर कार्यक्रम गर्नका लागि जिल्ला कार्य समितिले निर्णय गरेको छ । ति सबै जानकारी लिखित रुपमा सबै कार्यसमितिलाई पत्राचार गरिने छ ।दुई संघिय क्...
मोहम्मद जयन्तीको भब्य तयारीमा ओल्मा काउन्सिल नेपाल
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

मोहम्मद जयन्तीको भब्य तयारीमा ओल्मा काउन्सिल नेपाल

नवलपरासी,१६ भदौजिल्लामा भब्यताका साथ इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जयन्ती बनाउन विभिन्न इस्लामिक संघसस्थाहरु तयारीमा जुटेका छन् । इस्लाम धर्मका प्रवर्तक पैगम्बरको जन्मजयन्ती तथा इस्लाम धर्मावलम्बीलाई मोहम्मदले दिइएका सन्देशहरु सम्झाउनका लागि प्रत्येक बर्ष जन्म ज्यन्ती मनाउने कार्य गर्दै आए पनि यो बर्ष अझै भब्य बनाउने तयारीमा जुटेको ओल्मा काउन्सिल नेपालले जनाएको छ ।ओल्मा अर्थात मदरसाका शिक्षकहरुको संगठन ओल्मा काउन्सिलले नेपालका २५ वटा जिल्लामा जिल्ला शाखा गठन गरि सकेको काउन्सिलका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसेनले जानकारी गराएका थिए । उनले ओल्मा काउन्सिलले गैर राजनीतिक तरिकाले इस्लामको सन्देश फैलाउने उदेश्यले गठन भएको सस्था हो । ओल्माहरुले मदरसामा इस्लामका मुल्य मान्यताहरु पठन पाठनसँगै अहिले मुस्लिम समुदाय तथा गैरमुस्लिम समुदायलाई पनि इस्लामको मुल्य मान्यता बुझाउने अवसरको रुपमा...
जलवायु परिवर्तनका लागि ब्यापक वृक्षारोपण अभियान थालिनु आवश्यकः बनमन्त्री कलवार
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

जलवायु परिवर्तनका लागि ब्यापक वृक्षारोपण अभियान थालिनु आवश्यकः बनमन्त्री कलवार

नवलपरासी,१६ भदौजलवायु परिवर्तनका लागि ब्यापक रुपमा वृक्षारोपण अभियान चलाउनु पर्ने लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री देवकरण कलवारले बताएका छन् । जिल्लाको बुद्धशान्ति साझेदारी बन समुहको छठौ साधारणसभाको उदघाटन गर्दै बन तथा वातावरण मन्त्री कलवारले गरेका हुन् ।उनले सभा सम्बोधनको क्रममा जलवायु परिवर्तनलाई रोक्नका लागि बन वातावरण जोगाउन आवश्यक रहेको औल्याएका थिए । उनले क्रममा बन बचाउन र बन क्षेत्र बढाउन आमसमुदायलाई आग्रह गरेका थिए । भएको बनको संरक्षण र सदुपयोग गर्नु पर्छ,उनले भने,बाकी रहेका खाली स्थानमा बृक्षारोपण अभियान चलाएर बन बनाउने कार्य अतिआवश्यक छ, । निजी जग्गामा पनि निजी बन बनाएर वातावरणलाई सहयोग गर्न सक्ने उनको धारणा रहेको थियो ।उधारोले थलिएको जिल्ला स्थित बुद्ध शान्ति साझेदारी बन समुहले तगिँ्रने योजना सहित आफ्नो छठौ साधारणसभा सम्पन्न गरेको छ । काठ विक्रि नभएर उधारो रकम समेत...
नेपालको कृषि ः नीतिमा वृद्धि ,बजेटमा कटौती
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नेपालको कृषि ः नीतिमा वृद्धि ,बजेटमा कटौती

नवलपरासी,१७ भदौजिल्ला कृषि ज्ञान केन्द्र नवलपरासीको बजेट नै बर्षेनी घट्दै आउदा कृषकलाई आवश्यक सेवा प्रवाह गर्नमा समस्या हुदै गएको छ । जिल्लाको बर्षेनी कृषि बजेट कटौतीले सेवालाई प्रभावकारी बनाउन नसकिएको ज्ञान केन्द्रका प्राविधिकहरुले बताएका हुन् ।राष्ट्रिय बजेटमा वृद्धि हुदै बजेट भाषण भए पनि जिल्ला स्थित कृषि ज्ञान केन्द्रको बजेट ओरालो लाग्दै आएको तथ्याँकले देखाएको छ । कृषि ज्ञान केन्द्रबाट बजेट बनाएर पठाउन माग गर्ने तर ज्ञान केन्द्रले बर्र्षेनी बजेट कार्यक्रम थप गरेर माग गर्दै आएका पनि स्थापनाकाल देखी बर्षेनी बजेट कटौती हुदै आएको ज्ञान केन्द्रका प्रमुख डा.राविन्द्र नाथ चौबेले बताए । बजेटभाषणमा कृषिको बजेट बढाइएको भाषण सुनेर उत्साही भएर ज्ञान केन्द्रमा आउछन्, उनले बजेट तथ्याँक नै देखाउदै भने, तर ज्ञान केन्द्रमा आउने बजेट सुनेर निरास भएर फर्कने गरेका छन् । प्रदेश सरकार अन्तरगत रहेको कृषि बजे...
विमाका ३ करोड बढि रकम बक्यौता हुदा पृथ्वीचन्द्र अस्पताल सञ्चालनमा चुनौती
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

विमाका ३ करोड बढि रकम बक्यौता हुदा पृथ्वीचन्द्र अस्पताल सञ्चालनमा चुनौती

नवलपरासी,१५ भदौजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालाई स्वास्थ्य विमा रकम उपलब्ध नहुदा अस्पतालको आन्तरिक वित्तिय ब्यवस्थापनमा चुनौती थपिएको छ । झण्डै तिन करोड रुपिया विमा बक्यौता हुदा अस्पतालको सेवा सञ्चालनमा चुनौती थपिदै गएको अस्पताल प्रशासनले जनाएको हो ।विमा वापत सेवा दिदै आएको र गत आर्थिक बर्ष (२०८१।०८२) को पुरै विमा रकम उपलब्ध नहुदा सेवा प्रवाहमा चुनौती थपिएको अस्पतालका लेखापाल लल्लन कुर्मीले बताए । उनका अनुसार गत आर्थिक बर्षमा कुल ३ करोड ६५ लाख ९४ हजार बराबरको विमा गरिएका विरामीको निशुल्क उपचार गरि नेपाल सरकारको स्वास्थ्य विमा बोर्डमा रकम मागका लागि लेखि पठाएको थियो । तर अहिलेसम्म गत बर्षको ६४ लाख १५ हजार ५ सय २६ रुपिया मात्र प्राप्त भएको छ । २ करोड ९८ लाख ७८ हजार विमा रकम बक्यौता नै रहेको उनले सुनाए । चालु आर्थिक बर्ष (२०८२।०८३ )को पनि साउन महिनाको ४३ लाख ८७ हजार ४ सय ६० र भदौको २...